असोज १, २०७५
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
काठमाडौं – भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ३० दिनसम्म नियन्त्रित रूपमा बिजुली आपूर्ति गर्ने घोषणा आइतवार गरेका छन् । त्यसअघि उनको सरकारले देशमा विद्युत् आपूर्ति नभएका कारण अफिसको कामकै समयमा बिजुली काटिने र विद्यालयहरूको छुट्टी बढाइने जनाएको थियो ।
यसैबीच भेनेजुएलाका क्रुद्ध नागरिकले बिजुली र पानी काटिएपछि राजधानी काराकासका सडकमा प्रदर्शन गरेका छन् ।
पर्याप्त बिजुली नभएका कारण सरकारले कठोर उपाय अपनाउन लागेको हो । मार्च महिनामा त्यहाँ बारम्बार बिजुली काटियो । देशमा पहिलेदेखि नै खराब अर्थव्यवस्थाका कारण रहनसहनमा समस्या देखिएको स्थितिमा बिजुली काटिँदा झनै खराब असर परेको छ ।
राष्ट्रपति मडुरो र विपक्षी नेता खुआज गुआइडोबीच राजनीतिक भिडन्त कायमै रहँदा यो संकट आएको हो ।
गुआइडोलाई अमेरिका र ५० भन्दा बढी देशले अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएका छन् ।
सरकारी टीभीमा कुराकानी गर्दै मडुरोले बिजुलीका लागि ३० दिनको योजनालाई अनुमति दिइएको बताए । यसको विस्तृत विवरण उनले दिएनन् ।
तर खानेपानी आपूर्तिको प्रत्याभूतिका विषयमा जोड दिइने उनले बताए । जर्जर संरचना, बिजुलीको ग्रिडमा कम लगानी र उचित रेखदेखके अभावका कारण देशमा बिजुली संकट आएको हो ।
बिजुली कम भएका कारण भेनेजुएलाले विद्यालयका गतिविधि बन्द गर्ने अनि सरकारी तथा निजी संस्थामा दुई बजेसम्मको कार्यालय समय बनाउने निर्णय लिएको सञ्चारमन्त्री जर्ज रोड्रिगेजले बताए ।
एजेन्सी
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...