×

NMB BANK
NIC ASIA

यी हुन् विगत पाँच वर्षमा निजी क्षेत्रका पर्यटन व्यवसायीले गरेका नौ ‘क्रान्ति’

कात्तिक २०, २०७४

NTC
Premier Steels
इटहरी, ४ चैत — सगरमाथा, कन्चनजंगा र मकालु जस्ता विश्वका सर्वोच्च शिखर पूर्वी नेपालमै छन् । विश्वको सबैभन्दा होचो अरुण उपत्यकादेखि गुराँसको राजधानी भनिने तीनजुरे, मिल्के र जलजले क्षेत्र पनि पूर्वमै छन् । एसियाको सबैभन्दा अग्लो झरना ह्यात्तुङ्ग मात्रै हैन, दक्षिण एसियाको बर्ड ग्यालरी भनिने कोशीटप्पु वन्यजन्तु आरक्ष पनि पूर्वमै छन् ।

हिन्दूहरूका विश्व प्रसिद्ध धामहरू विष्णुपादुका, रामधुनी, वराहक्षेत्र, दन्तकाली, अर्जुनधारा तथा हलेसी र पाथिभरा पनि पूर्वमै छन् । तैपनि पूर्वी नेपालको पर्यटकीय क्षेत्रले पाउनुपर्ने आगन्तुक, प्रचार, पूर्वाधार र सरकारी कार्यक्रम नपाएको धेरै पर्यटनप्रेमी पूर्वेलीको गुनासो छ ।
नेपालको पर्यटन क्षेत्र भन्नेबित्तिकै काठमाडौं, पोखरा र चितवन जोड्ने ‘गोल्डेल ट्यांगल’ भन्ने धेरैको बुझाइ छ । ‘गोल्डेल ट्र्यांगल’सँगै लुम्बिनी र सगरमाथा नै लगभग नेपालको पर्यटनका आधार हुन भनेर देशभित्र र बाहिर चिनिएका छन् । सरकार, पर्यटन व्यवसायी र जनस्तरबाट यिनै क्षेत्रमा बढी पर्यटनका पूर्वाधार र प्रवर्द्धनका कामहरू भएका छन् ।

तर पूर्वी नेपालमा पनि विगत पाँच वर्षयता धेरै पर्यटकीय पूर्वाधारका कामहरू शुरू भएका छन् । नेपाल सरकारले हैन, निजी क्षेत्रले गरेका उक्त कामले पूर्वको पर्यटन क्षेत्रका पूर्वाधार र जनशक्ति निमार्णमा ठूलो फड्को मारेको पर्यटन व्यवसायीहरू बताउँछन् । पूर्वका पर्यटनकर्मी वासुदेव बराल त यसलाइ निजी क्षेत्रबाट भएको ठूलो ‘क्रान्ति’ नै मान्छन् ।

यी हुन् विगत पाँच वर्षमा पूर्वको पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेका नौ क्रान्तिहरू ः

१. व्यावसायिक प्याराग्लाइडिङको शुभारम्भ

प्याराग्लाइडिङ भन्नेबित्तिकै पोखरा भन्ने आम पूर्वेलीको बुझाइमा परिवर्तन गर्दै पूर्वको धरानबाट व्यावसायिक प्याराग्लाइडिङ शुरू भएको छ । धरानका व्यवसायी रोशन अधिकारीले २०७२ सालको असोज २२ गतेबाट व्यावसायिक उडान शुरू गरेसँगै हाल उनको कम्पनीबाट पाँचसय हाराहारीले पूर्वी आकाशमा प्याराग्लाइडिङ गरिसकेको अधिकारी बताउँछन् ।
एक दर्जनभन्दा बढी तेस्रो मुलुकका यात्रुलाई उडाएको धरान स्काई एडभेन्चरले थुप्रै भारतीयलाई समेत उडाएको यसका सञ्चालक समेत रहेको पाइलट माधव प्रसाद दाहाल बताउँछन् । यो कम्पनीले बाह्रसय पचास मिटरको उँचाइमा रहेको भेडेटारबाट टेकअफ गर्छ ।

धरान स्काई एडभेन्चरसँगै धरानमै बूढासुब्बा प्याराग्लाइडिङसमेत सञ्चालनमा आएको छ । स्थानीय लेखमणि जिमी, राम राई तथा चन्द्र राईले २०७३ सालको मंसिर २७ बाट शुरू गरेको बूढासुब्बा प्याराग्लाइडिङमा तीनजना पाइलटले सेवा दिने सञ्चालक राई बताउँछन् । बूढासुब्बा प्याराग्लाइडिङले चारसय असी मिटरको उँचाइमा रहेको धरानकै रमिते डाँडाबाट टेकअफ गर्छ । धरानका दुवै प्याराग्लाइडिङ कम्पनीले उडान, यातायात, फोटो र भिडियोको जोडेर सातहजार हाराहारीको शुल्क लिन्छन् ।

