धोनीले दिएनन् संन्यासको टुंगो, वेस्ट इन्डीज भ्रमणमा शायद जाँदैनन्

काठमाडौं – भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय खेलिरहन्छन् कि संन्यास लिन्छन् भनी टुंगो लाग्न सकेको छैन । 

विश्वकपबाट भारत बाहिरिइसकेको छ र खेलाडीहरू घर फर्किने तयारी गरिरहेका छन् । क्रिकेट अधिकारीहरू धोनीको घोषणाको प्रतीक्षा गरिरहेका छन् । 


Advertisement

भारतले अब वेस्ट इन्डीजको भ्रमण गर्दैछ । सेलेक्सन कमिटीको बैठक पाँच दिनपछि मुम्बईमा बस्दैछ । यस बैठकमा वेस्ट इन्डीजविरुद्ध हुने तीनवटा टी२०, तीनवटा एकदिवसीय र दुईवटा टेस्ट म्याचका लागि टमि छनोट गरिनेछ । 

धोनीसँगै दिनेश कार्तिक र ऋषभ पन्त पनि विश्वकपमा खेलेका थिए । उनीहरू कसैको पनि भविष्यको कुनै टुंगो लगाइएको छैन । 


Advertisement

कप्तान विराट कोहली लगायत प्रमुख खेलाडीहरूलाई वेस्ट इन्डीज विरुद्धको एकदिवसीय र टी२० मा नखेलाएर आराम दिन सकिन्छ । यसो हो भने विराट एन्गिा र जमैकामा हुने टेस्ट खेल्न मात्र वेस्ट इन्डीज जानेछन् । रोहित शर्माले एकदिवसीय र टी२० को कप्तानी गर्नेछन् । 

सूत्रहरूका अनुसार, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शमीलाई पनि आराम दिन सकिन्छ । यी खेलाडीहरूले लगातार क्रिकेट खेलिरहेका छन् ।

धोनीले चाहिँ आगामी वर्ष हुने टी२० विश्वकपसम्म टीम इन्डियाका लागि खेल्ने हुन् कि भन्ने आशा पनि गरिएको छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्