ठूलो गाउँमा ८ हजार गाँजाका बोट नष्ट

फाइल फोटो

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलो गाउँमा रहेका करीब ८ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ ।

महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको ८ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए ।


Advertisement

स्थानीय वासिन्दाको घर करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौं बोट गाँजा फडानी गरी नष्ट गरेको हो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको उनले बताए ।


Advertisement

गत आइतवार पनि प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुन्डु नयाँबस्तीमा रहेको ४ हजार २ सय गाँजाका बोट नष्ट गरेको थियो ।
 

कमेन्ट गर्नुहोस्