×

NIC ASIA

बजेट व्ययभार

विकासमा होइन, संघीयताको चालू खर्च धान्न एकैवर्ष ८ अर्ब वैदेशिक ऋण !

जेठ २२, २०७६

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – संघीयता कार्यान्वयनसँगै सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकार र स्थानीय सरकार सञ्चालनका लागि करीब ८ अर्ब रुपैयाँ विदेशी ऋण थप्ने भएको छ । 

Muktinath Bank

आगामी आवमा प्रदेश र स्थानीय सरकारका लागि विनियोजन गरेको चालू तर्फको बजेट पूर्तिका लागि करीब ८ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश र स्थानीय सरकार सञ्चालनका लागि संघले आगामी आर्थिक वर्षमा ७ अर्ब ९६ करोड २० लाख रुपैयाँ वैदेशिक ऋण लिने भएको हो । प्रदेश सरकारका लागि १ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ र स्थानीय तहका लागि ६ अर्ब १६ करोड ६६ लाख रुपैयाँ गरी ७ अर्ब ९६ करोड २० लाख रुपैयाँ वैदेशिक ऋण लिने अर्थ मन्त्रालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रदेश सरकार र स्थानीय सरकारको चालूतर्फको बजेट मात्रै ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ रहने आगामी आवको व्यय विवरणमा उल्लेख गरेको छ ।

Vianet communication

वैदेशिक ऋणबाहेक सरकारले वैदेशिक अनुदान र सरकारी आम्दानीबाट प्रदेश र स्थानीय सरकारको चालूतर्फको बजेट पूर्ति गरिने जनाएको छ ।

आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय सरकारका लागि वैदेशिक अनुदान मात्रै ७ अर्ब ९४ करोड ८२ लाख रुपैयाँ रहने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रदेशका लागि चालू तर्फको बजेटमा २ अर्ब ३४  करोड ५७ लाख वैदेशिक अनुदान र स्थानीय तहका लागि चालू तर्फको बजेटमा मात्रै ५ अर्ब ६० करोड २५ लाख रुपैयाँ वैदेशिक अनुदान हुने अर्थले जनाएको छ ।
विदेशी ऋण लिएर उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुपर्ने अर्थविद्हरू बताउँछन् । अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बाह्य ऋण र अनुदान मुलुकको विकासका लागि राम्रो पक्ष भएपनि त्यसको सदुपयोग हुनुपर्ने बताए । ‘बाह्य सहयोग लिन सक्ने कानूनी व्यवस्था छ । महत्त्वपूर्ण कुरा बाह्य सहयोग उत्पादन क्षेत्रमा लगानी हुनुपर्‍यो,’ क्षेत्रीले लोकान्तरसँग भने, ‘चालूतर्फ अनुदानमा आएको रकम खर्चमा कलिकति मितव्ययीता अपनाइँदैन कि भन्ने हुन्छ । सित्तैमा आएको हो भनेर खर्चमा खुकुलोपन राख्ने कुरा आउँछ । त्यसो गर्नु हुँदैन ।’

स्रोत कुनै पनि नराम्रो नहुने र हरेक पैसाले केही न केही नतिजा दिन सक्छ भन्ने मानसिकताका साथ खर्च गरिनुपर्ने क्षेत्रीको भनाई थियो । ‘अनुदान हो, तिर्नु नपर्ने भनेर बाँड्न थालेमा त्यसले बानी पनि बिगार्छ र प्रतिफल पनि राम्रो आउँदैन,’ उनले भने ।

सरकारले प्रदेश र स्थानीय सरकार सञ्चालनका लागि अन्य स्रोतका रुपमा सरकारको आम्दानीलाई लिएको छ । प्रदेश सरकारका लागि चालूतर्फ विनियोजित बजेटमध्ये ९५ अर्ब ७० करोड ३३ लाख रुपैयाँ नेपाल सरकारको आम्दानीबाट परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ । स्थानीय तहका लागि नेपाल सरकारको आम्दानीबाट २ खर्ब २ अर्ब ५ करोड २० लाख रुपैयाँ परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रदेश र स्थानीय तहमा चालूतर्फ विनियोजित कुल ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख बजेटमध्ये प्रदेशका लागि ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानीय तहका लागि २ खर्ब १३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x