×

NMB BANK
NIC ASIA

बरण्डामा घाम ताप्दै पानीजहाज कार्यालयका कर्मचारी !

अड्डा पानीजहाज, कर्मचारीलाई छैन कामकाज

फागुन २७, २०७५

NTC
Premier Steels

काठमाडौं -राजधानीको एकान्तकुनास्थित पानीजहाज कार्यालयका कर्मचारीहरू काम नभएपछि बरण्डामा घाम तापेर दिन बिताउने गरेका छन् ।

Muktinath Bank

फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालयमा १६ जनाको दरबन्दी रहने भनिएता पनि हाल जम्मा ७ जना कर्मचारी छन् । काम नभएपछि कार्यालयमा आएका कर्मचारी दिनभर घाम तापेर बेलुका फर्कने गरेका हुन् । सोमवार लोकान्तरकर्मी कार्यालय पुग्दा कर्मचारीहरू बरण्डामा घाम तापिरहेका भेटिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

११ वटा कोठा रहेको उक्त भवन एकान्तकुनास्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यलय भवन हो । काम नभएपछि उक्त कार्यालयलाई चक्रपथ सुधार योजनाले प्रयोग गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

नीति र नियमित कार्यक्रम अभावका कारण अहिले खासै काम नभएको कार्यालय प्रवक्ता तथा इञ्जिनीयर निरन्जन अर्यालले बताए ।

Vianet communication

'अहिले कार्यालय व्यवस्थापनको काम गरिरहेका छौं,' अर्यालले भने, 'दरबन्दी अनुसारका कर्मचारी पनि आइपुगेका छैनन् । कामको अभाव भएकाले हामीले कुनै आधिकारिक सूचना प्रवाह पनि गरेका छैनौं ।'

मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक/एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

पुस दुई गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालयमा ३ गते सञ्चारकर्मीहरू पुग्दा कर्मचारीविहीन र अस्तव्यस्त देखिएको थियो । कार्यालय अस्तव्यस्त रहेको खबर सम्प्रेषण भएपछि कार्यालयले विज्ञप्ति जारी गरेर कर्मचारीहरूले विधिवत रूपमा काम गरिरहेको र हेर्न मन लागेमा कार्यालयमा आउन आग्रह गर्‍यो ।

अति नै महत्त्वाकांक्षी मानिएको पानीजहाज सञ्चालनको विषय अहिले अध्ययनको क्रममा छ । तर पानीजहाज ल्याउने काम कठिन रहेको जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययन टोलीकै सदस्यहरूले बताउँदै आइरहेका छन् ।

नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोशी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू नेपालमा जलयातायात सञ्चालन कठिन रहेको निष्कर्ष निकालिएको छ ।

स्थलगत अध्ययनमा सहभागी एक सदस्यका अनुसार कोशी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएका कारण नेपालभित्र तत्काल पानीजहाज सञ्चालन असम्भव प्राय: देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x