२. व्यावसायिक –याफ्टिङको व्यापकता

त्रिशूली तथा भोटेकोशीमा मात्रै गरिँदै आएको व्यावसायिक –याफ्टिङ पूर्वमा पनि शुरूवात भएको छ । इटहरीका व्यवसायी सुरेश बस्नेतले २०७३ सालको वैशाख ८ गतेबाट आधिकारिक दर्ता गरेर –याफ्टिङ शुरू गरेसँगै पूर्वमा रहेका –याफ्टिङका लागि विश्वप्रसिद्ध नदीहरू तमोर, अरुण तथा सुनकोशीमा पूर्वबाटै –याफ्टिङ शुरू भएको छ ।

रिभर डिप नामक उक्त –याफ्टिङ कम्पनीले सशस्त्र प्रहरीका पूर्वआईजीपी दुर्जकुमार राई, एनआरएनका एसिया अध्यक्ष गंगाराज राई लगायत पूर्वका थुप्रैलाई जलयात्रा गराइसकेको सञ्चालक बस्नेत बताउँछन् । २०६२ सालबाट धरानमा मदन ढकालले सञ्चालन गर्ने तमोर रिभर –याफ्टिङ कम्पनीसँगै रिभर डिप थपिएपछि पूर्वको –याफ्टिङ व्यवसायमा सुविधा थपिएको छ ।
तमोर रिभरका ढकालले बाह्र पर्षको दौरानमा दश हजारलाई सेवा दिएको बताउँछन् भने रिभर डिपका सञ्चालक बस्नेले आफ्नो कम्पनी स्थापनाको छोटो समयमै दुईसय हाराहारीका मान्छेलाई आफूले सेवा दिएको बताउँछन् । अन्य कुनै नदीमा नपाउने सबैभन्दा बढी एकसय तीस भन्दा बढी –यापिडहरू तमोरमा भएकोले यहाँको आकर्षण बढेको व्यवसायीहरू बताउँछन् । हाल एक व्यक्तिको एक दिने –याफ्टिङ शुल्क तीन हजार भएको बताएका व्यवसायीहरू रात्रि प्याकेजमा भने प्रतिदिन छ हजार पर्ने बताउँछन् ।

३. वास्तविक ट्राभल एजेन्सीको शुभारम्भ

ट्राभल एजेन्सीको ब्यानरमा प्लेनका टिकट र कुरियर जस्ता व्यवसाय मात्रै हुँदै आएको पूर्वी नेपालमा धरानका पर्यटन व्यवसायी वासुदेव बरालले ट्राभल गराउनैका लागि एजेन्सी शुरू गरे । २०६९ सालको फागुन २१ बाट औपचारिक शुरूवात भएको उनको सेछ ट्राभलिङले हालसम्म सयौंलाई भ्रमण गराइसकेको छ ।

पर्यटन व्यवसायी एलिना मगर समेतको अगुवाइमा खुलेको सेछ ट्राभलिङले नेपालका हलेसी, पाथिभरा, कन्याम, तातोपानी, मुक्तिनाथ, घान्द्रुक जस्ता दर्जनौं स्थानको भ्रमणहरू गराइसकेको छ भने भारतका सिक्किम, दार्जिलिङ, दिल्ली लगायतका विभिन्न गन्तव्यहरूको पनि भ्रमण गराइसकेको छ । नेपाल र भारतबाहेक बंगलादेशसम्मको यात्रा गराउने सेछ ट्राभलिङको सञ्चालनसँगै पूर्वमा व्यावसायिक ट्राभल एजेन्सीको शुभारम्भ समेत भएको छ ।

४. व्यावसायिक माउन्टेन बाइकिङको शुभारम्भ

२०७१ सालदेखि धरानबाट पूर्वमा व्यावसायिक साइक्लिङ माउन्टेन बाइकिङको शुभारम्भ भएको छ । माउन्टेन बाइकिङको लागी धरानदेखि भेडेटार, धनकुटा, हिले, बसन्तपुर हुँदै गुफापोखरीसम्मको कोशी क्षेत्रको रुट तय भएको छ ।

