‘शीको भ्रमणपछि नेपाल विकास र समृद्धिको नयाँ युगतिर’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको बताएका छन् ।

राष्ट्रपति शीले नेपाललाई भुपरिवेष्टितबाट भूजडिबत बनाउन गरेको प्रतिबद्धताले विकास र समृद्धिको नयाँ युगतिर नेपाल प्रवेश गर्न लागेको उनले बताए । 


Advertisement

दशैं, तिहार, नेपाल संवत र छटको अबसरमा नेकपाले बुधवार आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले शी को भ्रमणपछि नयाँ अग्रगमनतिर जाने गरी सम्बन्ध विस्तार भएको बताएका हुन । 

‘अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ । नयाँ अग्रगमनतिर जानेगरी सम्बन्ध विस्तार भएका छन् । भारतबाट पाइपलाइन उद्घाटन विन्दुसम्म आइपुग्दा र शी को सफल भ्रमणसम्म आइपुग्दा सदभाव र विश्वास बढेको छ । समझदारीहरुले नेपालको नयाँ र उज्जवल भविष्यतिर लगेको छ । भुपरिवेष्टित  देशलाई भुजडित बनाउने शीको प्रतिबद्धतापछि विकास र समृद्धिको नयाँ युगतिर नेपाल प्रवेश गर्दैछ’ प्रचण्डले भने ।  
प्रचण्डले शी भ्रमणको धेरै आयाम रहेको र नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको बताए । ‘नरेन्द्र मोदीसँग छलफल गरेपछि शी नेपालमा आउँदा जुन सद्भाव र विश्वासको वातावरण भएको छ । म चीन भ्रमणमा जाँदा या भारत भ्रमणमा जादा त्रिदेशिय साझेदारीको प्रस्ताव सार्दै अगाडी आएको थिए’ प्रचण्डले भने, ‘टू प्लस वान गरेर शी र मोदीबीच छलफल अगाडी बढ्न थालेको छ ।’

प्रचण्डले राजनीतिक वातावरणलाई नयाँ उचाइका साथ नेपाली जनताको विकास र समृद्धि हेर्ने आकाक्षा हेर्न नयाँ संकल्प गर्न जरुरी रहेको प्रचण्डले बताए । ‘दलहरुबीच अझ सुद्रीढ राजनीतिक एकता जरुरी छ । राजनीतिक स्थायित्वलाई समृद्धिका लागि रुपान्तरण गर्ने दायित्व अब हाम्रो हुनेछ’ प्रचण्डले भने ।  

कमेन्ट गर्नुहोस्