माघ १, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौं– नेपाल देश गरीब देश भनेर के गर्नु, काठमाडौंका सडकमा विश्वका महंगा–महंगा कार देखिन थालेका छन् ।
नेपालीको प्रतिव्यक्ति आय औसत वार्षिक १३ सय डलर मात्र भएपनि राजधानी काठमाडौंमा विश्व बिख्यात तथा करोडौं मूल्य पर्ने कार देख्न थालिएको छ ।
बीएमडब्लू, ल्याण्डक्रुजर, ल्याण्डरोभर र मर्सिडिज बेञ्चजस्ता महंगा कार देखिने काठमाडौंको सडकमा अवन्ती कारकोे प्रवेश भएको छ ।
दशैंका कारण सडकमा गाडीको चाप एकदमै कम भएको अवस्थामा राजधानीको सडकमा यो कार गुड्दा धेरैले नोटिस गरिरहेका थिए ।
अवन्ती अमेरिकन कम्पनीले उत्पादन गरेको कार हो । सन् १९६२ देखि यो कारको व्यवसायिक उत्पादन शुरू गरिएको हो ।
कम्पनीका अनुसार यो कारको क्षमता २ हजार सीसी छ । नेपालमा बिक्री हुने अधिकांश कार ८ सयदेखि १५ सय सीसीसम्मका छन् ।
भारतीय अटो कम्पनीका अनुसार डीसी अवन्तीको न्यूनतम मूल्य भारतमा ४२ लाख ५४ हजार छ । मोडल र विशेषताका कारण कारको मूल्य बढी हुन्छ ।
भारतबाट नेपाल आउने कारमा २ सय ४० प्रतिशतसम्म कर लाग्ने गर्छ । सामान्य हिसाब गर्दापनि यसको मूल्य नेपालमा २ करोड ३१ लाखभन्दा बढी पर्छ ।
अटोमोबाइल्स क्षेत्रका जानकारहरूका अनुसार यसअघि नेपालमा अवन्ती कार देखिएको थिएन । बा २० च १ नम्बरको गाडी बुधवार माइतीघर मण्डलामा एक फन्को लागेको देखियो ।
‘स्पोर्टस कार’को ग्राउण्ड क्लियरेन्स भने कम नै छ । खाल्डाखुल्डी बढी हुने नेपाली सडक यस्ता कारका लागि खासै उपयुक्त भने देखिँदैन ।
जागर कम्पनीको गाडी नेपालमा आउदा पनि चर्चा भएको थियो ।
उसो त नेपालमा मोटरसाइकल पनि आवश्यकताभन्दा शोखको विषय बन्न पुगेको छ ।
गत महिना काठमाडौंमा चलेको नाडा अटो शोमा हार्ली डेभिन्सनका ५० लाख बढीका मोटरसाइकल बेच्न राखिएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...