असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालीहरू बस्ने प्रवास अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए)मय भएको छ । विश्वका ८० भन्दा बढी देशमा एनआरएनएको अधिवेशन भईरहेको छ । अधिवेशनले आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
नयाँ कार्यसमितिको लागि चुनावमय भएको एनआरएनए अभियानले 'जोड्यो कि फोड्यो' भन्ने बहस पनि उत्तिकै उठेको छ । प्राय: देशमा प्यानल बनेका छन् र ती सबै राजनीतिक समिकरणका प्यानल छन् । केही देशमा नेकपा र कांग्रेसबीच अलग-अलग समिकरण बनेर प्रतिस्पर्धा भइरहेका छन् भने केही नगन्य देशहरूमा राजाबादीहरूले टक्कर दिएका छन् । केही देशहरूमा गणतन्त्रवादीहरू एक भएर निर्विरोध बनेका छन् ।
२०४७-२०४८ सालतिर नेपालमा एउटा गैर-राजनैतीक कुसंस्कार बसेको थियो । कांग्रेसीहरू कम्युनिस्टले छोएको पानी पनि नखाने, कम्युनिस्टहरू कांग्रेसी र मण्डले (पञ्चायत समर्थक)ले छोएको नखाने । सबैको घरमा आफ्नो आफ्नो पार्टीको झण्डा फहर्याउने । बोल्दा पनि नबोल्ने, हेर्दा पनि नहेर्ने र भरसक्के उनिहरूको घर भएको बाटो पनि नहिंड्ने ।
पञ्चायती शासनले गरेको निकृष्ट व्यवहारले पनि अलिक बढी यस्तो किसिमको व्यवहार गर्न गराउन उक्साउने गरेको थियो । राजनैतीक दलका नेताहरूको व्यवहार र अभिव्यक्तिले जनतालाई मिलाउने भन्दा भड्काउने तिर अभिप्रेरित गरेको थियो ।
पूर्वी क्षेत्र भन्दा पश्चिम क्षेत्रमा यो बढी देखिन्थ्यो । यो एक कालखण्ड थियो । जनतामा राजनीतिको जोश र जाँगर थियो । निरङ्कुश राजतन्त्रको समाप्तीमा जनताको बलिदानीको बदलामा जनताको आक्रोश थियो । समयक्रमसँगै यो कम हुँदै गयो ।
१० वर्षे जनयुद्द र गणतन्त्र प्राप्तिपछिको समयमा यस्तो पानी बराबर त्यती देखिएन । राज्य र माओवादी दुवै पक्षबाट उत्पन्न त्रासको अलावा जनताको स्तरमा सौहर्दता कायमै देखिन्थ्यो । तर जबजब विदेशमा एनआरएनको अधिवेशनको मिति तोकिन्छन् तब नेपालको गुह्य राजनीतिको असली अनुहार देख्न पाइन्छ ।
नेपालमा हराइसकेको वैमनश्यताको पूरानो अभ्यासको खेल पुनरावृत्ति हुन्छ । को कांग्रेस, को नेकपा, को राजावादी र को गणतन्त्रवादी हो भन्ने रेखा कोरिदिन्छ । हिजोसम्म एउटै ओछ्यान साट्ने, एउटै थालमा खाने र हिंडडुल गर्ने साथीभाइहरूबीचमा दरार पैदा गरिदिन्छ । यहाँ राजनैतीक प्रतिष्ठाको लडाईं लडिन्छ । हारजीतमा राजनैतीक प्रतिष्ठा जोडिन्छ ।
व्यक्तिगत इगो र प्रतिष्ठा जोडिन्छ । त्यही इगोका कारण एक-आपसमा आरोप प्रत्यारोपमा उत्रिन्छन् । एकले अर्काको ईज्जतमा धावा बोल्छन् । व्यक्तिगत मामिलाका कुराहरू चुनावी हतियार बन्छन् । बिना आधारका कपोकल्पित आरोपहरू बुनिन्छन् ।
कसैलाई पैसा खाने आरोप लगाईन्छ, कसैको परस्त्रीगमनका कुरा र कसैलाई अत्यधिक मदिरा सेवन गरी समाज भाँडेको आरोपहरू सामाजिक संजालमा यत्रतत्र छरपष्ट पारिन्छन् । केही केही त अनलाइन पोर्टलहरूमा पनि छापिन्छन् । यद्यपी ती आरोपहरूमा केही सत्यता पनि हुने गरेको छ । समाजसेवा गर्छु भनेर सामाजिक संस्थामा होमिएको व्यक्ति गैर सामाजिक चरित्रको हुनु हुन्न भन्ने आवाजले पनि यसलाई थप बल पुर्याएको छ ।
