×

NIC ASIA

विश्व अर्थतन्त्र

भारतको अर्थतन्त्र खस्किँदा नेपालमा प्रभाव : बढ्यो सुन र डलर भाउ

भदौ २०, २०७६

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – पछिल्लो समय भारतको अर्थतन्त्रको अवस्था खस्किँदै गएको छ । ३ महिना अघिसम्म ७ प्रतिशत आर्थिक वृद्धि दर रहेको भारतीय अर्थतन्त्र पछिल्लो समय ५ प्रतिशतमा झरेको छ ।

Muktinath Bank

आर्थिक वृद्धिदर संकुचित भएका कारण भारतीय अर्थतन्त्र खस्किएको लगायतका प्रतिक्रिया देखिन थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय अर्थतन्त्रमा देखिएको समस्या, नेपालमा पार्ने असर एवं त्यसबाट जोगिनुपर्ने उपायबारे अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष चन्द्रमणि अधिकारी र अर्थशास्त्री प्राध्यापक डा. डिल्लीराज खनालसँग गरिएको कुराकानीमा आधारित धारणा :-


Advertisment
Nabil box
Kumari

चन्द्रमणि अधिकारी, अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष

Vianet communication

विश्वकै अर्थतन्त्र तरल भएको छ । चीन र अमेरिकाबीच व्यापार द्वन्द्व चलिराखेको छ । त्यसले दुईटै अर्थतन्त्रलाई असर पर्ने देखिएको छ । कतिपय अर्थशास्त्रीले अमेरिकाको अर्थतन्त्रमा आउँदो वर्ष मन्दी आउन सक्छ भनेर भनिराखेका छन् ।

अमेरिकाको इरानसितको प्रतिबन्धको विषय अर्को छ । जापान र दक्षिण कोरियाबीच पनि अलिकति अनमन चलिराखेको छ । उनीहरूबीच समझदारी कम भइराखेको छ । यता बेलायत चाहिँ ब्रेग्जिटबाट विना योजना बाहिर निस्कन खोजिरहेको छ । त्यसमा संसद र प्रधानमन्त्रीबीच द्वन्द्व चलिराखेको छ ।

युरोप पनि आफ्नै खालको समस्यामा परिराखेको छ । यसकारणले विश्व अर्थतन्त्र तरल भएको छ । यसमा अनिश्चितता बढेको छ । फलस्वरुप शेयर मार्केट अस्थिर भएको छ । तेलको भाउ कहिले तल जान्छ, कहिले माथि जान्छ ।

विश्वमा डलरप्रति मानिसको आकर्षण बढेको छ । सुनप्रति आकर्षण बढेको छ । डलर र सुनप्रति आकर्षण हुँदाखेरी केही लगानीकर्ता भारतबाट अमेरिका फर्केका पनि छन् । अमेरिकाको केन्द्रीय बैंकले व्याजदर घटाइदिएको छ । 

अमेरिकी अर्थतन्त्र अहिले अलिकति बलियो देखिएको छ तर अमेरिकी राष्ट्रपतिको अस्थिर नीति र अरुसँग समन्वय नराख्ने खालको नीतिले गर्दा त्यहाँ पनि भोलि लगानीकर्ता भड्किने स्थिति देखिएको छ । त्यसकारणले अमेरिकामा पनि अस्थिरता आउँछ कि, मन्दी आउँछ कि भन्ने आशंका अहिले सिर्जना भएको छ ।

भारतमा हिजोको जीएसटी (वस्तु तथा सेवा कर) लागू हुँदादेखिकै विषय छ । अर्को मुद्राको विमुद्रीकरण (डिमोनिटाइजेसन) गरेको विषय छ । अमेरिकामा करको दर घटेको, केन्द्रीय बैंकले व्याजदर घटाइदिएको कारण, अमेरिकी डलर बलियो भएको कारणले गर्दा  भारतको अर्थतन्त्रमा त्यसको असर परेको छ ।

भारतमा खासगरी अटोमोबाइल्स क्षेत्रमा खरिद दर कम भएर गएको छ । उत्पादन क्षेत्रमा पनि खरिद कम भएर गएको छ । यसले गर्दा पछिल्लो ३ महिनामा गएर ५ प्रतिशतको मात्रै आर्थिक वृद्धि भएको छ । यसअघि ७ प्रतिशतको आर्थिक वृद्धि थियो । यो विश्व अर्थराजनीतिमा अस्थिरता हो । हङकङमा पनि अस्थिरता छ ।

