कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
वालिङ– परीक्षण भएको एक दशक हुन लाग्दा पनि यहाँको चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन ।
वालिङ नगरपालिका–११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा भू–गर्भ विभागले विसं २०६६ मा तीन महीना लगाएर खानी परीक्षण गर्दा ठूलो मात्रामा चुनढुङ्गा निकाल्न सकिने सम्भावना औल्याएको थियो । तर परीक्षण गरेको एक दशक हुन लाग्दा पनि अझै सो खानीको उत्खनन हुन नसकेको सहयोग समितिका उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले बताए।
“विभागबाट आएको टोलीले तीन महीना लगाएर करीब २२० मिटरभित्रसम्म ड्रिलिङ गरेर परीक्षण गरेको थियो”, उपाध्यक्ष पराजुलीले भने, “खानी रहेको क्षेत्र वरपर रहेका बस्ती स्थानान्तरणका लागि सहयोग समिति गठन गरेर खानी विभागमा खानी सञ्चालनका लागि डेलिगेशन गयौँ, तर अझै उत्खननको काम शुरु हुनसकेको छैन ।”
खानी सञ्चालनका लागि सहयोग गर्न ११ सदस्यीय सहयोग समिति र सात सदस्यीय जग्गा मूल्याङ्कन उपसमिति बनाइएको उपाध्यक्ष पराजुलीले बताए।
“खानी क्षेत्र वरपर ७२ घरधुरी रहेका छन् । उनीहरु सबैको माग खानी छिटोभन्दा छिटो सञ्चालन होस् भन्ने छ”, उपाध्यक्ष पराजुलीले भने, “मूल्याङ्कन समितिको मूल्याङ्कनबाट उचित क्षतिपूर्ति दिएमा स्थानीयवासीले खानी सञ्चालनमा सहयोग गर्नेछन् ।”
प्राकृतिक स्रोतको रुपमा रहेको चुनढुङ्गा उत्खनन गर्न खानी विभागले चासो देखाउनुपर्ने वडा नं ११ का वडाध्यक्ष वसन्तकुमार मल्लले बताए। “खानी उत्खनन् गर्न कि त विभागले चासो देखाउनुपर्यो, होइन भने स्थानीय सरकारलाई यसको जिम्मा दिनुपर्यो”, वडाध्यक्ष मल्लको भनाइ थियो ।
त्यसै खेर गइरहेका प्राकृतिक स्रोतको सही सदुपयोग गरी आर्थिक विकास गर्न सकिने र स्थानीयवासीले रोजगारी पनि प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताए। खानी सञ्चालनका लागि खानी तथा भू–गर्भ विभागले दुई÷तीन पटक सूचना निकालेर प्रस्ताव माग गर्दा पनि कुनै पनि कम्पनी तथा व्यक्ति सम्पर्कमा नआएकाले ढिलाइ भएको खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी इञ्जिनीयर कृष्णदेव झाले बताए।
“खानी तथा भू–गर्भ विभागको टोलीले परीक्षण गरेको स्थानमा १० मिलियन टन चुनढुङ्गा उत्खनन गर्न सकिने देखिएको छ”, सूचना अधिकारी झाले भने, “गत माघमा निकालेको सूचनामा तीन प्रस्ताव परेका छन्, छनोट प्रक्रियामा रहेकाले अब छिट्टै नै सम्झौता भई काम सञ्चालन हुन्छ ।”
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...