पुस १९, २०८०
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
काठमाडौं- काठमाडौंको सुन्धारामा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ सेवाग्राहीका लागि भनेर निकै फराकिलो काउन्टर राखिएको छ । उक्त काउन्टरबाट एकैपटक सयौं सेवाग्राहीले सुविधा लिन सक्छन् । सरकारी कार्यालयमा कर्मचारीको अभाव छैन भन्ने सुन्दा जो कोही पनि अचम्म पर्न सक्छन् तर उक्त कार्यालयमा पर्याप्त कर्मचारी छन् ।
काउन्टरका प्रत्येक कुर्ची एक/एक कर्मचारीहरूले सेवाग्राहीलाई सेवा दिन तत्परताका साथ बसेका छन् ।
काउन्टर शाखामा सेवाग्राहीले कुर्नु नपरोस् भनेर करीब एकदर्जन जति काउण्टर सेक्सन बनाइएको छ । सेवाग्राही सहज ढंगले पालो कुर्न सकुन् भनेर प्रत्येक सेक्सनमा डिजिटल प्रणाली जडान गरिएको छ ।
सेवाग्राही आउनेबित्तिकै टोकन लिन्छन् र तुरुन्तै उनीहरूलाई काउन्टरमा डिजिटल आवाजले बोलाउँछ । 'टोकन नम्बर फलानो, यति नम्बर काउन्टरमा आउनुस्,' डिजिटल सिस्टम बोलाउँछ । टोकन नम्बर लिइसकेका कुनै पनि सेवाग्राहीले हालसम्म ५ मिनेटसम्म कुर्नुपरेको रेकर्ड छैन ।
अझ अचम्मको कुरा के भने उक्त सरकारी कार्यालयमा सेवाग्राही निकै कम जान्छन् । बुधवार दिउँसो लोकान्तरकर्मी उक्त कार्यालयमा पुग्दा जम्माजम्मी २ जना सेवाग्राही थिए । आधा घण्टासम्म कुर्दा पनि थप कोही सेवाग्राही आएनन् ।
उक्त सरकारी कार्यालयको नाम हो- गोश्वारा हुलाक कार्यालय । कार्यालय यति कामविहीन बनेको छ कि कुनै दिन त अति न्यून संख्यामा सेवाग्राही आउँछन् ।
कार्यालयमा सेवाग्राहीको भीड नभएपछि चिठी सम्बन्धी सम्पूर्ण काम काउन्टर शाखाबाट नै हुन्छ । कार्यालय बाहिर परिसरमा रहेका पत्र मन्जुषा कामविहीन भएका छन् ।
समयसापेक्ष नीति तथा कार्यक्रम अभावका कारण हुलाकमा सेवा लिन आउने सेवाग्राही घट्दै गइरहेका छन् । इन्टरनेट र मोबाइल प्रयोगको वृद्धिसँगै व्यक्तिगत सूचना हुलाकमार्फत् आदानप्रदान गर्ने काम निकै घटेको छ । पछिल्लो समय कार्यालयमा नगन्य सेवाग्राही आउने गरेको देखिएको छ ।
हालसम्म कार्यालयमा ४ सय ४४ जना कर्मचारीले काम गर्दै आएकोमा चालू आर्थिक वर्षको शुरूआतमा भएको नयाँ सर्वेक्षण पश्चात ३ सय ६० जना कर्मचारीको दरबन्दी कायम रहेको हो । राजधानीमा अवस्थित गोश्वारा हुलाक कार्यालयमा यति कर्मचारी सामान्य भएपनि सेवाग्राहीको संख्याका आधारमा यो बडेमानको संख्या हो ।
‘कार्यालयले चिठीपत्र बाहेक द्रुत डाँक सेवा (ईएमएस) र वित्तीय सेवा जस्ता क्षेत्रमा काम गर्दै आएको छ,' उपसचिव समेत रहेका कार्यालय प्रमुख वेद प्रसाद भण्डारीले भने, ' व्यक्तिगत रूपमा चिठीपत्र आदानप्रदानको काम न्यून भएतापनि सरकारी कार्यालय र अन्य कार्यालयबीचको चिठीपत्र आदानप्रदानमा हुलाकको प्रयोग प्रभावकारी रहेको छ ।'
ईएमएस नेपाल सरकारको हुलाक सेवाबाट डकुमेन्ट तथा मालसामान वितरणका लागि संचालित सेवाको नाम हो । भण्डारीका अनुसार ईएमएसमार्फत् नेपाल र विदेशका ३९ देशमा कागजात र सरसामानहरू पठाउन सकिन्छ । यसबाट दक्षिणी महादेश अस्ट्रेलियादेखि युरोपका कतिपय देश हुँदै अमेरिकासम्म कागजात र सामान पठाउन सकिन्छ ।
यस कार्यालयले काठमाडौं उपत्यकाभित्र ३ वटा गाडी राखेर ३ वटै रुट निर्माण गरी 'घुम्ती हुलाक सेवा'को सञ्चालन गर्ने गर्छ । घुम्ती हुलाक सेवाले अहिलेसम्म उपत्यकाभित्रका सरकारी कार्यालयलाई मात्रै समेटेको छ ।
घुम्ती हुलाक सेवाले हुलाकको आम्दानी र प्रभावकारितामा वृद्धि गरेको कार्यालय प्रमुख भण्डारीले बताए । 'घुम्ती हुलाक सेवाबाट कार्यालयले गतवर्ष टिकट र सेवाशुल्कमार्फत ६६ लाख आम्दानी गरेको छ,’ उनले जानकारी दिए ।
व्यावसायिक सेवामा कार्यलयले द्रुत डाँक सेवा सञ्चालन गर्दै आएको छ । ‘यो सेवामा हामीले समयसीमा निर्धारण गरेर नै सामान ईएमएस गर्दै आएका छौं । समयमा सम्बन्धित व्यक्तिले सामाग्री प्राप्त नगरेमा उचित क्षतिपूर्तिको समेत व्यवस्था गरेका छौं । तर यसको प्रभावकारी प्रचार हुन सकिरहेको छैन,’ भण्डारीले बताए ।
कार्यालयले सञ्चालन गर्दै आएको गर्दै आएको हुलाक बचत बैंक ६२ वटा जिल्ला हुलाकमा रहेको छ । तर स्वचालित सेवाको अभावमा थोरै सेवाग्राहीमा सीमित हुँदै आएको छ । पछिल्लो समय सरकारले बचत बैंक सञ्चालन नगर्ने निर्णय गरेपछि यसको कारोबार परिणाममा थप कटौती भएको गुनासो भण्डारीले गरे ।
'सञ्चारको क्षेत्रमा हुलाक एउटा पुरानो संस्था हो,' कार्यालय प्रमुख भण्डारी भन्छन्, 'चिठीपत्र आदानप्रदानका लागि हुलाकको महत्व घटेको छैन । सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोगका कारण चिठीपत्रको प्रयोग घट्यो । हामीले हुलाकलाई व्यवसायीकरण गर्न सकिरहेका छैनौं ।'
यसको समयानुकूल विकास गर्न जरुरी रहेको भण्डारीको भनाइ छ ।
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...