×

NIC ASIA

१७ औं आहा रारा गोल्डकप: हिमालय शेर्पालाई हराउँदै आर्मी सेमीफाइनलमा

फागुन १२, २०७५

Prabhu Bank
NTC
Premier Steels

पोखरा - त्रिभुवन आर्मी क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपमा सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीले हिमालयन शेर्पालाई ३–१ गोलले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो ।

Muktinath Bank

भुटानमा जारी खेल खेली  नेपाल फर्किएलगत्तै मोफसलको उत्कृष्ठ प्रतियोगिता आहा रारा गोल्डकप खेल्न पोखरा आइपुगेको आर्मीले हिमालयन शेर्पाको चुनौतीलाई ३–१ गोलले पन्छाउँदै दोस्रो उपाधिको सम्भावनालाई बलियो बनाएको छ । भुटानमा सेमीफाइनलमा व्यहोरेको आर्मीले हारको पीडालाई पोखराको मैदानमा बिर्सियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले दोस्रो हाफमा पाएको फ्रि-किकलाई सदुपयोग गर्दे आर्मी एकाएक खेलमा फर्किएको थियो । नवयुग श्रेष्ठले गोल गरेपछि आर्मीले खेलमा पुनरागमन गर्यो । डेढ साताअघि मात्रै मनकामना केवलकार पोखरा कपमा दोस्रो रोजाईको खेलाडी मैदानमा उतारेर मोफसलको प्रतियोगितामा सहभागिता जनाएको आर्मीले आहाको संस्करणमा भने आफनो सेट टिम मैदानमा उतारेको थियो ।


Advertisment
Nabil box
Kumari

खेलको २७ औं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिदैं आर्मीमाथि दबाव सृजना गरेको थियो । त्रिदेव गुरुङले मिलाई दिएको पासलाई अफ्रिकन खेलाडी प्याट्रिक गोहाले हानेको प्रहारले जाली चुम्दै गोल भएको थियो ।

Vianet communication

आर्मीलाई खेलमा फर्किन ७१ मिनेटको समय लाग्यो । सन्तोष तामाङले मिलाई दिएको फ्रिकिक पासलाई नवयुग श्रेष्ठल हेडिङ गर्दै बलले जाली चुमेपछि आर्मीले बराबरी गरेको थियो । खेलमा फर्किएको आर्मीले दोस्रो गोल भने ७९ औं मिनेट ग¥यो । नवयुग श्रेष्ठले नै दोस्रो गोल गरे ।

आर्मीले तेस्रो गोले भने अतिरिक्त समयमा हान्यो । भरत खवासले हानेको सटलाई शेर्पाका गोलकिपर किशोर गिरीले डाईभ सेभ गर्ने क्रममा हातबाट रिफ्लेक्ट बललाई जज प्रिन्स कार्कीले गोलमा परिणत गरेका थिए ।

दुई गोल गरेका नवयुग खेलमा म्यान अफ दि म्याच घोषित हुदैं नगद ५ हजार पुरस्कार जिते । ्

आर्मीले पहिलो हाफमा पनि अवसर भने नपाएको होईन । तर सदुपयोग गर्नबाट चुकेपछि पहिलो हाफ एक गोलले पछि पर्दै टुग्याएको थियो । १५ औं मिनेटमा सन्तोष गुरुङले अवसरलाई खेर फालेका थिए । शेर्पाका गोलकिपर गिरीले गुरुङको प्रहारलाई बचाए पछि आर्मीले सम्भावित अग्रता लिने अवसर गुमाएको थियो।

६७औं मिनेटमा जर्ज प्रिन्स कार्कीले उपलब्ध गराईदिएको पासलाई आर्मीका विवेक बस्नेतले बाहिर फालिदिए । बस्नेतले हानेको हेड बल पोष्टभन्दा केही इन्चले मात्रै बाहिरिदाँ बेन्चमा बसेको खेलाडी उत्साहित देखिएका थिए।

आहा रारा गोल्डकप प्रतियोगिताको सोमबार सिक्किम युनाईटेड भारत र रुस्लान थ्रीस्टारसँग प्रतिस्पर्धा हुने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x