मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
झापा - स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले झापाका महिला यतिबेला व्यावसायिक फूल खेतीमा लागेका छन् ।
दीपावलीलाई लक्षित गरेर महिला समूह यतिबेला सयपत्री फूलको बेर्ना सार्ने कार्यमा व्यस्त देखिन्छन् ।
दीपावलीको समयमा सयपत्री फूलको माग धेरै हुने भएकाले भारतीय बजारबाट आयात हुने फूलको मालालाई न्यूनीकरण गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले महिलाको सक्रियता बढेको महिला उद्यमी सङ्घ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराईले बताइन् ।
यतिबेला सारेको बेर्नाबाट दीपावलीको समयमा फूल टिप्न सकिने गरी तयारी हुने भएकाले पनि बेर्ना सार्ने काममा सक्रियता बढेको भट्टराईको भनाइ छ ।
तीन वर्षदेखि लगातार सयपत्री फूलको उत्पादन गरिरहेका महिला उद्यमी सङ्घ झापाका महिलाले यस वर्ष विर्तामोडमा एक बिगाहा पाँच कट्ठा जमीन ठेक्कामा लिएर बेर्ना सार्ने काम गरिरहेका छन् ।
पहिलो वर्ष दुई कट्ठामा गरिएको फूल खेतीबाट हौसला मिलेकोले दोस्रो वर्षदेखि क्षेत्रफल बढाएर काम गर्न थालिएको अध्यक्ष भट्टराईले जानकारी दिएकी छिन् ।
५ कट्ठा जमीनमा राखिएको करीब ९० हजार फूलका बिरुवा मोरङको उर्लाबारी, झापाको दमक, सुरुङ्गा, विर्तामोड, धुलाबारी, शनिश्चरे, चन्द्रगढी लगायतका स्थानमा लगेर त्यहाँका विभिन्न समूहमार्फत रोपिएको बताइएको छ ।
राम्रोसँगले फुल्दा एउटा बोटबाट दश वटासम्म माला बन्न सक्ने गरी फूल उत्पादन हुने सङ्घका जिल्ला महासचिव नैनकला भट्टराईले बताइन् । फूलको मौसममा व्यापारीले एउटा माला बराबर न्यूनतम रु ५० का दरले बारीमै आएर फूल उठाउने भएकाले बजारको कुनै समस्या नहुने महासचिव भट्टराईले जानकारी दिइन् ।
आफ्नै लगानीमा गरिएको सयपत्री फूलको खेतीमा लागेका महिलाहरु सबै सामाजिक अभियन्ता साथै व्यवसायी पनि भएकाले आर्थिक लाभको उद्देश्य नराखी, काम गर्दा उपलब्धि हुने रहेछ भन्ने समाजमा सकारात्मक सन्देश दिन खोजिएको महासचिव भट्टराईले बताइन् ।
दीपावलीमा मात्र नभएर जुनसुकै समयमा पनि हुने विभिन्न गोष्ठी, सेमिनार लगायतका कार्यक्रममा फूलको मालाको आवश्यक पर्ने भएकाले पछिल्लो समय सयपत्री फूलको महत्व अझै बढेर गएको पाइएको छ ।
झापाको कनकाई नगरमा नेपाल महिला चेम्बर कनकाई नगर समितिको अगुवाइमा १२ कट्ठा जमीनमा सयपत्री पूmलको बेर्ना सार्ने काम पूरा भएको बताइएको छ ।
स्थानीयस्तरको अग्र्यानिक फूलको उत्पादनलाई प्राथमिकतामा राख्न सचेतना जगाउँदै पहिलो पटक फूल खेतीको अभ्यास गरिएको नेपाल महिला चेम्बर कनकाई नगर अध्यक्ष खिनमाया खतिवडाले बताइन् ।
फूलको सुन्दरताले गर्दा वातावरणसमेत स्वच्छ बन्ने भएकाले हरित नगरी निर्माणको अभियानमा समेत सहयोग पुग्ने विश्वास गरिएको महिला चेम्बर कनकाई नगर अध्यक्ष खतिवडाले जानकारी दिए । संस्थालाई आर्थिक रुपले पनि सम्पन्न बनाउनका लागि अभियान सञ्चालन गरिएको बताइएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...