×

NMB BANK
NIC ASIA

कागजमा 'धर्म निरपेक्षता' लेख्दै जलाउँदै राप्रपा कार्यकर्ता

बैशाख ६, २०७६

NTC
Premier Steels

बुटवल- धर्म निरपेक्षता विरुद्धको आन्दोलनमा रहेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भैरहवामा धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएका छन । राप्रपा रुपन्देहीको पूर्व निर्धारित कार्यक्रम शुक्रवार मिलनचोकमा धर्म निरपेक्षता खारेज गर्न माग गर्दै ब्यानर जलाएर प्रदर्शन गरेका हुन् ।

Muktinath Bank

कार्यक्रममा प्रहरीले ब्यानर जलाउन हस्तक्षेप गरेपछि कार्यकर्ता र प्रहरीबीच केही समय हस्तक्षेप र झडप भएको थियो । प्रहरीले कार्यकर्ताको ब्यानर नियन्त्रणमा लिएपछि नाराबाजी गर्दै कागजमा धर्म निरपेक्षता लेखेर जलाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशव्यापी रूपमा धर्म निरपेक्षताको ब्यानर जलाउने कार्यक्रम अन्तर्गत भैरहवामा प्रहरी हस्तक्षेपले कार्यक्रम बिथोलिएपछि नाराबाजी गर्दै ठाउँठाउँमा कागजमा धर्म निरपेक्षता लेख्दै जलाउँदै पार्टी कार्यालयतर्फ लागेका थिए ।


Advertisment
Nabil box
Kumari

पार्टीले धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको हुनुपर्ने माग राख्दै धर्म सापेक्ष सनातन हिन्दूराष्ट्र  कायम गर्न दबाब दिन कार्यक्रम आयोजना गरिएको रुपन्देही जिल्ला अध्यक्ष सागर राणाले बताए । संविधानमा भएको असहमतिय बुदाँ लिएर आन्दोलनमा उत्रिएको बताउँदै उनले पश्चिमी मुलुक र बाह्य शक्तिको दबाब, प्रभाव तथा आर्थिक प्रलोभनको आधारमा ल्याइएको धर्म निरपेक्षता मान्य नहुने बताए ।

Vianet communication

आफ्नो माग राख्न पाउनु लोकतान्त्रिक अधिकार भएको बताउँदै आफूमाथि गरिएको प्रहरी दमन र हस्तक्षेप अलोकतान्त्रिक भएकोमा राप्रपाले घोर भ्रत्सना गरेको उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने लगायत २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत हिन्दू राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र धर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पहिलो चरणको तेस्रो कार्यक्रम अन्तर्गत आज (शुक्रवार) धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम राखिएको हो । कार्यक्रममा जिल्ला अध्यक्ष सागर राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, केन्द्रीय सदस्य ताहिर अली, गंगाराम जयसवाल, प्रदेश अध्यक्ष शंकर खत्री, प्रदिप उदय लगायतका नेता उपस्थित थिए ।  प्रहरीको हस्तक्षेपबाट राप्रपा जिल्ला अध्यक्ष राणाको बाँया खुट्टाको औंलामा समेत चोट लागेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x