×

NIC ASIA

पोखरा - सरकारले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट लिएको आरोपमा गण्डकी मेडिकल कलेजका दुई कर्मचारी पक्राउ परेका छन् ।

Muktinath Bank

कलेजमा अध्यायनरत विद्यार्थीसँग बढी रकम लिएको आरोपमा कलेजका पूर्व प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका हुन् । बुधवार बेलुका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले जानकारी दिए । एसपी रानाका अनुसार विद्यार्थीसँग विभिन्न समयमा ५३ करोडभन्दा बढी लिएको आरोपमा पक्राउ गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठगीका अन्य ८ जना आरोपीहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि अधिकांशको मोवाईल स्विच अफ छ । सम्पर्कविहिन भएकोले पक्राउ गर्न समस्या भैरहेको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

हालसम्म कलेजले विभिन्न शीर्षकमा विद्यार्थीबाट ५३ करोड रुपैयाँ ठगी गरेको विद्यार्थीले आरोप लगाउदै आएका छन् ।

Vianet communication

गत माघ १७ गतेदेखि आन्दोलित विद्यार्थीले वार्ताबाट सहमति जुट्ने नदेखेपछि सरकारले तोकेको शुल्क विपरीत मनपरी रुपमा कलेज प्रशासनले विद्यार्थीबाट रकम असुलेको भन्दै १० जना विरुद्ध मंगलबार सम्पत्ति शुद्धिकरण विभाग र प्रहरी कार्यालयमा छुट्टाछुट्टै ठगी मुद्धामा उजुरी दिएका थिए ।

कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलको मिलेमतोमा रकम असुलेको दावी गर्दै बिद्यार्थीले उजुरी दिएका हुन् ।

सरकारले उपत्यका बाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क निर्धारण गरेको छ । तर, गण्डकी मेडिकल कलेजले भने विद्यार्थीबाट तोकिएको भन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ ।

उजुरी दिएका विद्यार्थीहरूले परीक्षासमेत बहिष्कार गरेका थिए । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए । सन् २०१५ देखि यताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै विद्यार्थीले आन्दोलन गरेका हुन् । करिब ४० दिनदेखिको विद्यार्थीको रिले अनसन अझै जारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x