वर्धाको चुनावी सभामा मोदीलाई सुन्न आएनन् खासै जनता, लोकप्रियता घटेको हो ?

काठमाडौं – चुनावी मौसम शुरू भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धमाधम जुलुस र सभामा सम्बोधन गर्न थालेका छन् । 

यसै क्रममा सोमवार वधर्नको स्वावलम्बी मैदानमा मोदीको सभा आयोजन गरियो । तर सभामा उपस्थित मानिसको संख्या कम भएकाले प्रधानमन्त्रीको लोकप्रियताका विषयमा प्रश्न उठेका छन् । 


Advertisement

वर्धामा मोदीको सभामा अघिल्लो चुनावको तुलनामा एकदमै कम भीड थियो । सन् २०१४ को तुलनामा सन् २०१९ मा मोदीको लोकप्रियता कम भएको हो कि भनी प्रश्न उठ्न थालेका छन् । 

राजनीतिक विश्लेषकहरूले सन् २०१४ को लोकसभा चुनावअघि मोदीले महाराष्ट्रको वर्धाबाटै चुनाव प्रचारको आरम्भ गरेका थिए । 

त्यतिखेर मोदीको सभामा बाक्लो भीड लागेर १८ एकडमा फैलिएको स्वावलम्बी मैदान पूरै भरिएको थियो । मैदानबाहिर र छतमा समेत उभिएर मानिसले मोदीको भाषण सुनेका थिए । 

तर यसपालिको सभामा स्वावलम्बी मैदान आधीभन्दा बढी खाली रह्यो । कुर्सीहरू खाली थिए । भाजपा नेताहरूले बिहानदेखि नै भीड जुटाउने कोशिश गरेको भए पनि मानिस आएनन् । 

वर्धामा भीषण गर्मी भएकाले भीड कम भएको हुनसक्ने भाजपा नेताहरूको तर्क छ । उनीहरू प्रधानमन्त्री मोदीको लोकप्रियता घटेको कुरा मान्न तयार छैनन् । अघिल्लोपटक भाजपा र शिवसेनाको गठबन्धनले चुनाव जितेको र यसपालि पनि जित्ने उनीहरूको भनाइ छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्