संसदमा उठ्यो पार्टी प्यालेसमा गएर तीज मनाउन पाउनुपर्ने आवाज

काठमाडौँ -पार्टी प्यालेसमा गएर तीज मनाउन पाउनुपर्ने भन्दै संसदमा आवाज उठेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी समानुपातिक सांसद रंगमती शाहीले पार्टी प्यालेसमा तीज मनाउन लगाएको प्रतिबन्ध खारेज गर्नुपर्ने आवाज उठाएकी हुन् ।


Advertisement

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले वर्षभरि कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नभएको जिकिर गरेकी छिन ।

‘के महिलाले एकदिन तीज मनाउँदैमा यो देशको भष्टाचार नियन्त्रण हुने हो र ?' उनले सरकारलाई प्रश्न गरिन्, 'यो सरकार आफैमा भ्रष्टाचारमा डुबेको छ । पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न सभामुखमार्फत म सरकारलाई आग्रह गर्दछु ।’ 


Advertisement

 

कमेन्ट गर्नुहोस्