×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा विकासको जागरण शुरू भइसक्यो : मुख्यमन्त्री गुरुङ

फागुन २८, २०७५

NTC
Premier Steels

पोखरा- पोखरा महानगरपालिकाको अर्मलामा होमस्टे शुरू गरिएको छ । महानगरपालिकाको वडा नं १६ अर्मला कोटमा सञ्चालनमा आएको होमस्टेको मंगलवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्धाटन गरेका छन् ।

Muktinath Bank

होमस्टेको उद्धाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा विकासको जागरण शुरू भएको बताए । गण्डकी प्रदेशले होमस्टे सञ्चालन गरेका स्थानहरूमा पुग्दा स्वर्गमा पुगेर टहलिएको अनुभूति हुने गरेको उनले बताए । ‘होमस्टेले स्वर्गमा टहलिएको प्रत्याभूतिसँगै गरीबी निवारण र स्वरोजगार बढाउन सहयोग पुर्‍याएको छ,’ मुख्यमन्त्री गुरुङले भने, 'आफ्नो थाकथलोमामा बसेर स्वरोजगार बन्दा गाउँनै गुल्जार मात्र बनेको छैन, गाउँ छोडेर विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई गाँउ सम्झेर बाडुल्की लाग्न थालेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री गुरुङले प्रदेशभित्र प्रकृतिले दिएका अनुपम सुन्दर सम्पदालाई आर्थिक समृद्धितर्फ लगाएर त्यसको अधिकतम प्रयोग गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानहरूमा ३ सय होमस्टे सञ्चालन गर्ने योजना बनाएको बताउँदै हालसम्म २ सय ३८ होमस्टे सञ्चालनको अवस्थामा पुगेको उल्लेख गरे । ‘सरकारको छनोटमा परेका होमस्टेका लागि १० लाखका दरले बजेट विनियोजित गरिसकेको छौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘होमस्टे सञ्चालनको स्वीकृति पाएकालाई पहिलो किस्ता बापत ४ लाखका दरले रकम उपलब्ध गराइएको छ ।' 

Vianet communication

मुख्यमन्त्री गुरुङले अर्मलामा स्थापना गरिएको ‘खेपना प्रतिष्ठान’द्वारा १ करोडको लागतमा निर्मित ‘खेपना स्मृती बहुउद्देश्यीय सामुदायिक तथा सांस्कृतिक भवनको समेत उद्घाटन गरेका थिए । उक्त भवनमा होमस्टे सञ्चालन हुने छ । पहिलो चरणमा करीब १ दर्जन पाहुनाहरू बस्न मिल्ने गरी सो भवनबाटै होमस्टे शुरू गरिएको छ भने गाउँका अन्य ५ घरमा समेत होमस्टे सञ्चालनमा आएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x