×

NMB BANK
NIC ASIA

जापानको निर्यातमा निरन्तर गिरावट, झस्किए विश्लेषक

चैत ४, २०७५

NTC
Premier Steels

टोकियो– जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ । 

Muktinath Bank

कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव त छोड्ने होइन, विश्लेषकहरू झस्किएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत बर्षको सोही समयमा जापानको निर्यात दर ६।७ प्रतिशत अर्थात् ६।३८ ट्रिलियन यन रहेकोमा यस बर्ष यसबाट १।२ प्रतिशतको कमी आएको हो । त्यस्तै आयातमा पनि निकै कमी आएको छ अर्थात् जापानको आयातमा पनि यस बर्ष ६।७ प्रतिशतले कमी आई ६।०५ ट्रिलियन यन कायम भएको छ । 


Advertisment
Nabil box
Kumari

प्रविधि क्षेत्रको सामानको मागमा आएको ह्रास र समग्र सामानको आयात तथा निर्यातमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानलाई तत्काल सोच्न बाध्य बनाएको छ, मिजुहो रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री आसुको साकामोतोले एएफपीसँगको कुराकानीमा बताए । 

Vianet communication

साकामोतोले भने, “आयातमा देखिएको कमजोर तथ्याङ्कले जापानी बजारमा यहाँका कम्पनीद्वारा गर्दै आएको उत्पादनमा आएको गिरावटलाई प्रतिबिम्बित गरेको र यसले जापानी अर्थतन्त्रमा पार्नसक्ने प्रभावप्रति चासो बढेको छ ।” 
विश्लेषकहरूले जापानी अर्थतन्त्रको समस्या आउनसक्ने आधारलाई मध्यनजर गर्दैै निर्यात तथा कर्पोरेट लगानीलाई नजिकमा रहेर नियालीरहेका छन्, उनले बताए । 
यद्यपि उक्त समयमा जापानको चीन निर्यात हुने सामानमा ५।५ प्रतिशतले वृद्धि आएको । आयातमा १५।८ प्रतिशतले कमी आएको छ । यसबाट अमेरिका–चीन व्यापार विवादको लाभ चीनसँगको कारोबारका हिसाबले जापानले लिएको देखिन्छ । जापानमा यस बर्ष चीनबाट हुने कपडा, धातुजन्य उत्पादन र श्रव्यदृष्य सामग्रीको आयातमा कमी आएको देखिएको छ । 
राजनीतिकरूपमा अमेरिकासँग अत्यधिक संवेदनशील रहने जापानको अर्थबजारमा अघिल्लो बर्षको तुलनामा यो बर्ष ०।९ प्रतिशतले कमी आउँदा छ खर्ब २४ अर्ब ९० करोड जापानी यनको कारोबार भएको थियो । 
त्यस्तै यूरोपेली यूनियनसँगको कारोबारमा ५८ अर्ब २ करोड यनको लाभ भएको देखिएको छ । 
फेब्रुअरीमा जापानको जम्मा व्यापार नाफा तीन खर्ब ३९ अर्ब जापानी यन कायम हुन आएको तथ्याङ्क छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x