×

NMB BANK
NIC ASIA

नेपाल भाषाका महाकवि सिद्धिदासको व्यक्तित्व र कृतित्वको चर्चा

भदौ २७, २०७६

NTC
Premier Steels

काठमाडौं–नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५२औँ जन्मजयन्तीको अवसरमा उनको व्यक्तित्व र कृतित्वको बारेमा बिहीबार चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरिएको हो ।

Muktinath Bank

महाजुको कृतित्व र व्यक्तित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा ओमकारेश्वर श्रेष्ठले दुःख र कष्ट सहन बाध्य हुँदाहँुदै ५० ओटा पुस्तक दिएर नेपाल भाषाको उत्थानका लागि ठूलो गुन लगाउने काम गरेकाे बताए। “रोजीरोटीका लागि मजदूरी गर्दै आफ्नो मातृभाषाको विकासमा आफै‌ं खर्च गरेर पुस्तक प्रकाशन गर्नु निकै गाह्रो विषय हो”, उनले भने, “उहाँको योगदानको जति वयान गरे पनि कम हुन जान्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिद्धिदासले विसं १९६३ देखि १९७१ सम्म पण्डित चक्रपाणि चालिसेसँग सङ्गत भएपछि चालिसेबाटै छन्द लेख्न सिकेको उहाँले बताए। डा श्रेष्ठले नेपाली भाषामा मोतीराम भट्टले अघि बढाएको विधालाई सिद्धिदासले नेपाल भाषाबाट चरमोत्कर्षमा पुर्‍याएको बताए। “उहाँका विचार पढ्दा उहाँ शुरुमा परम्परावादी देखिनुभयो” उनले भने, “पछिल्लो चरणमा उहाँमा साहित्यिक व्यक्तित्व प्रचुर मात्रमा बढ्यो ।” डा श्रेष्ठका अनुसार समाजलाई बुझेर विचार व्यक्त गर्दा सिद्धिदास समाजभन्दा एक कदम अघि देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

कार्यपत्रमाथि प्राध्यापक डा प्रेमशान्ति तुलाधरले टिप्पणी गरेका थिए । “उहाँको योगदानलाई सधैँ सम्झिरहनुपर्ने छ”, तुलाधरले भने, “आफूमा भएको चेतना समाजलाई बाँड्दै नेपाल भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा उहाँको योगदान प्रशंसायोग्य छ ।”

Vianet communication

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले प्रतिष्ठानले विभिन्न मातृभाषामा योगदान पुर्‍याएका श्रष्टाहरुको सम्झनामा निरन्तर कार्यक्रम गरिरहेको बताए। “एक समाजले अर्को समाजलाई बुझ्नको लागि मातृभाषाले धेरै सहयोग पुर्‍याइरहेको हुन्छ”, उनले भने, “बहुलताको अस्तित्वबाटै नेपाली समाज अघि बढेको छ ।” उहाँले सिद्धिदासको जीवनीका बारेमा पनि थप जान्ने मौका मिलको बताए।

उपकुलपति जगमान गुरुङले मातृभाषामा योगदान दिएका साहित्यकारहरुकै कारण विभिन्न भाषाहरु लोप हुनबाट जोगिएको बताए। उनले साहित्यकारहरुलाई मृत्युपछि मात्रै नभएर बाँचुञ्जेल पनि उत्तिकै सम्मान र माया गर्नुपर्ने धारणा राखे। प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले उच्च साधना गरेर करीब ५० ओटा कृति प्रकाशनमा ल्याउने महाजुलाई सम्झन पाउँदा आफूलाई खुसी लागेको बताए।

विभागका प्रमुख लक्ष्मी मालीले नेपालमा बोलिने १२३ भाषाहरुको संरक्षण र विकासमा विभागले ध्यान केन्द्रित गरिरहेको बताए। “सबै मातृभाषामा लेखिएका साहित्य सिर्जना हाम्रा सम्पत्ति हुन”, उनले भने, “भाषा साहित्य र संस्कृति एक आपसमा अन्तरसम्बन्धित पक्षहरु हुन् ।”

सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जन कण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुख दुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जन हृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाशलगायतका कृति प्रकाशित छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x