कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
जनकपुरधाम – एसिड आक्रमणमा परेर गम्भीर रुपमा घाइते भएकी वीरगञ्जकी १४ वर्षीया बालिका मुस्कान खातुनलाई भारतका हिन्दी सिनेमाका चर्चित बलिउड अभिनेताहरूले हौसला बढाइरहेका छन् ।
बलिउडका महानायक अमिताभ बच्चन, अक्षय कुमार, बरुण धवन, कीर्ति मेनन, जलिन खानले मुस्कानलाई भिडियो सन्देश पठाएर पीडालाई कम गर्ने तथा उनको मनोबल बढाउन हौसला प्रदान गरिरहेका छन् ।
एसिड आक्रमणको घटना अभिनेताहरूसम्म पुर्याउने चाँजोपाँजो मिलाएका छन् एसिड आक्रमणविरुद्ध अभियान चलाइरहेका उज्ज्वल थापाले । महोत्तरी जिल्ला भंगहा नगरपालिकाको सितापुर गाउँका थापा विगतमा भारतको नैनितालस्थित शेरवुड कलेजबाट पढेका हुन् । अभिनेता बच्चन पनि कलेजकै विद्यार्थी रहिसकेका कारण कलेजको पूर्व विद्यार्थी संघका सदस्यका हैसियतले थापा र बच्चनबीच वर्षौंदेखि चिनजान तथा सम्पर्क रहेको थापा बताउँछन् ।
‘१४ वर्षीया बालिका मुस्कानमाथि त्यो घटना भएपछि मैले बच्चनजीलाई ३ दिनअघि नै अनुरोध गरें कि एउटा भिडियो सन्देश दिनुपर्यो मुस्कानको नाममा,’ थापाले लोकान्तरसँग भने, ‘अस्ति (मंगलवार) राति साढे १२ बजे उहाँले मलाई त्यो भिडियो सन्देश पठाउनुभयो ।’
युवालाई प्रभावित गर्न तथा आत्मबल बढाउन आवश्यक ठानेर मुस्कानले आदर्श मानेका कलाकारसँग थापाले कुराकानी गराइरहेका छन् । थापाले शुरूमा पत्रकार समेत उपस्थित रहेको बेलामा बच्चनको भिडियो सन्देश मोबाइलबाट मुस्कानलाई देखाइरहेका थिए । ‘त्यतिबेला मुस्कान अलि डराएकी थिइन् तर पत्रकारहरू गइसकेपछि घाइते भएर २६ दिनदेखि अस्पतालमा भर्ना भएकी मुस्कान पहिलो पटक फिस्स हाँसिन् ।’ टीभीमा ‘कौन बनेगा करोडपति’ कार्यक्रम देख्ने मुस्कानलाई अमिताभ बच्चनले आफ्नो नाममा सन्देश दिएको पत्यार नै लागिरहेको थिएन ।
थापाले भारतका चर्चित कलाबार कृति मेनन, बरुण धवन, अक्षय कुमार, जनिल खानसँग मुस्कानको कुरा गराएका छन् । ‘अक्षय कुमारले अपर्झट नै फोन गर्नुभयो । मुस्कानसँग अक्षय कुमारले कुरा गर्नुभयो,’ थापाले भने ।
नेपाली कलाकार सञ्चिता लुइँटेल, राजु लामाले अस्पतालमा पुगेर नै मुस्कानसँग कुराकानी गरेका छन् । मुस्कानको हौसला बढाउन लामाले अस्पतालमै गीत सुनाए । अन्य बलिउड कलाकारसँग पनि मुस्कानको कुरा गराउने प्रयास भइरहेको थापाले बताए ।
कस्तो छ अहिले मुस्कानको अवस्था ?
एसिड आक्रमणपछि मुस्कानको एउटा कानको समस्या यथावत् छ । मुख र घाँटीको घाउ निको हुने प्रक्रिया ठीक छ । दाहिने हातमा धेरै समस्या छ, त्यहीँ हातले मुस्कानले आक्रमणलाई छेकेकी थिइन् । अर्को हातमा पनि चोट लागेको छ । हाल मुस्कान मृत्युको खतराबाट जोगिएकी छन् । मुस्कानको कीर्तिपुर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
घाउ कहाँ–कहाँ छ भन्ने कुरा यकिन नै नभएको थापाले बताए । ‘घाउ सुक्दै गएपछि पनि पटक–पटक शल्यक्रिया गर्नुपर्छ,’ उनले भने, ‘बारम्बार प्लास्टिक सर्जरी गर्नुपर्ने हुनाले कम्तिमा पनि मुस्कानको अस्पतालको यात्रा २ वर्षको हुने अनुमान गरिएको छ ।’
उपचार खर्च प्रदेश सरकारले व्यहोर्दै
मुस्कानको उपचारका लागि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले ५ लाख रुपैयाँसम्म सहयोग गर्ने भनेका थिए । ‘हिजो अमिताभ बच्चनको सन्देश हेरेपछि वीरगञ्जका सांसद प्रदीप यादवले मलाई फोन गर्नुभयो,’ थापाले भने, ‘मुख्यमन्त्रीजीले ५ लाखभन्दा माथि भएपनि उपचार खर्च व्यहोर्छु भनेर भनेको कुरा उहाँले भन्नुभयो ।’ नेपाल सरकारले मुस्कानको उपचारका लागि ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
तेजाब आक्रमणविरुद्ध थापाको अभियान
विगत ५/६ वर्षदेखि तेजाब आक्रमणविरुद्ध थापाले अभियान नै सञ्चालन गरिरहेका छन् । तेजाब आक्रमणमा परेकी जेनी खड्काको हकमा अपराधीलाई समात्ने कुरा होस् वा अदालतको कारबाहीको कुरा होस्, औषधि उपचारको कुरा होस् वा पछि गएर शिक्षा दिलाउने कुरा होस् उनी निरन्तर लागिपरेको बताउँछन् ।
‘तेजाबको बिक्री वितरणमा नियन्त्रण ल्याउनुपर्छ । तेजाब आक्रमण गर्ने अपराधीलाई पीडितको चोट हेरेर होइन कि पीडकको सोच हेरेर सजाय दिनुपर्छ,’ उनले भने, ‘मैले यस विषयमा नेपाल सरकारको निरन्तर ध्यानाकर्षण गराउँदै आएको छु ।’ एसिड आक्रमण गर्ने अपराधीलाई जन्मकैदको सजाय हुनुपर्ने उनको विचार छ ।
‘यस्तो केसमा सजाय दिँदा कारण खोज्नु हुँदैन,’ थापाले भने, ‘सरकारले कानून संशोधन गर्नुपर्छ । अध्यादेश ल्याएर पछि संसदबाट पारित गराए हुन्छ तर सरकार त्यति गम्भीर हुनै नसकेको अनुभूति भएको छ ।’
हालसम्म थापाले करीब १० जना तेजाब आक्रमणका पीडितको मद्दत गरेको बताउँछन् । पीडित सीमा बस्नेत, संगीता मगरलाई औषधि उपचार गराउनेदेखि शिक्षा दिलाउने कामका लागि उनले पहलकदमी लिएका छन् । संगीता मगरलाई नोबेल एकेडेमीमा छात्रवृत्ति दिलाएको उनी बताउँछन् ।
‘शिक्षित भएर बलियो बनेपछि अनुहार नराम्रो जस्तो देखिएपनि केही फरक पर्दैन,’ थापाले भने, ‘बाँच्न आत्मबल आउँछ । त्यसैले पीडितलाई शिक्षित बनाउने अभियान व्यक्तिगत रुपमा चलाइरहेको छु ।’
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...