×

NMB BANK
NIC ASIA

कांग्रेसमा अन्तरिम संरचना गठन गर्न २० बुँदे निर्देशिका

साउन २७, २०७६

NTC
Premier Steels

काठमाडौं – नेपाली कांग्रेसले १३ औं महाधिवेशनका क्रममा बनेका संगठनका स्थानीय संरचनाहरू रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम पार्टीको अन्तरिम संरचनाका लागि २० बुँदे कार्यविधि तयार गरेको छ ।

Muktinath Bank

आइतवार जारी पार्टीको केन्द्रीय बैठकमा आएका केही सुझावससहित सर्वसम्मत पारित निर्देशिकाअनुसार आगामी भदौ २० गतेसम्म प्रदेशस्तरीय संरचना तयार गरी कात्तिक मसान्तसम्म स्थानिय तहको संरचना बनाइने सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशिकामा केन्द्रिय प्रतिनिधिको सट्टा निर्वाचन समितिका प्रतिनिधि जाने, स्थानिय संरचनालाई रुपान्तरण गर्न गठित विभिन्न समितिहरूमा जिल्ला सभापतिसहित सभापतिका निकटतम प्रतिद्वन्द्वीको उपस्थित रहनुपर्ने लगायतका सुझावहरू राख्नुपर्ने भएकाले कांग्रेसले २० बुँदे निर्देशिका सार्वजनिक गरेको छैन ।


Advertisment
Nabil box
Kumari

मुख्यसचिव कृष्णप्रसाद पौडेलले केही कुराहरू परिमार्जन भएपछि १/२ दिनमा निर्देशिका सार्वजनिक गर्ने बताए । कांग्रेस बैठकले विधानको धारा ७२(४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ ।

Vianet communication

पार्टी संरचनालाई रुपान्तरण गरी समिति बनाउँदा पार्टी कमिटिमा वरिष्ठताले नेतृत्व प्रदान गर्ने पनि उल्लेख छ ।

यस निर्णयलाई पार्टीको आगामी महासमिति अथवा महाधिवेशनमा पेश गरी अनुमोदन गराइने काग्रेसले जनाएको छ । काग्रेस विधानको धारा ५० (५) मा विधानको व्याख्या गर्ने र विधानमा उल्लेख भएका कुराहरूमा अपर्झट निर्णय गर्नुपरेमा पार्टीको परम्परालाई ध्यानमा राखी केन्द्रीय कार्यसमितिले गर्न सक्नेछ र त्यस्तो निर्णयलाई पछि हुने महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउनुपर्नेछ भन्ने उल्लेख छ ।

काग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईका अनुसार उक्त बैठकले सर्वसम्मत पारित गरेको २० बुँदे निर्देशिका बमोजिम गठन भएका संरचनालाई निर्वाचन समितिमार्फत वैधानिकता दिइने छ । केन्द्रीय सदस्य सिता गुरुङ्गका अनुसार टोल, वडा जिल्लादेखि प्रदेशको क्षेत्रीय तहसम्मको कुरा टुंगिएपनि ७ वटा प्रदेश संरचनाबारे भने अझै छलफल हुन बाकी छ ।

बैठकले कांग्रेसका तर्फबाट खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका वडा नं. १ को खुला वडा सदस्य पदमा निर्वाचित बैजनाथ रिजाल पार्टी परित्याग गरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३१ तथा अन्य प्रचलित नेपाल कानूनबमोजिम निज निर्वाचित भएको वडा सदस्य पद स्वतः रिक्त हुने भएकाले, सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा लेखी पठाउने निर्णय पनि गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक २९ गते दिउँसो १ बजे पुनः बस्ने सो पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x