असोज ९, २०७७
लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र ना...
काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूसँग सम्बन्धित विषयलाई प्रभावकारी कार्यान्वयन गराउनका निम्ति आवश्यक कानून तथा संयन्त्रको व्यवस्था गर्नू गराउनू भनी नेपाल सरकार तथा श्रम मन्त्रालय लगायत
सम्बन्धित निकायहरूका नाममा सर्वोच्च अदालतबाट सोमवार निर्देशनात्मक आदेश जारी भएको छ ।
सामाजिक न्यायको लागि कानून नीति नियम मञ्चले भदौ ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकोे थियो । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयले २०७३ सालमा फ्री भिसा फ्री टिकटको घोषणा गरी वैदेशिक रोजगारमा
जाने नेपाली कामदारहरूको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था गर्नू भन्ने बेहोराको सूचना सार्वजनिक गरेकोे थियो ।
उक्त सूचनाको प्रभावकारी कार्यान्वयन के कति कारणले नभएको भनी भदौ २४ मा सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासबाट विपक्षी नेपाल सरकार लगायतका नाममा कारण देखाऊ आदेश जारी भएको थियो ।
सोमवार रिट निवेदनउपर अन्तिम सुनुवाइ गर्दै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र केदार प्रसाद चालीसेको संयुक्त इजलासले नेपाल सरकारको सूचना अनुसारको फ्री भिसा फ्री टिकट व्यवस्थाको कार्यान्वयन गर्नू र आवश्यक कानून निर्माण गर्नू भनी निर्देशनात्मक आदेश जारी भएको छ ।
रिट निवेदनमा अधिवक्ताहरू हरि फुयाँल, वरुण घिमिरे, अनुराग देवकोटा र रमेश बडालले बहस गरेका थिए ।
लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र ना...
लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ । राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहका पदहरूमा खुला तथा समावेशीतर्फ विज्ञापन खुलाएको हो । न्यूनतम योग्यता पुगेक...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले उनीहरूलाई नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पद...
नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहुने बताउँदै परीक्षाको व्यापक ...
प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अव प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ । राष्ट्रिय किताबखाना र बागमती प्रदेश सरकारबीच बुधवार संघीय मामिला तथा सामा...
काठमाडौं, १२ पुस — नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहु...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...