नेकपा यात्रा : दलाल पूँजीवाद कि समृद्ध समाजवाद ?

विपिन आचार्य
विपिन आचार्य

ने क पाको युवा संगठनमा आवद्ध आचार्य समसामयिक विषयमा लेख्छन् ।

पूँजीवादमा आधारित शासन व्यवस्था अहिले लगभग विश्वव्यापी जस्तै हुँदैछ । पूँजीवादी शासन र शासकका पनि विभिन्न प्रकार छन् । नेपालको शासन व्यवस्थामा तथा राजनीतिक दलहरूमा यसको स्वभाविक प्रभाव छ । वर्तमान समयमा राजनीतिक दलहरूको मुख्य चुनौती दलाल पूँजीवादको उपस्थित भएको छ । परिणाम स्वरूप आजको राष्ट्रको ढुकुटीमा हुनुपर्ने रकम व्यक्तिको स्वामित्वमा छ ।

अहिले संघर्ष नगरी कमाइएको पूँजी बैंक तथा सहकारीमा सञ्चित रहेको अवस्थामा छ । पूँजी चलायमान नहुँदा राष्ट्र गरीब, सीमित व्यक्ति धनी बन्ने स्थिति छ । अहिले पनि पर्ननिर्भरता बढ्दो क्रममा छ । यसैलाई मध्यनजर राख्दै बजेट अर्थात् अर्थनीति, आयात र निर्यातको सन्तुलनकारी भूमिका निर्वाह गर्ने साथै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन जरूरी छ ।


Advertisement

आज विश्वभरि नै कम्युनिष्ट पार्टीहरूलाई भुमण्डलीकृत पूँजीवादले आक्रान्त बनाइरहेको छ । यस्तो प्रतिकूल अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले झन्डै दुई तिहाइ नजिकको मत प्राप्त गरेको छ । संसदीय राजनीतिक व्यवस्थामा यो मत धेरै ठूलो उपलब्धी हो । नेकपा नेतृत्व सरकारले जनमतबाट प्राप्त उपलब्धीलाई श्रमजीवी जनताको पक्षमा दृढतापूर्वक कार्य गर्न अत्यन्त ठूलो अवसर प्राप्त गरेको छ ।


Advertisement

परन्तु, नेकपा सामु चुनौती धेरै छन् । कम्युनिष्ट पार्टी पनि हुने निरन्तर संसदीय चुनाव लड्ने नछाड्ने । न्यूनतमदेखि अधिकतम उद्देश्य चुनावदेखि चुनाव लड्ने मात्र भएपछि कम्युनिष्टको बर्को कति ओड्ने हो कमरेडहरू ! शान्तिपूर्ण क्रान्ति भन्दैमा बुर्जुवा व्यवस्थालाई दिगोपन दिन सिर्जना गरेका संस्कारलाई जीवन व्यहारमा लागू गर्दा मार्क्सवादको सिर्जनात्मक प्रयोग हुँदैन । संसदीय चुनावलाई साधन नभइ साध्य कै रूपमा अंगीकार गरेका नेताहरूलाई यतिबेला पद, प्रतिष्ठा र सम्मान चाहिएको छ ।

आज दलाल पूँजीवादका मतियारसँग सुमधुर सम्बन्ध विस्तार गरेका अगुवाहरू राजनीतिक वृतमा सदावाहर चर्चा बटुल्न अहोरात्र खटिरहेका छन् । कुन शक्तिको आडमा खटेका छन् ? यसको प्रत्यक्ष लाभ कुन शक्तिले प्राप्त गरिरहेको छ ? कुरा प्रष्ट छ, राज्यलाई आँखा नदेख्ने बनाएर वा प्रयोग गरेर अदृश्य कार्य मार्फत अकुत द्रव्य आर्जन गरेका दलाल नै ती राजनीति अगुवाहरूका कमिसार हुन् । यसलाई अर्को अर्थमा ‘क्रोनीक्यापाटिलिजम’ पनि भन्छन् ।

कुण्ठा व्यक्त गर्ने आफूसँग सम्बन्धित समितिको बैठकमा हो । दुरगामी दृष्टिकोण छ भने नेताहरूले बुझ्नुपर्छ, बाह्य जगतमा कुण्ठालाई प्रयोग गरेर नेकपालाई कमजोर बनाउने प्रयास हुँदैछ । यसर्थ नेकपा नेताहरूले हेक्का राख्नुपर्छ, एकाङ्की चिन्तनले कोही कहीपनि पुगिँदैन । मार्क्सवाद सम्बद्ध विधि पनि होइन । 

अब कम्युनिष्ट पार्टीका नेताहरूले द्वन्द्वात्मक भौतिकवादी भएर सोच्नु टड्कारो आवश्यकता भइसकेको छ । कुरा समाजवादका गर्ने अनि कार्यशैली पूँजीवादी अपनाएपछि लक्ष्य धर्मराउँछ ।