यसैगरी इस्टर्न सर्किट भनेर धरानबाट धनकुटा, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ हुँदै सुनसरीको धरानमै आउने रुटमा विश्व साइकलयात्री पुष्कर शाहसमेत सहभागी भइसकेका यसका अभियन्ता कृष्ण केसी बताउँछन् । टस्क माउन्टेक बाइक स्टोर्सका सञ्चालक समेत रहेका केसीले पूर्वका रुटहरू गाइड मात्रै गरेको दैनिक पाँचसय तथा खाना तथा बसोबास समेतका लागि एक हजार रकम लिने बताउँछन् । साइक्लिङ धरान नाम रहेको उक्त माउन्टेन बाइकिङ समूहको संरक्षक विश्व साइकल यात्री पुष्कर शाह रहेका छन् ।

५. जंगल सफारीको प्रारम्भ

जंगल सफारी भन्नेबित्तिकै चितवन र बारा भन्ने आम बुझाइको अन्त्य गर्दै धरानका चर्चित पर्यटन व्यवसायी वासुदेव बरालले सुनसरीमै जंगल सफारीको प्रारम्भ गरेका छन् । धरानबाट तल्लो पानमारा, बांगे, प्रकाशपुर हुँदै अर्नाको लागि प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्षसम्मको एकदिने यात्रासहितकोे जंगल सफारीको शुरूवात यही सालको मंसिरबाट भएको हो ।
धरानमा ब्रेकफास्ट गरेर, कोशी टप्पु पुगेर लन्च गर्दै चौधरी गाउँ घुम्दै ग्रामीण यात्रा गर्ने, हात्ती चढ्ने, बोटिङ गर्ने, कोशी किनारमा सामुद्रिक तटको मजा लिने अनि कोशी टप्पु आरक्ष क्षेत्रमा पाइने अर्ना र डल्फिन अवलोकन गर्दै नास्ता गरेर चारकोशी झाडी हुँदै धरान आउने जंगल सफारीको दाम पच्चीस सय रुपैयाँ रहेको छ । विश्वमा धेरै विकसित मानिने वाइल्डलाइफ पर्यटनको प्रवर्द्धनको लागि शुरू गरिएको जंगल सफारीमा पुस, माघ र फागुनमा मात्रै नौ समूहले यात्रा गरेको सञ्चालक बराल बताउँछन् ।

६. पर्यटन विषयको औपचारिक पढाइको शुरूवात

पर्यटन क्षेत्रलाई अत्यावश्यक पूर्वाधार र प्रचार पछिको जनशक्ति निर्माणको लागि समेत पूर्वमा विगत केही बर्षयता पर्यटन विषयमा पढाइ समेत शुरू भएको छ । २०७२ सालको असारबाट सीबी कलेजका सञ्चालक सागर भट्टराईको सक्रियतामा ट्राभल एण्ड टुरिजमको औपचारिक पढाइ इटहरीबाटै शुरू भएको छ ।

इटहरीमा पर्यटनबारेमा पढाउने पहिलो कलेज सीबी कलेजबाहेक धरानका तीनवटा कलेजले पर्यटनको पढाइ गराउँछन् । धरान उच्च मावि, समिट उच्च मावि र धरान आदर्श कलेजले विगत तीन वर्षदेखि धरानमा पर्यटक विषयको प्लस टु लेभलका कक्षाहरू सञ्चालन गरेका छन् । स्नातकको पर्यटन वियषक पढाइ भने विगतदेखि नै विराटनगरको सास्तम कलेजमा भइरहेको छ । सास्तम कलेजमा पूर्वाञ्चल विश्वविद्यालयले पर्यटन विषयक पढाइका लागि सम्बन्धन प्रदान गरेको छ ।

७. होटल स्कूलको सञ्चालन

२०७१ सालको माघबाट इटहरीमा प्रिमियर होटल स्कूलको शुरूवात भयो । यससँगै २०७२ सालबाट काठमाडौंमा रहेको स्किल क्याम्पसले समेत इटहरीबाटै आफ्नो होटल म्यानेजमेन्टका कक्षाहरू शुरू ग–यो ।

स्कटिस तथा अमेरिकन संस्थाहरूबाट समेत आधिकारिकता पाएको पृथ्वीराज पराजुलीको स्किल क्याम्पसले नेपालको सीटीईभीटीबाट समेत सम्बन्धन लिएको छ । सीटीईभीटीबाट सम्बन्धन लिएको प्रिमियर होटल स्कूलले सञ्चालन गर्ने कोर्सले छ महिना नेपाल र छ महिना विदेशमा अध्ययनको अवसर दिने सञ्चालक सुनिल भुसाल बताउँछन् । हाल स्किल क्याम्पसको एडभान्स्ड डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र छोटो अवधिका गरी दुईखाले कक्षाहरू पढ्ने ६५ विद्यार्थीहरू छन् भने प्रिमियर होटल स्कूलमा पढ्ने ८० जना विद्यार्थीहरूमध्ये आधा विद्यार्थी अघिल्लो चरणको पढाइ सकेर विभिन्न देशका होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा काममा व्यस्त भएको भुसाल बताउँछन् । इटहरीबाहेक धरान, विराटनगर र दमकमा पनि केही कलेजहरूले होटल म्यानेजमेन्टको पढाइ सञ्चालन गरिरहेका छन् ।

८. होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा होमस्टेमा व्यापक विकास

होटल व्यवसायी संघमा आबद्धहरूको संख्या हेर्ने हो भने पूर्वमा सानाठूला गरेर पाँच हजारको संख्यामा होटलहरू रहेका छन् । तर विगत पाँच वर्षयता भने नयाँ र स्तरीय तारे तथा टुरिस्ट क्लास होटलहरूको संख्या बढेको छ । यही अवधिमा विराटनगरको होटल रत्नका सञ्चालक रेवतीबहादुर थापाले १३ करोडको लगानीमा धनकुटाको हिलेमा होराइजन माउन्टेन रिजोर्ट सञ्चालनमा ल्याएका छन् । यही २०६८ सालको श्रावणदेखि मोरङको सुन्दरदुलारीमा राधेश्याम पौडेलले पाँच करोडको लगानीमा गोकुलम रिजोर्ट सञ्चालनमा ल्याएका छन् ।

गोकुलमनजिकै यही २०७३ साल फागुनबाट व्यवसायी रमेश आचार्यले १० करोडभन्दा बढीको लगानीमा गोकर्ण रिसोर्ट सञ्चालनमा ल्याएका छन् । व्यवशायी राधेश्याम पौडेलले त श्रीपुरजब्दीको कोशी कटान क्षेत्रमा नेपालकै पहिलो बीच एण्ड डेजर्ट सफारी रिसोर्ट निर्माणको अन्तिम तयारीमा छन् । पर्यटन व्यवसायीहरूका अनुसार पूर्वको कोशी र मेची पहाडी कोरिडोरमा मात्रै ४० वटा होटल निर्माणको क्रममा रहेका छन् भने पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलालका अनुसार विगत पाँच वर्षमा करीब पाँच अर्ब रकम पूर्वका होटलहरूको पूर्वाधार निर्माणमा खर्च भएको छ । यही समयमा धनकुटाको नाम्जे, इटहरीको खोर्सानेखाप तथा इलाम र पाँचथरका विभिन्न गाँउहरूमा व्यावसायिक होमस्टेको समेत शुरूवात भएको छ ।

९. हेलिराइडको आरम्भ

हेलिकप्टर चढ्न काठमाडांै वा पोखरा जानैपर्ने अवस्था तोडेर पूर्वमा पनि यो सेवाको शुरूवात भएको छ । मकालु हिमाल आरेहणको छ दशक पुगेको अवसरमा ताप्लेजुङमा गत मंसिरमा ल्याइएको हेलिकप्टर चढ्ने सेवा अब मोरङमा पनि शरूरु गरिएपछि पूर्वमा यसले नयाँ आशा जगाएको छ ।
हालसालै विराटनगर र विराटचौकमा भएका दुई भिन्नभिन्न व्यापारिक उत्सवका क्रममा पनि हेलिराइडका सुविधाहरू ल्याइएको थियो । विराटनगर तथा इटहरीबाट पाथिभरा गएर आएको पचास हजार तथा शहरमा हेलिसफारी गरेको साढे सात हजार तोकिएकोमा स्थानीयहरूको व्यापक सहभागिता रहेको थियो ।

यही फागुन २५ र २६ गते इटहरीनजिकको गोकर्ण रिसोर्टले धरान, भेडेटार, कोशीटप्पु र इटहरीको हेलिराइड सुविधा ल्याएको थियो । अस्थायी रूपमा रहेका यस्ता सुविधाहरूलाइ दिगो बनाउन यहाँका पर्यटन व्यवसायीहरू लाग्नुपर्ने स्थानीयहरूको माग छ । ‘इटहरीलाई केन्द्र बनाएर गरिने यस्ता हेलिराइडलाइ माउन्टेन फ्लाइटको रूपमा विकास गर्न सकिन्छ’, इटहरीका युवा नाट्यकर्मी सोनु जयन्ति भन्छन्, ‘अझ सके त विराटनगर एयरपोर्टबाट बंगलादेशी, भुटानी र भारतीय पर्यटकलक्षित प्लेनबाटै माउन्टेन फ्लाइट गर्न सकिन्छ किनभने काठमाडौंभन्दा विराटनगर भारतका पूर्वीय राज्यहरू तथा भुटान तथा बंगलादेशबाट नजिक पर्छ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x