कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
फागुन १९, २०७५
काठमाडौँ -पशुपति क्षेत्रमा रहेको अन्नपूर्ण अखण्ड भण्डारले बिहान, दिउँसो र बेलुकाको खाना निशुल्क रूपमा खुवाउँदै आइरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । रोचक कुरा त के भने उक्त भण्डार ३० बर्षदेखि निरन्तर चलिरहेको छ । उक्त भण्डारले पशुपति क्षेत्रमा आवतजावत गर्ने भिक्षु, साधुसन्त र गरीब र अन्य जो कोहीलाई पनि निशुल्क रुपमा खाना र खाजा उपलब्ध गराउँदै आएको छ ।
३० वर्षअघि 'ब्रम्हालिन नागबाबा रोटीवाला शिवगिरी महाराज'ले शुरुवात गरेको भण्डार अहिले 'मेहन्त उमेश गिरी महाराज'ले सञ्चालन गर्दै आएका छन् । एउटा चाखलाग्दो बिषय के छ भने यस भण्डारले ३६५ दिन नै त्यहाँ आउने सबै मानिसलाई भोजन गराउने काम गर्छ ।
९ बजे बिहानको खाजा, १ बजे दिउँसोको खाना र ६ बजे साँझको खाना निशुल्क खुवाउने यो भण्डारले आएका जो कोहीलाई पनि भेदभाव गर्दैन । भण्डारले दैनिक ५६ थरीका खानाको परिकार तयार गर्छ ।
भण्डारमा काम गर्ने एक कर्मचारीका अनुसार भण्डारमा दैनिक ३० जना कर्मचारीले काम गर्छन् तर नियमित तलब लिँदैनन् । भण्डार सञ्चालकका एक सहयोगीका अनुसार काम गर्ने कर्मचारीलाई आवश्यक परेको बेलामा आवश्यक रकम दिने गरिन्छ ।
भण्डारमार्फत विशेष पर्व बाहेक दैनिकजसो २ सय भन्दा बढी व्यक्तिले भोजन गर्छन् । भण्डार सञ्चालकका सहयोगीका अनुसार १ सयदेखि १ सय पचास त भिक्षु मात्रै हुन्छन् । अन्य गरीब तथा आगन्तुक पनि सय भन्दा बढी हुने गर्दछन् ।
यस भण्डार सञ्चालनको लागी स्वदेशी एवं विदेशीले नगद र विभिन्न प्रकारका खाद्यान्न उपलब्ध गराउँदै आएका छन् । विदेशीले भन्दा पनि बढी सहयोग नेपालीले नै गर्ने गरेको काम गर्ने एक कर्मचारीले बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...