मंसिर १८, २०८०
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
हिन्दू धर्ममा आस्था राख्ने १५/१६ वर्षभन्दा माथिका हिन्दू युवतीहरूले शिवजी (महादेव) जस्तो पति पाऊँ भनेर व्रत बस्छन् र यस पटक पनि साउने सोमवारहरूमा बसेकै होलान् ।
व्रत बस्नु आफैंमा नराम्रो पनि होइन । महिनामा एक दुईचोटि व्रत बस्नु स्वास्थ्यको हिसाबले राम्रै मानिन्छ । व्रत बसेर फल पाइने वा राम्रो हुने, सुख हुने धेरै खुशीका कुराहरू यसपछि होलान् । तर मैले कहिल्यै पनि साउनमा व्रत बसिनँ न त महेन्दी तथा चुरा नै लगाएँ ।
व्रत अरू धर्म मान्नेहरूले नि गर्छन् । रमजानको बेला मुस्लिमहरूले बस्ने व्रत सबैभन्दा कठीन हुन्छ । बौद्द धर्मवलम्बी तथा अलिकति ‘उदार’ देखिने इसाई धर्मवलम्बीहरूले पनि व्रत बस्ने गर्छन् । यसर्थ सबै धर्ममा व्रत बस्ने चलन व्याप्त छ । तर सबै चीजको सही प्रयोग हुँदैन र त विमति रहन्छ जहाँ पनि !
सामान्यतया साउन महिना लागिसकेपछि अन्य युवतीले जस्तै मेरा साथीहरूले पनि मेहेन्दी लगाए, हरियो, राता, पहेंलो चुरा लगाए । केही विवाहिताले लगाए, केही अविवाहितले लगाए । अरूले जस्तो ‘फेसन’ गर्छन् त्यस्तै पालना गरे साथीहरूले । विमति केही पनि रहेन । कसैले भएका ‘ब्वाइफ्रेन्ड’हरूको नाम लेखे त कसैले कसैको नाम विना नै हात रंगाए ।
अरू बेला ‘टी-सर्ट’मा सजिएर हिँड्ने महिला दिदीबहिनीहरू पनि साउनभरि व्रत बसी विशेष सोमवार पारेर आकर्षक देखिने कुर्ता-सुरुवालमा हिँड्न थाले । ‘उपवास’ पनि बसे । यस्तै बेला मैले गाउँभरि दाउरा घाँस गर्ने दिदी बहिनीहरूलाई सम्झिएँ । यस्तो बेला पुरानै नियम मान्न छोडेर नयाँ ‘मोडर्न सिस्टम’मा गएतापनि फेरि पछाडि फर्किनुपर्ने भयो ।
साउन महिना हिन्दू महिलाहरूका लागि विशेष महत्त्वको महिनाको रूपमा रहेको छ । महिना शुरू भएसंगै धेरै चेलीबेटी दिदी बहिनीहरूले हातमा मेहेन्दी, चुराहरू लगाउनु भयो पनि । कसैले बुझेर लगाउनुभएको होला, कसैले लहलहैमा यी कार्यहरू गर्नु भएको होला, ‘महादेव’ जस्तो पति होओस् भनेर । हिन्दू धर्ममा साउन महिनामा लगाइने हरियो रंगले अर्थ राख्छ । महादेव जस्तो पति पाउँ भनेर मनोकामना राख्दै भगवान शिवजीको पूजा गर्ने गरिन्छ । यो समयमा शुद्ध साकाहारी खाना सहित प्रत्येक सोमवार व्रत बस्ने चलन छ । सोम, शिव भनौं वा महादेव, यसलाई भगवान शिवको वार भनेर लेखिएको छ, बुझिएको छ ।
पूर्ण रूपमा व्रतको नियम पालना भए/भएनन्, आफ्नो ठाउँमा छ । यो व्रतको अर्थ आजभोलि अलि व्यापक भएछ । चलनचल्तीको व्रत एक प्रकारले मनाउन शुरू गरिएको छ । प्राय: त्यतिबेला हातमा मेहेन्दी, विवाहिता/ अविवाहिता अनुसार पहेंला, हरिया, राता चुरा, रंगीबिरंगी कुर्ता सुरुवालमा व्रत बस्ने गरिन्छ । भोक बस्नु वा खानेकुरा नखाइकन ‘निराहार’ रहनुलाई मात्र व्रत भनिँदैन । मुख्यत व्रत तीन प्रकारका हुन्छन् भने ‘उपवास’ चाहिँ १३ प्रकारका हुन्छन् ।
शास्त्र अनुसार ‘नित्य व्रत’, ‘नैमित्तिक व्रत, ‘काम्य व्रत’ गरी तीन व्रतका प्रकार हुन् ।
