माघ १७, २०८०
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
काठमाडौं- सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुरस्थित बाढी प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहतस्वरूप वितरण गरेको छ ।
सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २६० घरधनीलाई प्रतिघर २५ केजी चामल, १.५ केजी दाल, १ केजी नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामाग्रीहरू राहतस्वरूप वितरण गरेको छ । साथै उक्त नगरपालिका वडा नं ७ का ५० घरधनीलाई सोही बमोजिमको राहत सामाग्रीहरू वितरण गरेको छ ।
उक्त राहत सामाग्रीहरू स्थानीय निकायका जनप्रतिनिधिहरू, राजनीतिक व्यक्तित्वहरू साथै सिप्रदीसँग आबद्ध व्यवसायीहरूको उपस्थितिमा वितरण गरिएको हो । यस वर्षको मनसूनी वर्षाको कारणले सप्तकोशी नगरपालिका स्थित त्रियुगा नदी आसपास बसोबास गरिरहेका परिवारहरू धेरै नै प्रभावित भएका छन् ।
गत जुलाई ११, २०१९ देखि शुरू भएको अविरल वर्षाका कारणले विशेषगरी दक्षिणपूर्वी जिल्लाहरू र त्यहाँका महानगरपालिका तथा नगरपालिका लगायतका बस्तीहरू प्रभावित भएका छन् । साथै देशैभरी बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम बढिरहेको छ । मनसुनका कारण देशैभरीका ३१ भन्दा धेरै जिल्लाहरू प्रभावित भएका छन् ।
जसका कारण ११,८३९ भन्दा धेरै घरबार विहीन भएका छन् भने ९० भन्दा धेरैले ज्यान गुमाएको पुष्टि भइसकेको छ ।
सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो । यस संस्थाले योग्य तर आर्थिक रूपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ ।
संस्थाले वृद्ध नागरिक, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई हरतरहबाट सेवा पुर्याउने निष्ठा राखेको छ । यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालीन उद्धार, सहयोग तथा पुन:स्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...