माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीलाई आह्वान गरेका छन् ।
बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा शनिवार आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘लगानीकर्ताको रकम र प्रतिफलको सुरक्षाको सुनिश्चिताका लागि नेपालमा पर्याप्त ऐन कानून छन् ।’
उपराष्ट्रपति पुनले नेपालमा पर्यटन, जलविद्युत्, खनिज पदार्थको उत्खनन, जडीबुटीको व्यावसायिक खेती तथा प्रशोधन, यातायातको सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार, कृषि प्रविधि र औजार उत्पादनलगायत अनेकन क्षेत्रमा लगानी गर्न सकिने बताए । उनले भने, ‘लगानीको राम्रो प्रतिफल प्राप्त हुन्छ, ढुक्क भएर पैसा हाल्नुस् ।’
उपराष्ट्रपति पुनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा मात्र नभई कृषि अनुसन्धान, प्रयोगशाला, सेवा व्यवसाय, विद्युतीय सवारीसाधन, केवलकार र सुरुङमार्ग निर्माणमार्फत पनि यातायात क्षेत्रमा लगानीका प्रशस्त अवसर छन् भन्दै चीनसँगको साझेदारी र सहकार्यबाट नेपालको समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरे ।
कृषि नेपालको प्राथमिकताको क्षेत्र भएको तर २ अर्ब अमेरिकी डलर बराबरका कृषि उपज वर्षेनी आयात हुने गरेको कटु यथार्थ सुनाउँदै उनले कृषि उपजको आयात प्रतिस्थापन गर्न यस क्षेत्रमा पर्याप्त लगानी गरे प्रतिफल सुनिश्चित हुने बताए ।
उपराष्ट्रपति पुनले जैविक फलफूल र सागसब्जीको विश्वबजारमा ठूलो माग रहेको बताउँदै कतार र संयुक्त अरब इमिरेट्समा नेपाली जैविक उत्पादन निर्यात हुनेको जानकारी पनि दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...