फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
पछिल्लो एक सर्वेक्षणमा सन् २०१८ को १० महिनामा १० लाख पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक बाहिरिएका छन् । केही महिनापहिले सम्पन्न बिम्स्टेकको चौथो सम्मेलनमा नेपाल लगायत अन्य देशले समेत पर्यटन प्रवर्द्धनको विषयलाई निकै जोड दिएको देखियो । पर्यटनबाट यो क्षेत्रका देशले विकास तथा समृद्धिको पथ समात्नसक्ने तर्क गरिए । यसबाहेक सकिएको बिम्स्टेकपछि नसकिनेगरी अन्य बहस उठिरहेका छन् । तर अरूले बोकेर आफू दौडन सकिन्छ कि सकिँदैन भन्ने चाहिँ हामीले आत्मसात गर्ने विषय हो ।
कुनै परिभाषित सीमा नभए पनि समृद्धि प्रत्येक मानव अनि देशका मुख्य अपेक्षा हुन् । समृद्धिका स्वरूप चाहिँ विभिन्न हुन सक्छन् यद्यपि आर्थिक विकास सबैभन्दा महत्त्वपूर्ण रहन्छ । मानवलाई गुणस्तरीय जीवन बाँच्न आर्थिक आधार बलियो हुनैपर्छ । कानूनमा अधिकारसम्बन्धी हरफहरू लेखेर मात्र समृद्धिको प्रत्याभूति तथा उपभोग सहज बन्दैन । ती अधिकार उपभोग गर्न त्यसलाई क्रय गर्नसक्ने क्षमता बन्नुपर्छ । आर्थिक स्थिति सम्पन्न भएमा कुनै विभेद वा भेदभाव हुँदैन । समाजका कोही मानिस जात, लिंग, वर्णको आधारमा विभेदमा पर्ने पुरानो अभ्यास अहिले छैन । तर बलियो आर्थिक स्थिति भएकाले कमजोर आर्थिक अवस्था भएकालाई गर्ने असमान व्यवहार अनि भेदभाव चाहिँ बाँकी छ । समाजका व्यक्तिको जस्तै सम्बन्ध देश/देशबीचमा पनि हुन्छ । धनी देशले गरीब देशमाथि असमान तथा अपमानको समेत व्यवहार दर्शाउँछन् ।
सबल अर्थव्यवस्था भएमा साना देश पनि समृद्ध हुन्छन् । सिंगापुर क्षेत्रफल र जनसंख्यामा ज्यादै सानो छ, हङकङको अवस्था त्यस्तै छ । समृद्ध भनिएका अधिकांश देशहरू हामीभन्दा साना छन् । तर उनीहरू विश्व जगतमा शान, मान र स्वाभिमानले बाँचेका छन् किनकि आर्थिक हिसाबले सक्षम छन् । राजनीतिक परीक्षण मात्र भएका भरमा देश विकासको आश देखाउनु प्यासले ग्रसित मानिसलाई झरनाको तस्वीर देखाउनु जस्तो मात्र हुन्छ । समृद्धि र स्वाभिमानको त्यो ताजको लागि हामीले देशको राजनीतिभन्दा आर्थिक अवस्था फेर्नेतिर बढी ध्यान दिनुपर्छ । आर्थिक विकासलाई उच्च रफ्तारमा लैजाने नयाँ सोच कोर्नुपर्छ, सम्भावनाको क्षितिज फोर्नुपर्छ । हामीसँग अथाह सम्भावनाका अनुपम मौलिक परियोजना प्रशस्तै देखिन्छन् । पर्यटन हाम्रो समृद्धिको एउटा मुख्य सारथी बन्न सक्छ ।
विश्वव्यापीकरणको जमानामा विश्वका सबै देशसँग सबै पक्षमा प्रतिस्पर्धा गर्न सकिँदैन । युरोपका देशहरू जस्तो औद्योगिकीकरणका लागि हाम्रो पूँजी र मानवस्रोतले समेत साथ दिँदैन । विदेशीले जतिसुकै लगानी प्रतिबद्धता देखाएपनि त्यसले हामीलाई झन् गरीब भएको र परनिर्भर रहको देखाउँछ । असंख्य कलकारखाना खोल्नलाई भूगोल पनि प्रशस्त छैन । अमेरिकाको जस्तो विश्व नियन्त्रण गर्नसक्ने राजनीतिक र सैनिक ल्याकत छैन, कुवेतको जस्तो तेलको भण्डार छैन । तर एउटै नयाँ योजनाले समेत देशको आर्थिक विकासलाई नयाँ टेवा दिनसक्छ । पर्यटनमा उक्त क्षमता छ । विप्रेषणले नेपाल चलेजस्तै एउटै फोन कम्पनी सामसङले दक्षिण कोरियाको आधा आम्दानी थेगेको छ । नयाँ खालको पर्यटन, बौद्ध तीर्थाटन, हाम्रो देशको मुहार फेर्ने अचुक र अनुपम उपाय बन्नसक्छ ।
