×

NMB BANK
NIC ASIA

प्रदेशको पञ्चवर्षीय आवधिक योजना, कृषि, उद्योग र पर्यटनलाई प्राथामिकता

असार ३१, २०७६

NTC
Premier Steels

बुटवल- प्रदेश योजना आयोगले कृषि, उद्योग र पर्यटनलाई प्राथामिकतामा राखेर प्रदेश ५ को प्रथम आवधिक योजना सार्वजनिक गरेको छ ।

Muktinath Bank

पञ्चवर्षीय आवधिक योजनाको मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बुटवलमा सार्वजनिक गरे । योजना आयोगका उपाध्यक्ष डा दशमलव  इश्वर गौतमले कृषि, उद्योग, पर्यटनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी प्रदेशको आर्थिक वृद्धिदर बढाउने आवधिक योजनाको मुख्य लक्ष्य रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'समृद्ध प्रदेश खुसी जनता'को दीर्घकालीन सोचका साथ प्रदेश विकासको यात्रा शुरू गरेको सरकारले समृद्ध अर्थतन्त्र रोजगारमुखी जीवन निर्वाह प्रणाली, स्वच्छ र सुरक्षित वातावरणमा आधारभूत भौतिक सुविधा उपलब्धताको अपेक्षा गरेको छ ।


Advertisment
Nabil box
Kumari

आवधिक योजनाका आधारहरु ६ वटा रहेका छन् । त्यस्तै आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विस्तार, गुणस्तरीय शिक्षा, स्वास्थ्य विस्तार गरी मानवीय पूँजी निर्माण, सामाजिक समावेशिता र लैंगिक समता प्रवर्द्धन, प्रभावकारी विपद् व्यवस्थापन, जलवायु परिर्वतन अनुकूलनको विकास र विधिको शासन कायम गर्दै सुशासनको प्रत्याभूति गर्ने आवधिक योजनाका रणनीतिक लक्ष्य रहेका छन् ।

Vianet communication

संविधान, दिगो विकास लक्ष्य, दीर्घकालीन सोच, सहितको पन्ध्रौ राष्ट्रिय  आवधिक योजना, प्रदेश सरकारको नीति तथा कार्यक्रम, प्रदेशको आर्थिक सामजिक वस्तुस्थिति र राजनीतिक दल र जनप्रतिनिधिहरुको सुझाव समावेश गरी आवधिक योजना आएको हो ।

आवधिक योजनमा प्रदेशको कृषि क्षेत्र ६ दशमलव ३, सेवा क्षेत्र ९ दशमलव ७, उद्योग १४ दशमलव ७ गरी औषत आर्थिक वृद्धिदर ९ दशमलव ५ प्रतिशत प्रक्षेपण गरिएको छ । त्यस्तै प्रदेशमा २ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ ५ वर्षमा खर्च हुने गौतमले बताए ।

यी मध्ये चालूतर्फ १ अर्ब १२ खर्ब ३१ करोड र पूँजीगत खर्च १ खर्ब ४७ अर्ब ४० करोड र वित्तीय लगानी १२ अर्ब ५५ करोड हुने अनुमान छ ।

यस अवधिमा वैदेशिक अनुदान ८ अर्ब १५ करोड, र बाँकी २२ अर्ब ८७ करोड घाटा ५ अर्ब १५ करोड वैदेशिक ऋण र १६ अर्ब ७२ करोड आन्तरिक ऋणबाट पूर्ति गर्ने अनुमान योजना आयोगको छ ।

यस अवधिमा भौतिक पूर्वाधार, कृषि, उद्योग, पर्यटन क्षेत्रलाई समेटने गरी बढी १० वटा प्रदेशकि गौरवका आयोजना छनौट गरी कार्यान्वन गर्ने, भू उपयोग नीति तथा प्रचलित ऐन बमोजिम भूमिको वर्गिकरण गरी कृषि उद्योग र आवाश क्षेत्रलाई छुटटाई भूमि व्यवस्थापन गर्ने लक्ष्य छ । पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिर्क दुई हजार अमेरिकी डलर पुर्‍याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा लगानी सम्मेलन गरी पञ्च वर्षिय योजनाको लक्ष्य पूरा गर्ने आफूहरूले लक्ष्य लिइएको बताए । उनले आन्तरिकसँगै बाह्य लगानी भित्राएर प्रदेशलाई समृद्धिको दिशामा लैजाने बताए । आफूहरुले यस अवधिमा लक्ष्यभन्दा बढी काम गरेको भन्दै आउदा वर्षहरुमा पनि त्यसलाई निरन्तरता दिइने बताए । मुख्यमन्त्री पोखरेलले कृषि, उद्योग र पर्यटनबाट प्रदेशले ठूलो अपेक्षा गरेको बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x