×

NMB BANK
NIC ASIA

परमाणु हतियारको भन्दा पनि अत्याधुनिक अस्त्रको डर, के गर्छन् शक्तिराष्ट्र ?

चैत ३, २०७५

NTC
Premier Steels

काठमाडौं – ‘हामीहरू विस्फोटक राखिएको त्यस्तो इलाकामा हिँडिरहेका छौं जहाँ कुन बेला कहाँ विस्फोट हुन्छ थाहै हुँदैन ।’

Muktinath Bank

यो चेतावनी रुसका पूर्व परराष्ट्रमन्त्री इगोर इभानोभले दिएका हुन् । उनले वाशिङटन डीसीमा अन्तर्राष्ट्रिय आणविक नीति सम्मेलनमा यो कुरा भनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै किसिमका कुरा अमेरिकी सिनेटर तथा लामो समयदेखि हतियार नियन्त्रण आन्दोलनका कार्यकर्ता स्याम ननले दोहो–याए । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘अमेरिका, रुस र चीन सँगै मिलेर काम नगरेमा हाम्रा बच्चा र उनीहरूको बच्चाका लागि खराब सपना जस्तो हुनेछ ।’

Vianet communication

अमेरिकाका पूर्व राष्ट्रपति रोनल्ड रेगन तथा सोभियत संघका अन्तिम नेता मिखाइल गोर्भाचोभले परमाणु हतियार उपयोग नगर्ने भनी गरेको फैसलाको अनुसरण हालका नेताहरूले गर्नुपर्ने बताए । 

यी दुवै नेताले शीतयुद्धका बेलामा आणविक हतियारको बलमा युद्ध जित्न नसकिने फैसला गरेका थिए ।

रेगनले क्षेप्यास्त्रप्रतिरोधी ब्यालिस्टिक मिसाइल डिफेन्सको सपना देखेका थिए र आफ्ना रुसी समकक्षी गोर्बाचोभसँग आणविक निःशस्त्रीकरणमा सम्झौता गरेका थिए । 

यही सम्झौतापछि शीतयुद्ध अन्त्यको दिशामा बढेको मानिन्छ । 

अहिले आणविक निःशस्त्रीकरणको सम्झौता संकटमा परेको देखिन्छ । अमेरिका र रुसबीच इन्टरमिडिएट रेन्ज न्युक्लीयर फोर्सेज सन्धि समस्यामा परिसकेको छ । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यस सन्धिलाई रुसले तोडिसकेको बताएका छन् । रुसले जमीनबाट प्रहार गरिने क्रूज क्षेप्यास्त्रको बटालियन तैनाथ गरेर यस सन्धिका नियमलाई उल्लंघन गरेको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यी आरोपहरूलाई पूरै नकारेका छन् । तर नाटोका सहयोगी राष्ट्रहरूले यस मामिलामा अमेरिकालाई साथ दिएका छन् । 

तर अमेरिकाका सहयोगी देश पनि ट्रम्पको परराष्ट्रनीतिबाट खुशी छैनन् ।

अमेरिकामा जर्मन राजदूत एमिली हेबरले सन्धिका नियमको उल्लंघन भएकोतर्फ इशारा गरिन् । अमेरिकाले अन्य देशमा आर्थिक प्रतिबन्ध लगाएर भविष्यका योजनालाई मुश्किलमा पारेको उनले बताइन् । हेबरले ट्रम्प प्रशासनको पनि आलोचना गरिन् । 

आणविक हतियारमाथिको सम्मेलनमा अनेकौं वक्ताहरूले हतियारसम्बन्धी पुराना सन्धिहरू टुट्नु वा आणविक शक्तिसम्पन्न मुलुकहरूका बीच तनाव बढ्नु मात्र चिन्ताको विषय नभएको मानेका छन् । 

चीन महाशक्ति हुने बाटोमा अघि बढिरहेको अनि भारत र पाकिस्तानबीच तनाव बढिरहेको अवस्थामा नयाँ संकट र खतराको संकेत भेटिन थालेका छन् । 