‘प्रात’, ‘अद्दोपवास’, ‘एकाहारोपवास’, ‘रसोपवास’, ‘फलोपवास’, ‘दुग्धोपवास’, ‘तक्रोपवास’, ‘पूर्णउपवास, ‘साप्तहिक उपवास’, ‘लघु उपवास’, कठोर उपवास’, ‘टुटे उपवास’, ‘दीर्घ उपवास’ गरी विभिन्न १३ प्रकारका उपवास भनेर निर्धारण गरिएको छ ।
व्रत निकै अप्ठेरो काम हो । यो एउटा साधना पनि हो र विधिपूर्वक सम्पन्न गर्नुपर्छ भनेर भनिएको छ । व्रत बस्नका लागि शरीर र मन शुद्ध हुनुपर्छ ।
व्रतमा विवाहिताले आफ्नो ‘श्रीमान’को लामो आयुको कामना गर्छन् भने अविवाहिताले ‘महादेव’ जस्तो पति पाउँ भनेर व्रत बस्ने गरेका छन् । व्रत बस्दा वा ‘उपवास’ बस्दा शरीर र मनको शुद्धता खोजिएको हुन्छ । त्यसो भए हामी साँच्चै व्रतका नियम पालना गरेका छौं ? पूर्ण रूपमा सबै नियम पालना गाह्रो होला तर अलिकति पनि नियम पालना गर्न सकिँदैन भने व्रत बस्नुको अर्थ रहला र ? युवायुवतीका बीचमा हुने ‘प्रेम-सम्बन्ध’मा झै- झगडा चलिरहँदा पनि व्रत ? एक जनासँग माया गर्दै गरेको/गरेकी एउटा प्रेमी/ प्रेमिका फेरि अर्को सम्बन्धको लागि पनि व्रत ? व्रत शब्द आफैंमा व्रतबाट 'बर्त'मा अपभ्रंश भएर आजभोलि मायाको पनि ‘डाइमेन्सन’ फरक भएको हुनुपर्छ ।
व्रत को कुरा गर्दै गर्दा यो आखिर व्रत नारी/महिलाले मात्रै गर्नु परेको चाहिँ किन होला ? ‘महादेव’ जस्तो पति पाउनको लागि एउटा नारीले यदि शरीर र मन शुद्ध राखेर नै व्रत बस्छिन् भने असल नारी आफ्नो जिन्दगीमा पाइयोस् भनेर किन पुरुषले व्रत गर्नु नपर्ने ? यदि नारीपुरुष भगवानकै सन्तान हुन् भने एउटालाई काखा र अर्कोलाई पाखा किन ?
कुनै बाबु-आमालाई सोध्दा सबै छोराछोरी उत्तिकै छन् मेरा लागि भन्ने कुरा आउँछ भने ‘अदृश्य’ भगवानले चाहिँ दुवै सन्तानलाई किन फरक आँखाले हेरेका ? महादेव वा कृष्ण आदि जुनसुकै भगवानको पूजा गर्नुपूर्व भगवान को थिए र कस्ता थिए त्यी पात्रहरूको नि ख्याल राख्ने कि नारी/महिला दिदीबहिनीहरूले ? यद्यपि भगवानको सम्बन्धमा जे जस्तोसुकै धारणा रहेको होस् नारीहरूलाई दबाउने खालको संस्कार र संस्कृतिको किन अन्धभक्त बन्ने ? भक्त हुनु नराम्रो होइन तर अन्धभक्त हुनुभएन ।
जतिसुकै व्रतको नाममा कुनै एउटा पुरुष पाइन्छ भनेर कामना महिला वा नारीहरूले मात्र किन गर्नुपरेको होला ? कि पुरुषकै वरिपरि आफू रहिरहने नियम लेखिएको रहेछ शास्त्रमा ? व्रत बस्नु नराम्रो त हुँदै होइन नियमबद्ध तरिकाले महिलाले मात्र नभएर पुरुषले पनि 'व्रत' बस्दा कस्तो होला ?
धर्मशास्त्र हामीले बुझेको र त्यही अनुसार अवलम्बन गरेको जस्तो त छैन होलाजस्तो लाग्छ । कि महिनावारी हुनु पनि ‘श्राप’ हो ? महिला दिदीबहिनी फेसनमा संस्कार मनाएको देखाउन कत्ति पनि व्रत वा व्रत लगायतका क्रियाकलापमा रमेर आफूलाई विज्ञापनको पात्र नबनाऔँ । अहिले गरिने गरेका अपवाद बाहेकका व्रतहरूले आफैंलाई कमजोर मात्र बनाएका छन् ।
परिवर्तनको नाममा आएका नसुहाउँदो फेसन संस्कृतिको पनि अनुयायी नबनौं । संस्कृतिलाई फेसन नबनाऔं । नक्कल गरेर गरिने हरेक क्रियाकलापले दीर्घकालीन रूपमा दुर्घटना निम्त्याउँछन् ।
(लेखिका गौतम बीएस्सी हर्टिकल्चर, दोस्रो सत्रांत, महेन्द्ररत्न क्याम्पस, इलाममा अध्ययनरत् छिन् ।)
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...