कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
फागुन १७, २०७५
पोखरा – हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि शुक्रवार पोखरामा हुँदैछ ।
ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा गर्ने तयारी भइरहेको छ ।
अधिकारीको अन्त्येष्टि पोखरामै हुने भएपछि उनका बुवाआमा, छोरा र बहिनी बिहीवार नै पोखरा आएका छन् । अधिकारीको शव अन्येष्टि अघि पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।
श्रद्धाञ्जलिका लागि अधिकारीको शव शुक्रबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले बताए ।
मन्त्री अधिकारीको शव काठमाडौंमा ११ बजेसम्म राखेर त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा ल्याइने बस्नेतले जानकारी दिए ।
श्रद्धाञ्जलिका लागि शव राखिने स्थल प्रदर्शनी केन्द्रमा नेता, कार्यकर्ता र सर्वसाधारण श्रद्धाञ्जलि व्यक्त गर्न र सहज वातावरण बनाउन आवश्यक तयारी गरिएको नेकपा संयन्त्र सदस्य दामोदर बैरागीले जानकारी दिए । उनले श्रद्धाञ्जलिका लागि शव राखिने स्थल, शवयात्राको लागि सवारी र भीड कम हुने गरी आवश्यक तयारी पूरा भएको बताए ।
श्रद्धाञ्जलिपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट शुरू भएको शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिने छ । अधिकारीको राजकीय सम्मान साथ अन्त्येष्टि गर्ने नेपाल सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।
रामघाटमा राजकीय सम्मानका लागि नेपाली सेनाले सलामी दिने छ । अन्त्येष्टिमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, वामदेव गौतम लगायतका नेताहरू पोखरा आउने छन् ।
नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोकसभा गर्ने निर्णय गरेको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...