×

NMB BANK
NIC ASIA

काठमाडौं– बुटवलकी ४८ वर्षीया किरण विश्वकर्माको तौल १ सय ८ केजी थियो । अस्वभाविक रुपमा बढेको तौलले विश्वकर्मालाई थाइराइड, उच्च रक्तचापको समस्या थपिदिएको थियो ।

Muktinath Bank

घुडादुख्ने समस्याका कारण उनी शारीरिक व्यायम गर्न सक्दिनथिइन् । घरमै निस्क्रिय जीवन विताउँनुपर्दा तौल बढी भएर घरको सिँढी चढ्न समेत नसक्ने भएकी थिइन् । उनमा मोटोपनले आफ्नो अकालमै ज्यान जान्छ कि भन्ने चिन्ता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म धेरै मोटी थिए, मोटो मान्छेलाई जुनसुकै समयमा पनि हार्टअट्याक हुन्छ भन्ने सुनेको थिए, मोटी भएकै कारण मैले पनि छिटै मर्नुपर्छ कि भनेर मलाई डर लाग्थ्यो ।’


Advertisment
Nabil box
Kumari

किरणलाई घरमा एक्लै छाडेर हिँड्दा केही हुन्छ कि भन्ने चिन्ता उनको परिवारका अन्य सदस्यालाई समेत थियो । 

Vianet communication

‘मेरी श्रीमती तौल बढी भएकै कारण राम्रोसँग हिड्न सक्दिनथिइन्,’ विश्वकर्माका पति एमबी विश्वकर्माले लोकान्तरसँग भने, ‘अस्वाभाविक रुपमा बढेको उनको तौलले परिवारका सबैलाई चिन्ता हुन्थ्यो, हामी घरबाहिर हुँदा उनलाई केही समस्या पर्छ कि भनेर ।’ 

मोटोपनलाई घटाउन किरणले खाना कम खाने, थेरापी गर्ने पनि गरिन् तर उनको तौल कम भएन । मोटोपनका कारण उनको जीवन कष्टकर बन्दै गएको थियो ।

गत चैतमा उनका पति एमबी विश्वकर्माको पित्त थैलीमा समस्या देखियो । एमबीको उपचारका लागि उनीहरु काठमाडौंको ग्राण्डी अस्पतालमा आए । पतिको हेरचाहका लागि ग्राण्डी अस्पतालमा पुगेकी किरणलाई त्यहाँका चिकित्सकले शल्यक्रियाको जरुरत एमबीलाई भन्दापनि किरणलाई बढी रहेको बताए ।

पतिको अप्रेसनको लागि अस्पतालमा पुगेकी किरण डा.राकेश कुमार साहको कुरा सुनेर अचम्ममा परिन् । 

डा. साहले किरणको मोटोपना देखेर बेरियाट्रिक सर्जरी गर्न आवश्यक भएको र अप्रेसन पछि तौल कम हुने बताए । किरणले आफ्नो पतिको शल्यक्रिया सकिएपछि घरमा सल्लाह गरेर उपयुक्त लागेमा अप्रेसन गर्ने बताइन् ।  डा. साहको कुरालाई उनीहरुले गम्भिरताका साथ लिए । विश्वकर्माको परिवार इन्टरनेटको माध्यमबाट बेरियाट्रिक सर्जरीको बारेमा थप जानकारी लिए । 

‘हामीलाई सर्जरी गरेर मोटोपन घट्छ भन्ने थाहा नै थिएन, छोराहरुले इन्टरनेटबाट मोटोपनको सर्जरीको विषयमा राम्रोसँग अध्ययन गरे, त्यसपछि असारको २८ गते उनको सर्जरी भयो ।’ किरणका पति एमबीले भने, ‘अप्रेसन पछि उनको तौल घटेको छ, हिड्न सक्ने भएकी छन्, हाम्री धेरै खुसी छौं ।’

सर्जरीपछि किरणले थाइराइडको औषधि खानु परेको छैन, उच्च रक्तचापको औषधिको मात्रा पनि कम गर्दै गएकी छन् । किरणको सर्जरी भएको साढे दुई महिना पुगेको छ । साढे दुई महिनाको अवधिमा उनको तौल १ सय ८ किलोबाट ८८ मा झरिसकेको छ ।

‘मेरो तौल साढे दुई महिनामा २० किलो घटिसकेको छ, अहिले हिड्न सक्छु, धेरै खुसी छु’ किरणले आफ्नो खुसी लोकान्तरसँग साटिन् ।

किरण जस्तै मोटोपनको कारण धेरै नेपालीहरु उच्चरक्तचाप, थाइराइड र तनावको सिकार हुनेगरेका छन् । मानिसले खानै समेत छाडेर पनि मोटोपना घटाउन लागि परेका हुन्छन् । तर पनि उनीहरुको तौल कम भएको हुँदैन ।

यसरी अस्वभाविक रुपमा बढेको तौललाई बेरियाट्रिक सर्जरी मार्फत घटाउन सकिने डा. साहले बताए । ग्राण्डी अन्तरािष्ट्रय अस्पतालले हालसम्म १२ जना मोटोपन भएका मानिसको बेरियाट्रिक सर्जरी गरी तौल घटाउन सफल भएको उनले बताए ।

के हो बेरियाट्रिक सर्जरी ?

डा. साहका अनुसार बेरियाट्रिक सर्जरी भनेको मोटोपना घटाउने शल्यक्रिया हो । बेरियाट्रिक सर्जरी गर्दा पेट चिर्नु पर्दैन । मानिसहरुमा पेटमा रहेको बोसो काटेर फाल्नु पर्छ भन्ने भ्रम रहेको डा. साहले बताए । तर  बेरियाट्रिक सर्जरी बोसो फाल्ने शल्यक्रिया नभएको उनले बताए ।

‘मोटोपनाको उपचार दूरबीनको सहायताले हेरेर सानो आन्द्रा र आमाशयलाई काटेर सानो बनाउने हो, जसलाई हामी मेडिकलको  भाषामा बेरियाट्रिक सर्जरी भन्छौं,’ डा. साहले लोकान्तरसँग भने, ‘योसँगै शरीरको तौल बढ्ने ग्रेलिन हर्मोन उत्पादन हुने ठाउँलाई सानो बनाउँछौं, जसकारण शरीरको तौल घट्छ ।’

मोटोपनको रोगका कारण उच्चरक्तचाप, कोलेस्ट्रोल वृद्धि, थाइराइड मात्रै होइन डिप्रेशन, विर्सने रोग लाग्ने सम्भावना र महिलामा स्तन क्यान्सर, बाँझोपना, महिनावारी गडबडी हुने, पुरुषमा पित्त थैली, ठूलो आन्द्राको क्यान्सर, मुटुको रोगसमेत लाग्न सक्छ । त्यसैले समयमा उपचार गरी मोटापनालाई घटाउन डा. साहको सुझाव छ ।

मोटोपनको कारण मानिसको आयु १० देखि १५ प्रतिशत घट्ने उनले बताए । 

बेरियाट्रिक सर्जरीले रक्तचाप, कोलेस्ट्रोल कम हुने तथा फोक्सोको रोग लाग्नबाट बच्न सकिने डा. साहले जानकारी दिए ।

तर बेहोस पार्न नमिल्ने मानिसमा बेरियाट्रिक सर्जरी गर्न असम्भव हुने उनले बताए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x