प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भने - 'मेरो स्वास्थ्यस्थिति सामान्य छ'

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् । स्वास्थ्योपचारका लागि १० दिन सिंगापुर रहेका प्रधानमन्त्री ओली सोमवार स्वदेश फर्केलगत्तै एक ट्वीट गरेर आफू सामान्य रहेको बताएका हुन् ।

ट्वीटमार्फत उनले आफ्नो स्वास्थ्योपचारमा संलग्न सबै चिकित्सकमाथि आभार प्रकट गर्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।


Advertisement

उनले ट्वीटमा भनेका छन्, 'सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु ।'


Advertisement

 

कमेन्ट गर्नुहोस्