एनआरएन यूएईको अधिवेशनको दौरानमा यसपाली झण्डै यस्तै भयो । प्रतिस्पर्धामा उत्रेकाहरू दुई खेमामा देखिए । मुख्य राजनैतीक दलहरूका निकट संगठनहरूसँग निकट रहेका केही व्यक्तिहरू एकातिर देखिए भने ती संगठनहरूसँग असन्तुष्ट रहेका र राजाबादीहरूको गठजोड अर्कातिर देखिए ।
असन्तुष्ट र राजावादीहरूको गठजोडले आफुलाई गैर-राजनैतीक भन्ने प्रयास गरे पनि उनिहरूको गतिविधिले उनिहरू कुनै न कुनै राजनैतीक दल निकट रहेको स्पष्ट देखिन्थ्यो । यही विषयलाई लिएर उनिहरूले दुबईमा पटक-पटक बैठक बसे । पैसाको जोहो गर्न अनेकौं प्रयास गरे ।
युएईका विभिन्न क्षेत्रमा आफ्नो संगठन नभएकोले स्वतन्त्र भन्नु परेको अभिव्यक्तिहरू राप्रपा निकट व्यक्तिले दिएको यदाकदा सुनियो । सामाजिक सञ्जालमा पूर्व राजा ज्ञानेन्द्रको जय जयकार गर्नेहरूले आफुलाई स्वतन्त्र भन्दा पत्याउने थोरै थिए । किनभने नेपालमा यस्तै स्वतन्त्र भनाउने ज्ञानेन्द्र शाहीहरूलाई सबैले बुझिसकेका थिए ।
अबुधाबी क्षेत्रमा विश्वदेव शाह र दुबई क्षेत्रमा भिम मल्लले जीत हासिल गर्दै गर्दा राजाबादी निकट राप्रपाको भातृ संगठनले जस्न मनाएको देखियो । अझ दुबई क्षेत्रको अधिवेशनले निर्वाचित गरेका भिम मल्लको जीतको खुशीमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ट्वीटले अर्को तरङग ल्याईदियो । भन्नेहरूले त साँसद राजेन्द्र लिङ्देन पछिको दोश्रो जित भन्न सम्म भ्याए ।
तसर्थ यहाँ कोही पनि गैर राजनैतीक थिएनन् । राजनैतीक गठबन्धनको विरुद्धमा उत्पन्न असन्तुष्टिलाई राजावादीहरूले 'क्याच' गरेका थिए । त्यसको फाइदा उनिहरूले भरपूर रुपमा उठाए । यदि त्यस्तो हैन भने अबुधाबी र दुबई दुई क्षेत्रमध्ये कुनै एक क्षेत्रको जीतमा त अन्य संगठनका असन्तुष्ट पक्षसँग साझेदारी गरिन्थ्यो नि, तर त्यो गरिएन ।
दुइवटै क्षेत्र राजवादी निकट राप्रपाले लियो । दुबई क्षेत्रमा त उनिहरूले प्यानल नै आफ्नो लिएर अर्कोलाई निषेध गरे । सहमतिमा केही पद माग्दा भिख मागेको भनेर होच्याए । किनभने त्यहाँ पनि राजनीति थियो । नेपालमा उठ्दै गरेको राजावादीहरूको निन्याउरो आवाजको बाछिटा युएईमा पनि देखियो ।
७ क्षेत्रहरू मध्ये दुईमा जित्दा उनिहरूका संगठननिकट व्यक्तिहरूले गणतन्त्रवादीहरूलाई होच्याउदै सामाजिक सञ्जालमा लेखे । ज्ञानेन्द्रको जयजयकार सम्म गर्न भ्याए । यसरी गणतन्त्रवादीहरूलाई नै प्रयोग गरेर राजावादीहरूले अबुधाबी र दुबई क्षेत्रमा उनिहरूकै टाउकोमा बजाए । ती असन्तुष्टहरू कसैको ढाल बने । तुलसी गिरी र केशजङ रायमाझीहरू बन्न खोजे । समय क्रममा यदाकदा ती जन्मिन्छन र गर्भमै हराउँछन् । आफ्नो अस्तित्व मेटाउँछन् ।
