×

NMB BANK
NIC ASIA

न्युजिल्यान्ड मस्जिद आक्रमण, भयानक नरसंहारको संज्ञा

चैत २, २०७५

NTC
Premier Steels

न्युजिल्यान्ड- न्युजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ । ४९ जनाको मृत्यु भएको सो घटनाको आलोचना गर्दै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले न्युजिल्यान्डप्रति सहानुभूति प्रकट गरेका छन् । 

न्युजिल्यान्डकै राष्ट्र प्रमुख समेत रहनु भएकी रानी एलिजावेथ द्धितीयले घटनाबाट आफुलाई गहिरो दुःख लागेको बताउनु भएको छ । उहाँले प्रकाशित गर्नु भएको शोक वक्तव्यमा भनिएको छ, “यो दुःख घडीमा म सम्पूर्ण मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उहाँका आफन्त, साथी र सम्पूर्ण देशबासीमा समवेदना व्यक्त गर्दछु ।” 

उहाँले आफु र आफ्नो छोरा राजकुमार फिलीपको तर्फबाट पनि घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभएको समाचारमा जनाइएको छ । न्युजिल्यान्डसहित बेलायत, अष्ट्रेलिया, क्यानडालगायत १६ देशकी ९२ बर्षीया रानी एलिजावेथ द्वितीयले सन् २००२ मा पछिल्लो पटक न्युजिल्यान्ड भ्रमणमा गएको स्मरण पनि गर्नुभएको छ । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै सो घटनालाई भयानक नरसंहारको संज्ञा दिनु भएको छ । ट्रम्पले ट्वीटरमा लेख्नु भएको छ, “यस दुःखद घडीमा न्युजिल्यान्डका जनता र मृतकका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछु । ” 

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले न्युजिल्यान्डमा भएको घटना थाहा पाएर आफुलाई ज्यादै दुःख लागेको बताउनुभएको छ । न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा अर्डेनलाई पठाएको पुटिनको सन्देशमा घटनामा संलग्न हरेकलाई कारबाहीको भागिदार बनाउन आग्रह गर्नुभएको छ । 

टर्कीका राष्ट्रपति रेसेप तएप एड्रोगानले पनि दुई ओटा मस्जिदमा भएको दुखद् घटनाको कडा शब्दमा भत्सर्ना गर्नु भएको छ । अङ्ग्रेजी र टर्किस भाषामा ट्वीट गर्दै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ । 

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै न्युजिल्यान्डको सरकार, जनता र पिडितहरुप्रति समवेदना व्यक्त गर्नुभएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि गहिरो सहानुभूति व्यक्त गर्नु भएको छ । यस्ता घटना न्युजिल्यान्ड मात्र नभई सिङ्गो विश्वलाई नै चिन्ताको विषय भएको उहाँले उल्लेख गर्नु भएको छ । 

फिजिका प्रधानमन्त्री भोरेक बैनिमारामाले शुक्रबार सम्प्रेषण गरेको सन्देशमा दुई मस्जिदमा भएको दुखदायी घटनाबाट आफु मर्माहित भएको उल्लेख गर्नु भएको छ । घटनाप्रति पाकिस्तानले पनि दुःख व्यक्त गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले जारी गरेको वक्तव्यमा दुखदायी घटनाको पाकिस्तानले भ्रत्सर्ना गर्ने उल्लेख छ । 

यसैगरी क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले पनि न्युजिल्यान्डको दुई ओटा मस्जिदमा भएको आक्रमणमा परी ४९ जना भन्दा बढीको निधन भएकोप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले पठाउनुभएको सन्देशमा न्युजिल्यान्डका जनता र घटनाबाट पिडितप्रति ऐक्वबद्धता जनाउदै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नु भएको छ । 

अन्य देशका सरकार तथा राष्ट्रप्रमुख र विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा निकायहरुले पनि शोक वक्तव्य प्रकाशित गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । त्यसैगरी सो घटनाप्रति सामाजिक सञ्जालमा पनि धेरैले दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री आर्डेनले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ’आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताउनुभएको छ । उहाँले न्यूजिल्यान्डको इतिहासमा यो सबैभन्दा घातक हमला भएको उल्लेख गर्नुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डेर्नले भन्नुभयो, “आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।” 

अल नूर मस्जिदमा बन्दुकधारी आक्रमणकारीले टाउकोमा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई आन्धधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण पनि गरेका थिए । प्रत्यक्षदर्शीहरूले आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको भिडियोमा बताएका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x