'ग्लोबल हंगर इन्डेक्स’मा नेपाल ७३ औं स्थानमा

काठमाडौं –  'ग्लोबल हंगर इन्डेक्स’मा ११७ देशहरु सूचीमा नेपाल ७३ औं स्थानमा आएको छ ।

सम्बन्धित देशका नागरिकले पेटभरी खाना खाए– नखाएको, बालमृत्युदरको अवस्था, बाल कुपोषणजस्ता आधारलाई यो सूचकाङ्क तयार गरिन्छ । 


Advertisement

भारत एशियाको तेस्रो ठूलो अर्थव्यवस्था र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थव्यवस्था हो । तर ग्लोबल हंगर इण्डेक्समा भारत दक्षिण एशियाका अन्य देशका तुलनामा तल देखिन्छ । 

यसको मतलब श्रीलंका, नेपाल, बंंग्लादेश र पाकिस्तानका जनता भारतीयहरुभन्दा पोषणको आधारमा अघि छन् । भारत यो मामिलामा ब्रिक्स राष्ट्रहरुमध्ये त सबैभन्दा तल छ ।

कमेन्ट गर्नुहोस्