माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
धनगढी– कैलालीको चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाबीच बालुवा खोला र काली खोलाको स्रोतमा विवाद देखिएको छ। चुरेले दुवै खोलाको ठेक्का लगाएको थियो। गौरीगंगाले त्यसविरुद्ध राष्ट्रपति चुरे संरक्षण समितिमा उजुरी दिएको छ। दुवैले खोलाबाट प्राप्त हुने स्रोतमा दाबी गरेका छन्।
‘गौरीगंगाले उजुरी दिएपछि चुरे संरक्षण समितिले उत्खनन् रोक लगाएको छ’, चुरेका अध्यक्ष धनबहादुर रोक्का मगरले भने, ‘हाम्रो सिमानाभित्रका अन्य नदीजन्य पदार्थ उत्खननमा पनि रोक लगाउने कार्य हुन थालेको छ।’
गौरीगंगाका मेयर भीमबहादुर देउवाले भने चुरेले ठेक्का लगाएको क्षेत्र आफ्नो तहअन्तर्गत पर्ने बताए। ‘गौरीगंगाको सिमाना पर्ने स्थानबाट जबर्जस्ती नदीजन्य पदार्थ उत्खनन् गर्न थालेपछि त्यसो नगर्न आग्रह गरेका हौं’, उनले भने।
मोहन्याल गाउँपालिकाले चुरे भएर बग्ने खोलानालामा आफ्नो अग्राधिकार भएको दाबी गरेको छ। मोहन्यालसँगै जोडिएका लम्कीचुहा, घोडाघोडी र गौरीगंगा नगरपालिकाका तथा बर्दगोरिया गाउँपालिकाबीच पनि चुरे क्षेत्र भएर बग्ने नदीको स्रोतमा विवाद भइरहेको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।
कैलालीका दुई गाउँपालिका चुरे र मोहन्याल चुरेमा पर्छन्। मोहन्यालका अध्यक्ष नवलसिंह रावलले चुरे क्षेत्रमा पर्ने सबै खोलानालामा आफ्नो तहको अग्राधिकार रहने बताए।
लम्की चुहा, घोडाघोडी नगरपालिका तथा बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि भने ती खोलानाला आफ्नो भूभागमा पर्ने बताउँछन्। ठेक्का लगाउन पाउनुपर्ने दाबी यी तहका जनप्रतिनिधिले गर्दै आएका छन्। जानकी गाउँपालिका र लम्कीचुहाबीच कर्णाली नदी र गोराङ्गे खोलाको स्रोतमा विवाद देखिएको जिसस संयोजक सूर्यबहादुर थापाले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...