पर्यटनबाट विकासः विश्व दृष्टान्त
थुप्रै देशले पर्यटनबाटै प्रगति गरेका छन् । ‘वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल’को सन् २०१४ को तथ्यांकअनुसार मकाउ, माल्दिभ्स, बहामास लगायत झण्डै २० देशहरू पूर्णतया पर्यटन अर्थतन्त्रमा आधरित छन् । लगभग २० देशहरूको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान १ प्रतिशतभन्दा कम भए पनि अन्य २० देशमा भने ५० प्रतिशतसम्मको अनुपात छ । मकाउले आफ्नो कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पर्यटनबाट लिन्छ । सन् २०१४ मा उसको यस्तो आम्दानी २६.६१ अर्ब अमेरिकी डलर थियो । उक्त रकममा त्यसपछिका वर्षमा ३० देखि ५० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
माल्दिभ्सले ३० प्रतिशत आम्दानी पर्यटनबाट लिन्छ । मकाउमा सम्पूर्ण जनसंख्याको ५० प्रतिशत, बहामासमा ३० प्रतिशत, अरुवामा ३० प्रतिशत र माल्दिभ्समा २५ प्रतिशतले पर्यटनबाट प्रत्यक्ष रोजगारी पाएका छन् । मकाउले प्रति पर्यटक आय वार्षिक १६,७९३, वरमुढाले ५,४५७ र अरुवाले १४,७७१ अमेरिकी डलर लिएको देखिन्छ । सन् २०१४ मा फिजीमा झन्डै २० लाख पर्यटक पुगे जुन त्यहाँको जनसंख्याको अनुपातमा २५ प्रतिशत जति हो । यसरी हेर्दा नेपालमा पनि पर्यटनबाट प्रगतिको अथक सम्भावना देखिन्छ ।
बौद्ध पर्यटन : हाम्रो सम्भावना
नेपालले पर्यटनबाट राम्रो आम्दानी गर्नसक्ने सबैले बताउँदै आएका छन् । त्यसलाई बौद्ध तीर्थाटनमा परिणत गर्दा सुनमा सुगन्ध हुन्छ । पछिल्लो समय उच्च आर्थिक विकास गर्दै संसारमा अर्थ रामराज्य कायम गरेका केही देशहरू छन् । अर्थशास्त्र र वित्तीय अध्ययनले उनीहरूलाई ‘बाघ अर्थतन्त्र’ भन्छ । उनीहरूको आर्थिक विकासको गति बाघको हिँडाइ जस्तो छ । ‘किटन इकोनोमी’बाट ‘टाइगर इकोनोमी’ भएका हङकङ, थाइल्यान्ड, दक्षिण कोरिया, चीन, मलेसिया, ताइवान, भियतनाम जस्ता देशहरूले संसारका अन्य देशलाई चकित पार्दैछन् । सन् १९९० ताका नेपालभन्दा निकै कमजोर थाइल्यान्डको अर्थतन्त्र आज हामीभन्दा धेरै गुणा सबल छ ।
त्यही समय जापानी १० येन बराबर २ रुपैयाँ नेपालीकोे विनिमयदर भएकोमा आज जापानी मुद्राको हैसियत बराबरी छ । झण्डै ५० वर्षपहिले नेपालभन्दा १ डलर कम प्रतिव्यक्ति आय भएको दक्षिण कोरिया आज हामीभन्दा पचासौं गुणा सबल छ । उनीहरूले प्रशस्त आर्थिक उपार्जन गरे, पैसा कमाए । जेओ कर्नर्सको पुस्तक ‘द फिस्कल क्राइसिस् अफ द स्टेट’ले ती बाघ अर्थतन्त्र भनिएका देशहरूमा उच्च आर्थिक प्रगति भएको देखाउँछ । त्यसरी असमान आर्थिक प्रगति गरेका देश अधिकांश बौद्ध धर्मावलम्बी छन् ।
