×

NIC ASIA

नेपाली कांग्रेसका कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पोखरामा हुँदै, तयारी पूरा

चैत २६, २०७५

Prabhu Bank
NTC
Premier Steels

पोखरा- नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । यही चैत २८ र २९ गते हुने सम्मेलनको आवश्यक तयारी पूरा भएको आयोजकले मंगलवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

Muktinath Bank

सम्मेलनको उद्घाटन समारोहमा पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनको मिति नजिकिएसँगै पोखराको न्युरोड क्षेत्रमा पार्टीको कांग्रेसको झण्डाले दुलही झैं सिंगारिएको छ । पोखराका मुख्य प्रवेशद्वार ब्यानरहरूले सजाइएको छ। 


Advertisment
Nabil box
Kumari

पार्टीलाई सुदृढ बनाउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए । उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने जानकारी दिए । 

Vianet communication

‘पार्टी भित्रको मुख्य समस्या भनेको गुट उपगुट हो । केन्द्रीय नेताहरू बोलाएर कोषाध्यक्षहरूले एकमतले गुट उपगुट अन्त्य गर्न संन्देश दिन्छौं,’ अध्यक्ष पुडासैनीले भने, ‘काँग्रेसमा तलदेखि माथिसम्म गुट उपगुट अन्त्य गर्न जरुरी छ ।’ 

सम्मेलनले सरकारका गतिविधि चित्त बुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम सञ्चालन गर्नका लागि केन्द्रलाई आग्रह गर्ने भएको छ । त्यसैगरी देशका विभिन्न स्थानका निर्वाचन क्षेत्रहरूमा रिक्त संसद सदस्य र प्रदेश सदस्यहरूको निर्वाचन गराउन सरकारलाई दबाव दिने छ । 

नेपाली काँगेस कास्कीका सभापति कृष्ण केसीले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि कास्की कांग्रेसले सहयोग गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x