×

NMB BANK
NIC ASIA

नेपाल आफैंले सगरमाथाको उचाई नाप्दै, समुद्री सतहमा बिन्दु निर्धारण गर्ने काम सकियो

फागुन ९, २०७५

NTC
Premier Steels

काठमाडौँ -विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्नका लागि भारतीय भूमिका बिन्दुहरू निर्धारण गर्ने काम सकिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सगरमाथाको उचाई नाप्नका लागि समुद्री सतहमा रहेका भारतीय भूमिमा बिन्दुहरू निर्धारण गरेको मन्त्रालयका प्रवक्ता तथा सहसचिव जनकराज जोशीले बताए ।

Muktinath Bank

जोशीका अनुसार नेपाल सरकारको तर्फबाट सगरमाथाको उचाई नाप्ने यो पहिलो कार्य हो । 'समुद्री सतहको भारतीय भूमिमा बिन्दुहरू निर्धारण गर्ने काम करिब सकिएको छ,' जोशीले भने, 'सगरमाथाको वरीपरी ८ वटा बिन्दुहरु निर्धारण गर्ने काम प्राविधिकहरुले अगाडि बढाएका छन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समुद्री सतहदेखि नेपाल भारत सीमामा रहेको सिराहाको मडारसम्मको उचाई मापन भारतीय सर्वेक्षण विभागले गर्नेछ । मन्त्रालयले उचाई नाप्न आवश्यक पर्ने कतिपय प्राविधिक सामग्री कतिपय अन्तर्राष्ट्रिय  संस्थाले प्रदान गरिरहेको र अपुग आवश्यक सामाग्रीका लागी खरिद प्रक्रिया अगाडि बढाएको छ ।


Advertisment
Nabil box
Kumari

सगरमाथाको अन्तिम उचाई बिन्दु मापन गर्नका लागि विशेष तालिमप्राप्त टोली खटाउने तयारी भएको छ । तालिममा छनोटमा १९ जना निवेदकको नाम नापी विभागले पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानमा पठाईसकेको र अन्तिम छनोट फाल्गुण १० गतेसम्ममा हुने कुरा विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।

Vianet communication

पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानले ५ जनाको छनौट गरी तालिम प्रदान गर्नेछ ।  भारतको सक्रियतामा सन् १९५० मा सगरमाथाको उचाई मापन पहिलोपटक गर्दा यसको उचाई ८८४८ मिटर भएको पत्ता लाग्यो । सन् १९९९ मा नेशनल जियोग्राफिक सोसाईटी अमेरिकाले जिपीएसको प्रयोगबाट सगरमाथाको उचाई मापन गर्दा ८८५० मिटर रहेको तथ्य निकाल्यो ।

पछि सन् २००५ मा चिनियाँ नापीले मापन गर्दा सगरमाथाको उचाई ८८४४ मिटर रहेको कुरा सार्वजनिक भयो । नेपाल सरकारले हालको प्रविधिको प्रयोग गरी गर्न लागेको उचाई मापन कार्यले सगरमाथाको वास्तविक उचाई प्राप्त हुन सक्ने अनुमान गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x