×

NMB BANK
NIC ASIA

तोकिएको समयमा निर्माण हुन नसकेपछि गौतमबुद्ध विमानस्थलको म्याद ६ महिना थप

असार २९, २०७६

NTC
Premier Steels

बुटवल - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि ६ महिना थप गरिएको छ । अहिलेसम्म गरेर आयोजनाको अवधि तेस्रो पटक थपिएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । 

Muktinath Bank

तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका अनुसार विमानस्थलको निर्माण अवधि डिसेम्बर २०१९ का लागि थपिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२८ जुन २०१९ सम्म सक्ने लक्ष्य लिएको आयोजनाले यसअघि डिसेम्बर २०१७ मा सक्नुपर्ने हो । सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्नेगरी शुरू गरिएको विमानस्थलमा २०७२ को भूकम्प र मधेश आन्दोलनको अवरोधले सन् २०१८ को जुन सम्ममा सम्पन्न गर्नेगरी म्याद थप गरिएको थियो । त्यसपछि बढाएर २८ जुन २०१९ मा सक्ने लक्ष्य लिएपनि केही काम बाँकी रहेपछि तेस्रो पटक समय थप भएको छ ।


Advertisment
Nabil box
Kumari

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल दुई चरणमा बनिरहेको छ । आइसिपी १ र आइसिपी २ गरि निर्माण भएको विमानस्थलको केही काम बाँकी रहेका कारण म्याद थप भएको अधिकारीले बताए ।  आइसिपी १ अन्तर्गत धावनमार्ग, टेक्सी वे, टर्मिनल बिलडिङ लगायत संरचना निर्माण रहेको छ । आइसिपी २ अन्तर्गत हवाइजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्रविधि निर्माण भइरहेको छ ।

Vianet communication

अहिले आइसिपी २ को कामको अवधी ६ महिना बाँकी रहे पनि आइसिपी १ को म्याद सकिएकोले निर्माण अवधी थपिएको हो । आइसिपी २ निर्माण नसकिएसम्म विमानस्थल शुरु नहुने हुनाले अहिले अवधी थपिएको हो अधिकारीले भने । समग्र रुपमा हेर्ने हो भने विमानस्थल संचालनमा यसले फरक पार्दैन योजना प्रमुख अधिकारीले भने ।

विमानस्थलको निर्माण कार्य ७४ प्रतिशत सकिएको उनले बताए । धावनमार्ग निर्माण केही समय अघि सकिएको विमानस्थलमा अहिले टर्मिनल भवनमा छाना हाल्ने काम चलिरहेको छ ।  अब केही समयमै टर्मिनल भवन लगायत संरचनामा उपकरण जडानको काम शुरु हुनेछ जसका लागी पुर्वाधार निर्माण हुदैछ ।

उपकरण जडानको लागी युरोप र अमेरिका बाट उपकरण ल्याउनुपर्ने हुदा भंसार बाट आयात र ढुवानीको सहजतामा सरकारले ध्यान दिनु पर्ने बताए । उपकरण समयमै नआए निर्माणमा समस्या सिर्जना हुन सक्ने अधिकारीले भने ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल  निर्माणकार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ । (३१ डिसेम्बर २०१४ ) का दिन तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए ।  एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल  निर्माणकार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्नु पर्ने गरी सहमती भएको हो  ।

नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैया“मा  सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलको बिकल्पका रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल छिटो निमार्ण कार्य सम्पन्न गर्न भैरहवा बासीले माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x