मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पोखरा- व्यवसायीले प्याराग्लाइडिङ उडान गरे बापतको कर नतिरेपछि पोखरा महानगरपालिकाले भोलि अर्थात् बुधवारदेखि प्याराग्लाइडिङ उडानमा रोक लगाउने भएको छ ।
महानगरले प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयलाई कर बुझाउन सम्बन्धित व्यवसायीलाई पटक-पटक आग्रह गर्दा पनि कर नतिरेपछि उडानमा रोक लगाउन लागेका हो ।
प्याराग्लाइडिङ कम्पनीहरूले ०७२ यता महानगरलाई बुझाउनुपर्ने करसमेत बुझाएका छैनन् । महानगरले बारम्बार ताकेता गर्दासमेत कम्पनी महानगरमा दर्ता पनि भएका छैनन् । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलका अनुसार महानगरले गत पुषको १९ गते सञ्चालनमा रहेका सबै कम्पनीलाई अनिवार्य कर तिर्न आग्रह गरेर पत्रचार गरेको बताए । ‘हामीले प्याराग्लाइडिङ सञ्चालन गर्ने कम्पनीहरूलाई कर तिर्न समयसीमा तोकेर पत्राचार गरेका थियौं तर समय सकियो । उहाँहरू आउनु भएन,’ उनले भने, 'वडा कार्यालयले पनि अन्तिम पटक यहि फागुनको १५ गते पत्र लेखेर फागुनको २१ गते भित्र कर नबुझाए उडान रोक्ने भनेर पत्र पठाएको छ । बुधवारबाट उडान गर्न पाउने छैनन् ।'
पोखरा महानगरमा भएको तथ्याङ्कअनुसार अहिले पोखराको आकाशमा ४० वटा कम्पनीले प्याराग्लाइडिङ उडान गरिरहेका छन् । नागरिक उड्ययन प्राधिकरण पोखरामा भने ६० वटा कम्पनीहरूले उडान अनुमति लिइसकेका छन् ।
अहिले उडान गरिरहेका ४० कम्पनीमध्ये एउटा कम्पनीले मात्र कर तिरेको पोखरा महानगरपालिका- १८ का अध्यक्ष रणबहादुर थापाले बताए । ‘४० मध्ये ३९ वटा कम्पनीले २०७२ सालबाट प्याराग्लाइडिङ उडानबापतको कर तिरेका छैनन्,' उनले भने, ‘अब कर नतिर्ने कम्पनीका गाडी प्याराग्लाइडिङ गर्ने मान्छे बोकेर सराङकोट उक्लन पाउँदैनन् ।’
वडा अध्यक्ष थापाका अनुसार अहिलेसम्म माउण्टेन भ्यू प्याराग्लाइडिङले मात्र कर तिरेको छ । ‘कम्पनीहरूले ३ वर्षयता कर तिरेका छैनन्,’ उनले भने, ‘कर पनि नतिर्ने दर्ता पनि नगर्ने कम्पनीलाई सराङकोटबाट प्याराग्लाइडिङ उडानमा रोक लगाइनेछ ।’
प्रत्येक कम्पनीले वार्षिक रुपमा पर्यटन करबापत एक लाख २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । सो रकम वडा कार्यालय वा पोखरा महानगरपालिका जहाँ बुझाए पनि हुने व्यवस्था छ। आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई करबापत जम्मा पाँच हजार पाँच सय रुपैयाँ मात्र बुझाउँथे । पछि बढेर आर्थिक वर्ष २०७४/०७५ मा वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले कर बढाएर पर्यटन शुल्क शीर्षकमा एकमुष्ट १ लाख २५ हजार रुपैयाँ बुझाउनुपर्ने नीति ल्याएको हो । प्याराग्लाइडिङ कम्पनीलाई महानगर मातहतमा ल्याई दर्ता गर्ने र राजस्व उठाउने निर्णय भएतापनि कम्पनीहरू भने अटेरी गर्दै आइरहेका छन् ।
कर संकलनको अधिकार महानगरले वडालाई दिएको छ । वडा कार्यालयले पत्र पठाएतापनि कम्पनीले पत्र बुझ्न मानेका छैनन् । उनीहरूले पत्र पनि बुझ्न नमानेपछि महानगरले उडान नै भर्न नदिने निर्णय गरेको हो ।
जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि बोधार्थ बुझाएर प्याराग्लाइडिङ उडान रोक्न लागिएको वडाध्यक्ष थापाले बताए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...