यी सबै कारणले गर्दा विश्वमा आर्थिक विषय पनि प्रभावित भएको छ । विश्वमै अर्थतन्त्र प्रभावित भएका कारणले विश्वमै माग कम हुने सम्भावना छ । भारतमा पनि त्यसको केही संकेत देखा परेको छ । अमेरिकामा पनि त्यो देखिन्छ भन्ने अनुमान गरिएको छ ।

नेपालमा असर

नेपालमा यसको असर परिसक्यो । अंग्रेजी डलर बढ्नासाथ सुनको भाउ पनि बढेको देखिएकै छ । भारतसँगको स्थिर विनिमय दर, भारतीय मुद्रा कमजोर भयो, अमेरिकन डलर बलियो भयो, नेपालमा अमेरिकी डलर १ सय १५ करीब पुगिसक्यो । त्यसको असर स्वरुप नेपालका योजना पनि प्रभावित हुन्छन् । नेपाली उपभोक्ता पनि प्रभावित हुन्छन् ।

जोगिने उपाय

विश्व अर्थतन्त्रको प्रभावबाट जोगिन नेपालले आन्तरिक उत्पादन बढाउनु नै मुख्य समाधान हो । आन्तरिक उत्पादन बढायो भने एउटा डलर बलियो भएको बेलामा निकासी बढ्न सक्छ र अर्को आयात प्रतिस्थापन गर्न सक्यो भने व्यापार घाटा कम भएर जान्छ । 

त्यसकारणले गर्दा खर्चमा मितव्ययीता कायम गर्ने र आन्तरिक उत्पादन बढाउने पट्टि लाग्नुपर्ने अवस्था छ । यो गर्‍यो भने केही राहत हुन सक्छ । उत्पादन बढाउने कुरा दीर्घकालीन विषय होइन, तत्कालीन रुपमा पनि उत्पादन बढाउन सकिन्छ । २–४ महिनामै पनि उत्पादन बढाउन सकिन्छ ।

जस्तैः तरकारी नै वार्षिक रुपमा धेरै आयात भइराखेको छ । उत्पादन त कुनै ३ महिनामै उत्पादन गर्न सकिएला, कुनै ६ महिनामा उत्पादन गर्न सकिएला, कुनै १ वर्षमै पनि गर्न सकिएला । सिमेन्टको उत्पादन बढाउन सकियो, औषधिको उत्पादन बढाउन सकियो भने सजिलो हुन्छ । १–२ महिनामै उत्पादन बढाउन सकिने कुरा पनि त छन् तर रणनीतिक हिसाबले कुन कहिलेसम्म बढाउन सकिन्छ भनेर त्यहीँ अनुसार हिँड्नुपर्‍यो ।

प्राध्यापक डा. डिल्लीराज खनाल, अर्थशास्त्री

भारतीय अर्थतन्त्रमा आएको समस्याबारे बाहिर धेरै कुरा आई नै सकेका छन् । मूलरुपमा विमुद्रीकरण र जीएसटी लागू हुनु नै हुन् । बैंकमा भएको लेनदेनको कारणले ‘रियल सेक्टर’ खासगरी उत्पादनमूलक क्षेत्र र अटो इन्डस्ट्रीदेखि लिएर कन्सट्रक्सनजस्ता धेरै कुरामा असर पार्‍यो ।

भारतीय बजेटमा गरिएका बजेटका व्यवस्थाले पनि केही असर पार्‍यो । यद्यपि अहिले बजेटका व्यवस्था हटाउने घोषणा गरिसकेको छ ।

चीन र अमेरिकाबीच व्यापार, मुद्रा युद्ध चलिरहेको छ । त्यसको प्रत्यक्ष, परोक्ष असर विश्व अर्थतन्त्रमै परेको छ । त्यसमा पनि डलरको मूल्य बढिराखेको छ । योबीच भारतमा पनि राजस्व घटेको छ । यी सबैको असर हो । यो असर तत्कालीनभन्दा पनि अलि दीर्घकालीन प्रकृतिको हुने हो कि भन्ने हो र दीर्घकालीन भयो भने त्यसले नेपालमा बहुआयामिक हिसाबले नै प्रतिकूल असर पार्न सक्छ ।

समग्रमा सबै आयामबाट हेर्दा प्रतिकूल असर पार्न सक्छ । भारतीय पर्यटक कम आउन सक्छन् । भारतमा जाने नेपालीको रोजगारी खोसिन सक्छ । यसबाट जोगिने भनेको उत्पादन बढाएर निर्यात प्रोत्साहन गर्ने नै हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x