फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
काठमाडौं – ‘दिदी मादल बनाउँदै हुनुहुन्छ ?’
‘हजुर बहिनी ! तिहार आयो । मादलको सिजन, त्यसमाथि पेशा नै यही भएपछि त बनाउनै पर्यो नि !’ उनले मादलमा खरी दल्दै जवाफ दिइन् ।
नवलपरासीकी विन्दा कुलुले ताहचलको विष्णुमति ट्र्याक रोडछेउमा मादल पसल खोलेको ७ वर्ष भयो । तिहार लागेसँगै विन्दा र उनका पति राजकुमार नयाँ मादल बनाउन र पुराना मादलमा खरी दल्न व्यस्त छन् । एक छोरा एक छोरीसहित ४ जनाको परिवार अलिहेसम्म यही मादल पसलले धानेको छ ।
मादल सबैभन्दा धेरै बिक्री हुने समयमा नै दशैंतिहार हो । तर विगतका वर्षको तुलनामा यसवर्ष मादलको व्यापार नभएको उनले सुनाइन् ।
‘मादल बिक्री हुने समय यही दशैंतिहार हो तर अहिलेको वर्ष बिक्री फिटिक्कै छैन,’ विन्दाले भनिन्, ‘पहिलाजस्तो व्यापार अनि फाइदा नै हुँदैन ।’
यसपालिको तिहारका लागि २० वटा नयाँ मादल बिक्री भएको र २२ वटा मादल मर्मत्का लागि आएको विन्दाले सुनाइन् ।
‘मादल बेचेर लगानी उठाउनै गाह्रो पर्छ । मादलमा खरी राखेर कति कमाइ हुन्छ र ! बिहान दिउँसो कमायो, बेलुका खायो, रमायो यस्तै छ,’ उनले भनिन्, ‘पहिला–पहिला त धेरै बिक्री हुन्थ्यो । वर्षभरीमा एक डेढ लाख बचत हुन्थ्यो, अहिले त भाडा तिर्न र लाउन खानै धौधौ पर्छ ।’
मादल बनाउने उतिसको काठ धादिङ र जनावरको छाला सिन्धुपाल्चोक तथा भारतबाट आउने उनले बताइन् । मादल बनाउन लाग्ने काठ जनावरको छाला र उनीहरूको मेहनत सहित एउटा मादलको लागत २२ सय पर्ने उनले सुनाइन् ।
उनले बनाउने मादलको मुल्य ३ हजारदेखि ३५ सयसम्म तोकेकी छन् । तर ग्राहकले बल्लतल्ल २ हजारदेखि २५ सयसम्ममा किन्ने गरेको उनी बताउँछिन् ।
विन्दाले मादल बनाउने पेशा शुरू गरेको १६ वर्ष भयो । काठमाडौं छिरेदेखि नै मादल पसलमा काम गरेकी उनले मादल बनाउने सीप जानेपछि आफैले पसल सञ्चालन गर्ने योजना बनाइन् । केही वर्षसम्म मादलको व्यापार राम्रै चलेको थियो ।
नयाँ–नयाँ प्रविधिको विकासले अहिले पुराना बाजा र पुराना संकृतिक परम्परा परिवर्तन हुँदै गए । गाउँ–गाउँमा समेत स्पिकर बजाएर नाचगान र रमाइलो गर्ने चलन शुरू भयो ।
देउसी भैलो खेल्न पहिला–पहिला मादल प्रयोग हुन्थ्यो त्यसैले पनि विन्दाको व्यापार दशैंतिहारको समयमा बढी हुन्थ्यो । तर अहिले मादलको सट्टामा स्पीकर बजाएर देउसी खेल्ने चलन आइसकेको छ । मानिसहरूले मादल किन्नै छाडेपछि आफ्नो पेसा नै संकटमा परेको उनी बताउँछिन् ।
‘पहिलादेखि नै यही सीप सिकियो अरु केही गर्न जानेको पनि छैन । पढेलेखेको पनि छैन,’ उनले भनिन्, ‘छोराछोरीलाई जसोतसो गरेर पढाउन पाए हुन्थ्यो । मादल बिक्री हुनै छाड्यो । खै कसरी जीविका चलाउने हो ?’
विगत केही वर्षयता पुराना बाजाको बिक्रीमा कमी आएको छ । जसले गर्दा विन्दाजस्ता मादलको मर्मत र व्यापार गर्नेहरू पेशा नै लोप हुने हो कि भन्ने चिन्तामा छन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...