×

NMB BANK
NIC ASIA

चीनको सिआन सहरका विशिष्ट अधिकारीहरू बुटवलमा : सम्बन्धलाई अझ नयाँ उचाईमा पुर्‍याउने प्रतिबद्धता

असोज २७, २०७६

NTC
Premier Steels

बुटवल - बुटवलसँग मैत्री सम्बन्ध कायम भएको मित्रराष्ट्र चिनको प्रमुख सहर सिआन सिटीका विशेष अधिकारीहरूको टोलीले बुटवलको अवलोकन भ्रमण गर्दै सहकार्यलाई उन्नत स्तरमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

Muktinath Bank

सिआन नगर सरकारका विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वका त्यहाँको रेलवे विश्वविद्यालय, सिआन विश्वविद्यालय, नगरको जनसरकार, संस्कृति तथा पर्यटकीय सरकारी कम्पनीका अधिकारीहरूको विशेष टोली बुटवलमा आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेल, संस्कृति एवम् पर्यटनका बारेमा जानकार विशेषज्ञ तथा इन्जिनियरहरूसहितको छ जनाको विशेष टोलीलाई सोमबार बुटवल उपमहानगरपालिकाले स्वागत गरेको थियो । टोलीलाई उपमहानगरपालिकामा स्वागत गर्दै प्रमुख शिवराज सुवेदीले बुटवलको समग्र विकासका लागि आफुहरूले आवधिक र दीर्घकालीन महत्वका योजनाहरू बनाएको उल्लेख गरे  ।


Advertisment
Nabil box
Kumari

उनले चिनियाँ राष्ट्रपति सी को गृहनगरसँग बुटवलको भगिनी सम्बन्ध कायम गर्न पाउँदा समस्त बुटवलबासी नै उत्साहित भएको भन्दै सम्बन्धलाई समृद्धिको सारथीको रुपमा लिइने र बुटवल–सिआनको सांस्कृतिक आदान-प्रदान हुने बताए ।

Vianet communication

सिआन नगर सरकारका मुख्य नेता तथा विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वमा बुटवल भ्रमणमा आएको चिनियाँ उक्त टोलीमा सिआन विश्वविद्यालयका उपकुलपति थाओ होङ, सिआन नगर सरकारका नगर पार्टी कोअर्डिनेशन कमिटी अध्यक्ष टाइपाईफे, सिआन जनसरकारका विदेश विभागका आधिकारिक अनुवादक लुछ्यान तथा सिआनस्थित संस्कृति तथा पर्यकीय सरकारी कम्पनीका व्यवस्थापक तथा इन्जिनियर चाङ्गपो र सिआन रेलवे विश्वविद्यालयका उपकुलपति आङसेऊ सहभागी थिए ।

बुटवल भ्रमणमा आएको यो टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, नेपाल-चीन सम्बन्धका जानकार तथा विज्ञ डाक्टर सागर न्यौपाने र मोहनलाल भण्डारीले सहजिकरण गर्दै लुम्बिनी, बुद्धबली र बुटवलको सम्बन्ध तथा यहाँको पर्यटकीय विकासका सम्भावनाका बारेमा तयार बुटवलका तर्फबाट जानकारी गराएका थिए ।

ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चिनको ऐतिहासिक सहर सिआन नगरीका बीचमा आइतबार भगिनी सम्बन्ध स्थापना भएको थियो । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास गरिएको छ । चिनको ऐतिहासिक नगरी सिआन सिटी त्यहाँका राष्ट्रपति सी को गृहनगर हो । मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सि जिंगपिंगको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको थियो ।

चिनका राष्ट्रपति सी र नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष समुपस्थितिमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनीया राजदुत होउ याङ् छीले गत आइतबार भव्य समारोहमा उक्त ऐतिहासिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरे  ।

समझदारीपत्र हस्ताक्षर भएको भोलिपल्टै सियान सहरका विशेष अधिकारीहरू बुटवलको अवलोकन भ्रमणमा आएका हुन् । उनीहरूले बुटवलको जितगढी सम्पदा स्थल, हिलपार्कको अवलोकन गरेका थिए । हिलपार्कमा बुटवलले बुद्धपार्क बनाउने तयारी गरिरहेको छ । बुद्धपार्कको अवधारणाका बारेमा बुटवलले उक्त टोलीलाई वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठलगायतका प्राविधिकहरूले चिनियाँ टोलीलाई प्रारम्भिक खाका समेत प्रस्तुत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x