अन्तत: समिति छनौटको प्रकृया शुरु भयो । अध्यक्षसहित केही पद निर्विरोध भए भने केही पदहरूमा आवश्यक संख्या भन्दा बढी आवेदन परे । निर्वाचन समितिले सहमतिको प्रयास शुरू गर्यो । यसैबिचमा महासचिवका एक उम्मेद्वार कृष्ण पौडेलले आफ्नो उम्मेद्वारी फिर्ता लिएर सहमति गरे । उपाध्यक्षका र सचिवका एक एक उम्मेद्वारले पनि उम्मेद्वारी फिर्ता लिए । अब उपाध्यक्ष, युवा संजाल प्रतिनिधि, सह कोषाध्यक्ष र दुई सदस्यमा सहमति हुन बाँकी थियो । तर सहमति हुने क्रम जारी रह्यो ।
हालसम्म अध्यक्षमा प्रकाश कोईराला, महासचिवमा निश्चल दहाल, सचिवमा जीवन दास र रमेश क्षितिज, कोषाध्यक्षमा दीपक शाही, महिला संयोजक शोभा शर्मा र महिला सदस्यमा सरस्वती न्यौपाने निर्विरोध निर्वाचित भईसकेका छन् । यद्यपी अधिकारिक घोषणा हुन भने बाँकी छ ।
सबैले जितेको महसुश गर्नेगरी सर्वसम्मतिले प्रतिनिधि छनौट गर्ने निर्वाचन समितिको प्रयास सर्हानीय थियो । अनेक छलफल र वादविवादकाबीच सहमति बन्यो । केही उम्मेद्वारहरूले उम्मेद्वारी फिर्ता लिने र अधिवेशनपश्चात विधान अनुसार मनोनयन गरी टीममा लैजाने सहमति बनेको थियो । सहमतिलाई लिपिबद्द गर्न बाँकी थियो । त्यसैक्रममा सहमति बैठकमा दुबईका नव निर्वाचित अध्यक्षको नेतृत्वमा एक हुल प्रवेश गर्यो र जनसंपर्क समितिका चित्र केसीलाई अपमानजन्य भाषा प्रयोग गर्दै हातपात गर्ने प्रयास गर्यो । बन्दै गरेको सहमतिको प्रयास एकाएक बिग्रियो । सहमति बन्न सकेन । आगामी बुधवारसम्मको लागि निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ ।
जीतको आधारको नजीर यस अघि नै दुबई र अबुधाबी क्षेत्रले स्थापित गरेको छ । यही बीचमा सम्भवतः निर्बाचन समितिले घोषणाको प्रक्रिया अघी बढाउला । बढाउनै पर्ने हुन्छ, किनकी संस्थालाई यसरी नै बिचमा राखिराख्न वा छोड्न मिल्दैन । निर्वाचन समितिले समयमा आफ्नो निर्णय दिनै पर्दछ र दिन्छ । सँगसँगै एनआरएन जस्तो संस्थामा लागेका अराजक व्यक्तिको पहिचान गरी तुरुन्त कारवाही गरिनुपर्छ । गत शुक्रवार राती जे भयो त्यो सिंगो एनआरएन र निर्वाचन समिति युएईको आचारसंहिता विपरित छ ।
युएई मात्र हैन विश्वका अधिकांश देशहरूमा यस किसिमका गठजोडहरू बनेका छन् । गठबन्धन बन्नु गलत हैन तर हामीमा रहेको प्रजातान्त्रिक संस्कारको कमीले भविष्यमा दुर्घटना ननिम्त्याउला भन्न सकिन्न । पाखुरामा बल सबैका हुन्छन तर हामी विदेशमा मिलेर बस्नुको विकल्प छैन भन्ने बुझ्न जरुरी छ । एक पेग रक्सीको बल क्षणिक हो । विचारको बल दीर्घकालीन हो ।
कसैले कसैलाई राजावादी भन्दैमा रिसाउनु पर्ने र गणतन्त्रवादी भन्दैमा ठुस्किनु पर्ने पनि छैन । विचार मिल्नेहरू एक ठाउँमा उभिनु गलत हुँदै हैन । प्रजातान्त्रिक संस्कारमा सौहार्दता कायम गर्नु सबै पक्षको उत्तिकै भूमिका रहन्छ । एनआरएनए रणमैदानको अर्को प्लेटफर्म नबनोस । बरु देश निर्माणको कोशेढुङा बनोस् ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...