सामन्तवाद मुलुकमा कायम रहेको अवस्थामा सिर्जित विचारलाई आधार मान्दै संसदीय व्यवस्थाको कडा पक्षपाती हुँदै कम्युनिष्ट पार्टीमा पनि त्यही च्यापटर क्लोज विषयलाई अवलम्बन गर्ने भन्नु समाजवादको यात्रामा समस्या खडा गर्नु हो । कुनैपनि विचारले मुर्तता नपाउँदै त्यसको वैचारिकतामाथि प्रश्न उठ्छ भने त्यसबाट आगामी भविष्यको निर्धारण गर्न सकिँदैन ।

कम्युनिष्ट पार्टीमा हुनुपर्ने न्यूनतम मान्यता भनेको आलोचना र आत्मालोचना गर्न सक्नु हो । आफ्नो जिम्मेवारीको जवाफदेही आफैं हुनुपर्छ । जनवादी केन्द्रियता मर्मलाई आत्मसाथ गर्नुपर्छ । संगठन सोपान क्रममा चल्नुपर्छ । तर जीवन व्यवहारमा त्यस्तो त्यस्तो नहुनु विरोधाभाषपूर्ण अवस्था हो ।

यस्तो नीतिले क्रान्तिकारी बनाउने भन्दा सारसंग्रवादी बाटोतर्फ उन्मुख गराउँछ, अराजकता मौलाउँछ । तसर्थ अब कम्युनिष्ट पार्टीका नेताहरूले द्वन्द्वात्मक भौतिकवादी भएर सोच्नु टड्कारो आवश्यकता भइसकेको छ । कुरा समाजवादका गर्ने अनि कार्यशैली पूँजीवादी अपनाएपछि लक्ष्य धर्मराउँछ । समाजवादलाई दिगो बनाउन नेताहरूको जीवनशैलीमा निर्भर हुन्छ ।

लेनिनले स्थापना गर्नुभएको समाजवादी सत्तालाई सन् १९९१ डिसेम्बर २५ मा मिखाइल गोर्वाचोवले सोभियत संघ रूसमा संशोधनवादी दुई नीति ग्यासनोस्तु र पेईस्त्रोईका अपनाएपछि विश्वभरी समाजवाद व्यवस्था संकटमा पर्न गयो । त्यसपछि पूँजीवाद सशक्त रूपमा विश्वमा फैलिएको छ । पैसा बिना दुनियाँमा बाँच्ने कल्पना करीब  (करीब पूँजीवादले सकिदिएको छ । यस कारण बिडम्बना भन्नुपर्छ आगामी पुस्ताले असमानता आधारित संस्कारको शिकार हुनेवाला छ ।

पूँजीवाद मौलाउँदा नेपाली समाजमा धनी र गरीबबीचको असमानताको दुरी अझ धेरै बढ्दै छ । विकृत पूँजीवादमा आफ्नो भविष्य खोज्नु व्यर्थ हो । यी विश्व परिवेशमा देखिएका तमाम विषय समाजवादी व्यवस्थालाई पुन: स्थापित गर्न आजका कम्युनिष्टहरूले पूँजीवादसँग संघर्ष गर्न सशक्त पार्टी बनाउन सक्नुपर्छ । त्यस्तो किसिमको कम्युनिष्ट पार्टीले मात्र विस्तारवाद र साम्राज्यवादलाई चुनौती दिन सक्छ । यसैकारण नेपाल लगायत विश्वभरिका कम्युनिष्टहरूले वैज्ञानिक समाजवादलाई केन्द्र राख्दै सशक्त पार्टी निर्माण कार्यलाई तीव्र गतिमा अगाडी बढाउनु अहिलेको आवश्यकता हो ।

मुलुकका सरकारी उद्योग कलकारखाना बन्द भएका छन् । कतिपय प्राय: जीर्ण अवस्थामा छन् । वर्तमान समयमा यो मुलुकका प्रत्येक घरपिच्छे एकजना दक्ष युवा शक्ति रोजगारीको शिलशिलामा विदेशिएका छन् । यतिबेला वैदेशिक रोजगारीका कारण गाउँमा मलामी जाने युवा छैनन् । सरकारले रेल, पानीजहाज सञ्चालन गर्ने कुरा गरिरहेको छ ।

उक्त पानीजहाजमा गरीबीका कारण अरबका खाडीमा मजदुरी गर्ने युवाहरूको रोजगारीको पहुँच पुग्छ कि पुग्दैन ? सस्तोमा श्रम बेच्न खाडी पुगेका युवाको जीवन स्तरमा त्यो पानीजहाजले के परिवर्तन ल्याउँछ ? यहिँबाट नेपाल कम्युनिष्ट पार्टीको समाजवादप्रतिको प्रतिवद्धता र गन्तव्यपूर्ण यात्राको निर्धारण हुन्छ ।

कमेन्ट गर्नुहोस्