×

NMB BANK
NIC ASIA

बार निर्वाचन : अध्यक्षका उम्मेदवार पोखरेलले सार्वजनिक गरे आफ्नो सम्पत्ति विवरण

चैत १४, २०७५

NTC
Premier Steels

काठमाडौं-नेपाल बार एशोसिएशनको आसन्न चुनावका प्रत्यासी अधिवक्ता सुनिलकुमार पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वनिक गरेका छन । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वको चयन गर्न चुनाव आगामी चैत १६ गते हुँदैछ । 

Muktinath Bank

यसैबीच वृहत लोकतान्त्रिक समूहको तर्फबाट अध्यक्षका लागि उम्मेदवारी दिएका अधिवक्ता सुनिलकुमार पोखरेलको प्यानलले चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ ।  आज चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

कति छ सम्पत्ति ?

Vianet communication

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ को कित्ता नं. ७२ मा ५ आनामा साढे दुई तल्लाको घर, भक्तपुरको दधिकोटमा वडा नं. ३ (क) को कित्ता नं. १२६२ र १२७० मा ४ आना जग्गा, मकवानपुर हेटौंडा नगरपालिका वडा नम्बर १७ मा १ कट्ठा जग्गा, र सप्तरीको राजगढ गाउँपालिका वडा नं. २ मा ४ कट्ठा १० धुर जग्गा रहेको पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने क्रममा बताएका छन् ।

चल सम्पत्तिको रुपमा  पोखरेलको सुन २५ तोला, चाँदी ४० तोला,  र स्ट्याण्डर्ड चार्टड बैंक, प्रभु बैक र  बैंक अफ काठमाडौंमा ११ लाख ५० हजार नगद रहेको छ भने १० लाख बराबरको विभिन्न बैंक तथा वित्तिय संस्थामा सेयर र एक हुन्डाइको कार रहेको छ ।

अधिवक्ता पोखरेलको नेतृत्वमा उपाध्यक्ष महिलातर्फ कविता थापा (कार्की) छन् । यस्तै प्रदेशतर्फको उपाध्यक्षमा प्रदेश १ मा डिल्लीबहादुर कार्की, २ मा सुधीरकुमार कर्ण, ३ मा राजेश्वर अधिकारी, ४ मा निरञ्जनलाल राजभण्डारी, ५ मा सुनिलकुमार श्रेष्ठ, ६ मा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशी सहितको प्यानल चुनावी मैदानमा उत्रेको छ ।

निर्वाचनमा ६४ ले उम्मेदवारी दिएका छन । नेपाल बार एसोसियसनमा २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x