×

NMB BANK
NIC ASIA

बजेटमा निगरानी

फागुनसम्म झण्डै १९ अर्ब रकमान्तर, पहुँचवाला नेताको निर्वाचन क्षेत्रमा योजनाको बाढी !

चैत २८, २०७५

NTC
Premier Steels

काठमाडौं – अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/०७६ फागुनसम्म विभिन्न शीर्षकमा झण्डै १९ अर्ब रुपैयाँ रकमान्तर गर्न स्वीकृति दिएको पाइएको छ ।

Muktinath Bank

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको फागुनसम्म विभिन्न मन्त्रालयलाई फरक–फरक शीर्षकमा १८ अर्ब ७७ करोड ४ लाख ३६ हजार रुपैयाँ रकमान्तर गर्न स्वीकृति दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका अनुसार फागुनसम्म सबैभन्दा बढी रकमान्तर प्रदेशका लागि भएको छ । ‘प्रदेश तथा स्थानीय तह अनुदान’ बजेट शीर्षकबाट ८ अर्ब ५२ करोड ३९ लाख ३५ हजार रुपैयाँ प्रदेशका लागि रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले स्थानीय तहका लागि ‘प्रदेश तथा स्थानीय तह अनुदान’ बजेट शीर्षकमा स्थानीय तहमा ६ अर्ब ३ करोड ४३ लाख ६३ हजार रुपैयाँ रकमान्तरको स्वीकृति दिएको छ ।


Advertisment
Nabil box
Kumari

हुलाकी राजमार्गमा पुल समेत दोस्रो चरणको निर्माण कार्यको लागि भन्दै अर्थ मन्त्रालयले २ अर्ब १५ करोड रुपैयाँ रकमान्तर निकासाको लागि स्वीकृति दिएको छ । अर्थ मन्त्रालयले औद्योगिक पूर्वाधार विकास कार्यक्रमका नाममा विशेष आर्थिक क्षेत्र प्राधिकरणको लागि ४० करोड रुपैयाँ रकमान्तर निकासाका लागि स्वीकृति दिएको छ ।

Vianet communication

‘भौतिक सुविधा’ बजेट शीर्षकबाट शहिद मार्ग निर्माणका लागि अर्थले २० करोड र व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत वीरगञ्ज–पथलैया खण्डको मुआब्जा वितरणका लागि २० करोड रुपैयाँ रकमान्तर निकासाका लागि स्वीकृति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । सोही व्यापारिक मार्ग आयोजना विस्तार अन्तर्गत बेलहिया–बुटवल सडक खण्डका लागि समेत २० करोड रुपैयाँ रकमान्तरको लागि अर्थले स्वीकृति दिएको छ ।

परराष्ट्र मन्त्रालयको लागि सवारीसाधन खरिद गर्ने प्रयोजनका लागि १ करोड ४६ लाख रुपैयाँ रकमान्तर गरिएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ ।

झापामा १० करोड

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाको गृहजिल्ला झापामा १० करोड रुपैयाँ रकमान्तर निकासाका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । झापा जिल्लामा नदी नियन्त्रणका लागि १० करोड रुपैयाँ रकमान्तर गर्न स्वीकृति दिएको छ । 

जिल्लाका कन्काई, विरिङ्ग, रतुवामावा र कमल खोला लगायतका नदीको तटबन्ध निर्माणका लागि १० करोड रुपैयाँ रकमान्तरका लागि स्वीकृति दिइएको अर्थले जनाएको छ । अन्य विभिन्न शीर्षकमा समेत गरेर १८ अर्ब ७७ करोड ४ लाख ३६ हजार रुपैयाँ रकमान्तरका लागि अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ ।

कार्यकर्ता पोस्न ४ करोड !

रकमान्तरमध्ये ४ करोड रुपैयाँ सत्तारुढ दलका कार्यकर्ता पोस्ने गरी निकासा गरिएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्री र मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीको तलबभत्ता तथा अन्य सेवाको नाममा ४ करोड २६ हजार रुपैयाँ रकमान्तरका लागि स्वीकृति दिएको अर्थले जनाएको छ । मन्त्रीको सचिवालयमा पार्टीका कार्यकर्तालाई राखिएको हुन्छ ।

रकमान्तर विवरणअनुसार युवा तथा खेलकुद मन्त्री र मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीको तलब, भत्ता र अन्य सेवा सुविधाका नाममा ३० लाख ६० हजार ८ सय ६७ रुपैयाँ निकासा गरिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र सचिवालयमा कार्यरत कर्मचारीको तलब, भत्ता, सेवासुविधाको नाममा ६६ लाख ७९ हजार ९ सय ८४ रुपैयाँ रकमान्तर निकासाका लागि स्वीकृति दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री र मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीको तलब भत्ताका लागि ४५ लाख ९५ हजार १ सय ७४ रुपैयाँ रकमान्तर गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री र उनको सचिवालयको सुविधाका लागि २४ लाख ९३ हजार ५ सय ५० रुपैयाँ रकमान्तर गरिएको छ ।

खानेपानी मन्त्री र सचिवालयमा कार्यरत कर्मचारीको तलब, भत्ता लगायतको खर्चका लागि ३१ लाख ८ हजार रुपैयाँ रकमान्तर गरिएको अर्थले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २७ लाख २८ हजार रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवालयका कर्मचारीको तलब भत्ता लगायतका लागि अर्थले २२ लाख ५८ हजार र स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सचिवालयका लागि ६३ लाख ५३ हजार ७ सय ४ रुपैयाँ रकमान्तर गरिएको छ ।

वन तथा वातावरण मन्त्री र उनको सचिवालयमा कार्यरत कर्मचारीको नाममा ३१ लाख ५८ हजार ८ सय ६७ रुपैयाँ रकमान्तर गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री र उनको सचिवालयका लागि ३० लाख ५८ हजार रुपैयाँ रकमान्तर निकासाका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ ।

शहरी विकास मन्त्री र उनको सचिवालयमा कार्यरत कर्मचारीको तलब, भत्ता र अन्य सेवासुविधाका लागि २७ लाख ५८ हजार रुपैयाँ रकमान्तर गरिएको अर्थले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x