×

NMB BANK
NIC ASIA

पेरुका पूर्वराष्ट्रपतिले सार्वजनिक स्थानमा पिए रक्सी, अमेरिकामा भए पक्राउ

चैत ५, २०७५

NTC
Premier Steels

काठमाडौं – दक्षिण अमेरिकाको सबभन्दा ठूलो भ्रष्टाचार काण्डका आरोपित पेरुका पूर्वराष्ट्रपति अलेहान्द्रो तोलेदोलाई अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक ठाउँमा रक्सी पिएको आरोपमा पक्राउ गरिएको छ । अधिकारीहरूले उनलाई एक रात हिरासतमा राखेपछि सोमवार बिहान थुनामुक्त गरे । 

Muktinath Bank

सान म्याट्टियो काउन्टी शेरिफ कार्यालयका प्रवक्ता रोजमेरी ब्ल्यांक्सवेडले बताएअनुसार, ७२ वर्षीय तोलेदोलाई आइतवार राति मेनलो पार्कको एक रेस्टुराँबाट पक्राउ गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तोलेदो सन् २००१ देखि २००६ सम्म पेरुका राष्ट्रपति थिए । सान फ्रान्सिस्को क्रोनिकलका अनुसार, कार्यकाल पूरा गरेपछि उनले स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययनका लागि क्यालिफोर्निया पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

तोलेदोलाई पेरुमा भ्रष्टाचार मुद्दाको आरोपित बनाइएको छ । त्यो दक्षिण अमेरिकाकै सबभन्दा ठूलो भ्रष्टाचार मुद्दा हो । पेरुका अधिकारीहरूले उनको पक्राउका लागि ३० हजार डलर पुरस्कार घोषित गरेको छ । 

Vianet communication

राष्ट्रपति कार्यकालका बेलामा उनले ब्राजिलको निर्माण कम्पनी ओडेब्रेख्तबाट दुई करोड डलर घूस लिएका थिए । तर उनले आफूबाट कुनै भूल नभएको बताउँदै आएका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x