जब आर्थिक सम्पन्नता हुन्छ, तब मानिसहरूलाई सामान्य जीवनबाट माथि उठ्ने, घुमफिर गर्ने तथा मनोरञ्जनको जीवन जिउने इच्छा हुन्छ । ती सम्पन्न देशका मानिसहरू पनि भ्रमण तथा घुमफिरमा समय दिन थालेका छन् । संसारभर बुद्धिस्ट पर्यटकको भ्रमण बढ्दो छ । ‘इन्भेस्टिङ अन बुद्धिस्ट सर्किट’ नामक प्रतिवेदनको ताजा तथ्यांकअनुसार अहिले संसारभर प्रतिवर्ष लगभग ३० करोड पर्यटकमध्ये २५ प्रतिशत बौद्ध धर्मावलम्बी छन् । भगवान् गौतम बुद्धसँग सम्बन्धित चार प्रमुख ठाउँमध्ये उहाँको जन्मस्थल लुम्बिनी सबैको प्राथमिकतामा पर्छ । मुख्य धर्मग्रन्थ त्रिपिटकले समेत बौद्ध अनुयायीहरूलाई एकपटक लुम्बिनी पुग्नैपर्ने भन्छ । उक्त स्थान हामीसँग हुनु आर्थिक प्रगतिलाई नजिकबाट चियाउने र व्यवहारमा नै सार्थक बनाउने एउटा मुख्य योजना हुनसक्छ । हामी आतिथ्यमा कहलिएका पनि छौं । अन्य सांस्कृतिक र प्राकृतिक मनोरञ्जन पनि प्रशस्त छन् । तसर्थ समृद्ध ती मानिसहरूलाई यहाँ बोलाएर प्रशस्त खर्च गर्न लगाउन सकिन्छ ।
टीआर वैधको शोध ‘नेपाल र सम्राट् अशोक’का अनुसार, लुम्बिनी भ्रमण गर्नेहरूको संख्यामा उच्च वृद्धि भएको छ । सन् २००३ मा २८ हजार ०५३ जना पर्यटक पुगेको लुम्बिनीमा २०१६ मा लगभग २ लाख ५६ हजार १ जना पर्यटक पुगेको देखिन्छ । त्यसमा पनि अझ नेपाली र भारतीय पर्यटकको संख्या समावेश गरिएको छैन । तीमध्ये अधिकांश थाइल्यान्ड, चीन, म्यान्मार, दक्षिण कोरिया र जापानबाट छन् । लुम्बिनी विश्वको आकर्षण बन्ने देखेर नै भारतले समेत कृत्रिम लुम्बिनीको निर्माण गर्दैछ र बारम्बार बुद्धिस्ट सर्किटका लागि जोड गरिरहेछ । ती बौद्ध धर्मावलम्बी देशहरू एसिया महादेशमै भएकाले उनीहरू नेपाल आउँदा यातायातमा कम र यहाँ बढी खर्च गर्छन् । त्यसले हामीलाई ठूलै फाइदा दिन्छ ।
हामीले सशस्त्र द्वन्द्व र संक्रमणकाल भनेर बिताएका पछिल्ला दुई दशकमा माथि उल्लेखित देशहरूले बाघ अर्थतन्त्रको आकार लिए । उक्त देशहरूमा झण्डै ५० करोड बौद्ध धर्मावलम्बी छन् । उनीहरूसँग पैसा छ, घुम्ने चाहना छ । अनि लुम्बिनी पहिलो प्राथमिकतामा छ । समायोजन गर्ने र विश्वस्त पार्ने ल्याकत हामीले राख्नुपर्छ । अबको २० वर्षमा कम्तिमा जम्मा बौद्ध धर्मावलम्बीको केवल आधा अथवा अहिले प्रतिवर्ष पर्यटनमा जाने बौद्ध धर्मावलम्बीको एक तिहाइ मात्र नियमित रूपमा नेपाल ल्याउन सके हामी पनि बाघ अर्थतन्त्र बन्न सक्छौं ।
विदेशीसँग लगानीका लागि रकम मागेर रमाउने भन्दा, आफ्नै नयाँ र मौलिक योजना निर्माणमा ध्यान दिनुपर्छ । दान खोज्न हैन, व्यापार गर्न थाल्नुपर्छ । यसका लागि हाम्रो माटो, पूँजी, क्षमता र विशेषताले पनि पर्यटन, त्यसमा पनि बौद्ध पर्यटन अहिलेलाई सबैभन्दा सहज, भरपर्दो र सुरक्षित योजना हुनसक्छ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...