कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
काठमाडौं – वैध रूपमा अमेरिकामा बसिरहेका आप्रवासीका लागि भिसा अवधि बढाउने र स्थायी नागरिकता अर्थात् ग्रीन कार्ड पाउने प्रक्रियालाई डोनल्ड ट्रम्प प्रशासनले थप गाह्रो बनाएको छ ।
अब सरकारी सुविधामा एक वर्षभन्दा बढी समयदेखि आश्रित आप्रवासी प्रभावित हुनेछन् ।
सरकारले आप्रवासनसँग जोडिएका नयाँ नियमको घोषणा गरेको छ जसअनुसार भविष्यमा अमेरिकी सरकारको सेवा वा योजनामा आश्रित हुन सक्ने आप्रवासीको निवेदन स्वीकार गरिने छैन ।
ह्वाइट हाउसले भन्यो, ‘अमेरिका आउने आप्रवासीहरू आत्मनिर्भर भएमा अमेरिकी नागरिकहरूको हित रक्षा हुन्छ ।’
नयाँ नियमले स्वावलम्बनका मूल्यमान्यतालाई थप बलियो बनाउने अधिकारीहरूको भनाइ छ ।
अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले सोमवार पत्रकार सम्मेलनमार्फत यी नियमको घोषणा गरेका हुन् ।
उनका अनुसार, ‘ग्रीन कार्डको निवेदनका लागि निवेदकको आर्थिक स्थिति, शिक्षा, आयु र अंग्रेजी भाषामा उसको दखललाई आधार बनाएर निर्णय लिइनेछ । कुनै एक मात्र मापदण्डलाई आधार बनाएर निर्णय लिइने छैन ।’
सोमवार फेडरल रजिस्टरमा पब्लिक चार्ज रुल नाम दिइएर यी नियम प्रकाशित गरिएका छन् । नयाँ नियम अक्टोबर १५ बाट लागू हुनेछन् ।
अमेरिकी नागरिकता लिइसकेका आप्रवासीलाई यस नियमले कुनै असर नपार्ने बताइएको छ ।
अनि शरणार्थीहरूलाई पनि यो नयाँ नियम लागू गरिने छैन ।
भिसा अवधि बढाउनका लागि दिइएका निवेदन, ग्रीन कार्ड र अमेरिकी नागरिकता पाउनका लागि गरिएका निवेदनमा यो हक लागू गरिनेछ ।
नयाँ नियमअनुसार, मापदण्ड अनुरूपको आय नभएका वा सरकारबाट खाद्य सहयोग, सरकारी अस्पतालमा उपचार वा सरकारी निवासमा बस्ने आशा गर्ने व्यक्तिलाई भविष्यमा अमेरिका गर्ने अनुमति प्राप्त गर्न गाह्रो पर्नेछ ।
अहिले अमेरिकामा बसेर सरकारी सुविधामा निर्भर रहेका आप्रवासीको निवेदन पनि खारेज हुने सम्भावना छ ।
ग्रीन कार्डका लागि सहज बाटोका रूपमा रहेको डीभी लटरीको पनि राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गरिरहेका छन् ।
बीबीसी हिन्दीबाट
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...