मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
काठमाडौं– आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) मा आर्चरीका लागि १६ खेलाडी छनोट गरिएका छन् ।
यही भदौ २८ गतेदेखि आजसम्म पोखरा रङ्गशालाको आर्चरी मैदानमा सञ्चालन भएको छनोट प्रतिस्पर्धाबाट १७ पुरुष र ११ महिलामध्येबाट रिकर्भका लागि चार/चारजना पुरुष तथा महिला खेलाडी छनोट गरिएका नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताए।
पुरुषतर्फ असिम शेरचन(पोखरा), रोशननगरकोटी(आर्मी), डम्बरबहादुर थापा(आर्मी) तिलक पुन मगर(प्रहरी) तथा महिलामा मित्र राई(आर्मी), ज्ञानु अवाले(आर्मी), विष्णुमाया लिम्बू(पोखरा) र आइसा तामाङ(आर्मी) रहेका छन् ।
आर्चरीमा रिकर्भ र कम्पाउण्ड क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ । कम्पाउण्डतर्फ भने यसअघिनै चार पुरुष र चार महिला खेलाडी छनोट गरी सकिएका खेलाडी छनोट समितिका संयोजक वसन्त थकालीले जानकारी दिए ।
जसमा पुरुषतर्फ रमेश भट्टचन(काठमाडौँ) सनातन मल्ल(काठमाडौँ), योगेन्द्र शेरचन(पोखरा) र मीनप्रसाद गौचन(काठमाडाँै) छन् । महिलातर्फ पार्सदा आचार्य(काठमाडाँै) मोनिका राना(पोखरा), रश्मी दर्लामी मगर(पोखरा) र मञ्जु बजगाईँ(आर्मी) रहेका छन् । सागमा छनोट भएका खेलाडीको बन्द प्रशिक्षण आगामी असोज १ गतदेखि पोखरा रङ्गशालामा शुरु हुने सङ्घले जनाएको छ ।
सागमा आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्ट पदका लागि प्रतिस्पर्धा हुने थकालीले जानकारी दिए।
श्रीलङ्काको कोलम्बोमा भएको सागको १०औँ संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो ।
पहिलोपटक कुनै पनि पदक नजितेको नेपालले ११औँ संस्करणमा रिकर्भ क्याटेगोरीमा पुरुष टिम इभेन्टमा काश्य पदक प्राप्त गरेको थियो भने १२औँ सागमा रिकर्भतर्फ पुरुष व्यक्तिगतमा काश्य पदक ल्याएको थियो । यसपटक घरेलु मैदानमा प्रतियोगिता सञ्चालन हुने भएकाले स्वर्ण पदकको आश गरिएको र खेलाडीले समेत सोहीअनुसार कडा मेहनत गरिरहेका सङ्घका अध्यक्ष गुरुङले बताए।
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...