यस्ता खतराका केही उदाहरण छन् : सुपरसोनिक गतिबाट जाने अनि अत्यधिक सटीक निशाना बनाउने क्षेप्यास्त्र निर्माण, साइबर हतियार निर्माण, अन्तरिक्षमा हुने सम्भावित सैन्यीकरण र कृत्रिम प्रज्ञाको प्रयोग । 

यी संकटहरूका अगाडि पुराना खतरा पनि कमजोर भएका छन् । 

जस्तो, पूर्व अमेरिकी सिनेटर स्याम ननले भने, ‘नयाँ शताब्दीमा पूर्व निर्धारित तरिकाको युद्ध नभएर कुनै तेस्रो पक्षको हस्तक्षेपमार्फत युद्ध हुने आशंका बढेर गएको छ ।’

चीनलाई परमाणु सन्धिमा संलग्न गर्नका लागि आईएनएफ सन्धिलाई सुचारु गर्न सकिन्छ त भन्ने प्रश्न उठेको छ । 

यसको जवाफ धेरै हदसम्म अमेििरकाकी हतियार नियन्त्रण भिागकी उपसचिव एन्ड्रिया टम्सनले दिइन् । तर चीनले यस्तो कुनै पनि किसिमको सन्धिमा संलग्न हुने चासो नदेखाएको उनले बताइन् । 

अमेरिका र रुसबीच आणविक निःशस्त्रीकरणका लागि हुने न्यु स्टार्ट सन्धि सुरक्षित हुन्छ त ? 

त्यसै पनि समय अत्यन्तै कम छ । यो सन्धि फेब्रुअरी २०२१ मा समाप्त हुनेछ । तर तमाम अमेरिकी र रुसी अधिकारीहरूले यसको उपयोगितालाई स्वीकार गरे अनि यसलाई अघि बढाउन खासै उत्साह देखाएनन् । 

भियतनामको हनोईमा ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भएको दोस्रो शिखरवार्ता निष्परिणाम टुंगियो । 

उत्तर कोरियाली नेता आफ्नो देशको आणविक कार्यक्रमको एक सानो भाग मात्र बन्द गर्न तयार भए र त्यसको बदलामा उनले अमेरिकाका तर्फबाट लगाइएको आर्थिक प्रतिबन्ध हटाउने माग राखे । त्यसपछि अमेरिकी राष्ट्रपतिले शिखरवार्ताबाट हिँड्नु ठीक हुने ठाने । 

एन्ड्रिया टम्सनले एक जरूरी कुरामा ध्यान दिलाइन् । प्रविधिको विस्तार जुन गतिमा भइरहेको छ, त्यसको तुलनामा नीति निर्माणको गति ढिलो भएको उनको भनाइ छ । 

यस्तो स्थितिमा कसैबाट जिम्मेवार व्यवहारको अपेक्षा कसरी गर्न सकिन्छ भनी उनले प्रश्न उठाइन् । 

एन्ड्रियाको यो प्रश्न र चिन्तामा अनेकौं मानिस सहमत देखिन्छन् । हतियारसम्बन्धी पुराना सन्धि टुटिरहेको अवस्थामा नयाँ हतियारमाथि कसरी नियन्त्रण गर्ने प्रश्न सीधा प्रश्न हो । 

त्यसैपनि रुसी, युरोपेली र अमेरिकीहरूका अनुसार, वाशिङटन र मस्कोबीच रणनीतिक स्थिरता अत्यन्तै आवश्यक छ । 

शीतयुद्ध चरममा हुँदा अमेरिका र सोभियत संघ एकअर्कालाई हुने नोक्सानीका बारेमा बताएर तर्साउँथे । 

तिनै नोक्सानीको आशंकाले अनेकौं सन्धि जन्मायो । तर अब पुराना सन्धिका दस्तावेज फ्याँकिदिए हुन्छ । 

नयाँ हतियार पाएपछि पुरानो शत्रुता फेरि जाग्नसक्छ तर खतरा पहिलेको भन्दा बढी छ । बढ्दो खतराप्रति न कोही जवाफदेही हुन चाहन्छ न त त्यसलाई नियन्त्रित गर्ने कुनै नीति बनेको छ ।

बीबीसीमा प्रकाशित जोनाथन मार्कसको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x