मंसिर ९, २०८०
संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसा...
काठमाडौं– प्रहरीले बानेश्वर क्षेत्रमा कुल ३७ लाख ३५ हजार रुपैयाँको लागतमा ५७ वटा सीसीटीभी जडान गरेको छ ।
सोमवार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सीसीटीभी जडान गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।
कार्यक्रममा बोल्दै सीसीटीभी जडानले आपराधिक गतिविधि नियन्त्रणमा ठूलो सहयोग पुग्ने महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बताए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ एवं सुरक्षित नागरिक समाजको सहकार्यमा काठमाडौं महानगरपालिका–३२ सुविधानगरस्थित विभिन्न स्थानमा जडान गरिएका सीसीटीभी क्यामराको महान्यायाधिवक्ता खरेलले उद्घाटन गरे । कार्यक्रममा उनले सीसीटीभी क्यामेराको साँचो प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईलाई हस्तान्तरण समेत गरेका थिए ।
अपराध र अपराधीहरू हाम्रै वरिपरि रहने हुनाले प्रहरीलाई अपराधको अनुसन्धान गर्ने क्रममा समुदायको सहयोगी भूमिका हुन जरुरी रहेको उनले बताए । 'कतिपय अपराधको अनुसन्धानमा अपराधी पत्ता लाग्न समय लागे पनि अधिकांश घटनाका अपराधी पत्ता लागी कानूनी दायरामा आएको समेत आएका छन्,’ उनले भने ।
प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले नेपाल प्रहरीले अंगीकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम विगतमा गरिएका कार्यक्रमहरूको अनुभवलाई माझेर परिष्कृत रूपमा आएको हुनाले यसले निरन्तरता पाउने चर्चा गर्दै यस्ता कार्यक्रममा सम्पूर्ण समुदायको पूर्ण विश्वास र सहयोग प्राप्त हुने अपेक्षा राखे ।
निष्पक्ष न्याय सम्पादनको निम्ति सीसीटीभी क्यामेराको उल्लेखनीय महत्त्व रहेको बताउँदै प्रहरी नायव महानिरिक्षक क्षेत्रीले यसमार्फत २०७५ सालमा १६ हजारभन्दा बढी ट्राफिक नियम उल्लंघनमा संलग्नलाई कारवाही गरिएको, ९३ मुद्दामा हिट एण्ड रनमा नम्बर नखुलेका सवारी साधनहरु पछि पहिचान भएका तथा ४६ लुटपाटको घटनामा संलग्नहरूलाई पक्राउ गर्न सफल भएको बताए ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले कार्यक्रम सम्बन्धी जानकारी दिँदै उक्त क्षेत्रमा कूल ३७ लाख ३५ हजार रुपैयाँको लागतमा हाल ५७ वटा सीसीटीभी जडान गरिएको र १७ वटा जडान गर्ने क्रममा रहेको जानकारी दिए ।
संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसा...
बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...
खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च...
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यक...
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...
सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई अदालतको स...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...